कैलाशले पाए राप्रपा युवा मोर्चाको जिम्मेवारी

काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टी निकट युवा संगठन राष्ट्रिय प्रजातान्त्रिक युवा मोर्चाको केन्द्रीय अध्यक्षमा कैलाश कट्वाल मनोनित हुनु भएको छ । उहाँलाई राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले एक कार्यक्रमकाबीच मोर्चाको अध्यक्षमा मनोनित गरेको घोषणा गर्नुभयो । राप्रपा नेपालबाट राप्रपामा प्रवेश गर्नु भएका कट्वाल यस अघि राप्रपा नेपालको युवा संगठनकोसमेत केन्द्रीय अध्यक्ष हुनुहुन्थ्यो । युवा परिचालनमा दख्खल […]

सम्बन्धित सामग्री

राष्ट्रियसभा चुनावका उम्मेदवारले पाए चुनाव चिह्न

सत्ता गठबन्धनका दलहरूले भागवण्डाका आधारमा उम्मेदवार उठाएका छन् भने एमाले, राप्रपा एक्लै चुनावमा होमिएका छन् ।

ढोक्साभन्दा माथि राजालाई राख्न पाए हुन्थ्यो : रवीन्द्र मिश्र

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उपाध्यक्ष रवीन्द्र मिश्रले राष्ट्र प्रमुखको एउटा पदमा राजालाई राख्‍न पाए संकटका बेला देशको भलो हुने बताएका छन्।उनले सामाजिक सञ्जालबाट पछिल्लो समयको राजनीतिक घटनाक्रमको आलोचना गर्दै यस्तो बताएका हुन्। उनले भनेका छन्,‘उसले उसलाई, उसले उसलाई,सबैले सबैलाई ढोक्सा थाप्दा थाप्दै, राष्ट्रपतिको पददेखि देशको धर्म-संस्कृति र सार्वभौमसत्तासम्म बढ्दो रूपमा विदेशीको ढोक्सामा परिसक्यो, कमसेकम राष्ट्र प्रमुखको एउटा पदमा, ढोक्साको पासोभन्दा

छत्रेटोपीका आक्रोशले पाए मतदाताको न्यानो माया

काठमाडौं, २६ कार्तिक । आगामी मंसिर ४ गते हुन गइरहेको प्रदेश र प्रतिनिधिसभा निर्वाचन जति नजिकिदै छ त्यति नै दल तथा स्वतन्त्र उम्मेदवार, नेता, कार्यकर्ताहरूको दौडधुप बढ्दो छ । गठवन्धन दललाई केही स्थानमा वागी उम्मेदवार घाँडो भएका छन् भने केही स्थानमा स्वतन्त्र उम्मेदवार तगारो बनेर लेर्सिएका छन् । एमाले, राप्रपा, मधेशीलगायत दललाई पनि स्वतन्त्रको भय […]

राप्रपा नेपाल कर्णाली प्रदेश अध्यक्षमा श्रेष्ठ

राप्रपा नेपाल कर्णाली  प्रदेशको अध्यक्षको जिम्मेवारी ईश्वर श्रेष्ठले पाएका छन् । सुर्खेतमा भएको कर्णाली प्रदेशस्तरीय अगुवा कार्यकर्ता भेलाको क्रममा प्रदेश अध्यक्षको जिम्मेवारी श्रेष्ठलाई प्रदान गरिएको हो । पार्टीका अध्यक्ष कमल थापाले श्रेष्ठलाई जिम्मेवारी दिँदै बधाई सहित शुभकामना दिएका छन् । जिम्मेवारी प्राप्त जोशी हाल केन्द्रीय  सदस्यको भूमिकामा पनि छन् । उनी नेपाली सेनाबाट सेवा निवृत्त भएपछि राजनीतिमा संलग्न थिए । प्रदेश अध्यक्षको जिम्मेवारी पाए पछि श्रेष्ठले कर्णाली

राप्रपा नेपाल बागमती प्रदेश अध्यक्षमा खत्री

राप्रपा नेपाल बागमती प्रदेशको अध्यक्षको जिम्मेवारी माधव खत्रीले पाएका छन् । हेटौँडामा जारी बागमती प्रदेश स्तरीय अगुवा कार्यकर्ता भेलाको क्रममा प्रदेश अध्यक्षको जिम्मेवारी खत्रीलाई प्रदान गरिएको हो ।पार्टीका अध्यक्ष कमल थापाले खत्रीलाई जिम्मेवारी दिँदै बधाई सहित शुभकामना दिएका छन् । जिम्मेवारी प्राप्त खत्री हाल भक्तपुर जिल्ला अध्यक्षको जिम्मेवारीमा थिए । उनी विद्यार्थी कालदेखि नै राजनीतिमा संलग्न थिए । प्रदेश अध्यक्षको जिम्मेवारी पाए पछि खत्रीले बागमती प्रदेशमा राप्रपा नेपालको बलियो संगठन निर्माण

राप्रपा नेपालमा कार्यविभाजन, कसले के–के जिम्मेवारी पाए ? (सूची)

राप्रपा नेपालले पार्टी पदाधिकारी तथा सदस्यहरुको कार्यविभाजन गरेको छ । बुधबार बसेको पार्टीको पदाधिकारी बैठकले नेताहरुलाई विभिन्न जिम्मेवारी तोकेको हो । बैठकले अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुखमा अध्यक्ष कमल थापालाई जिम्मेवारी दिएको छ भने आर्थिक विभाग प्रमुखको जिम्मेवारी उद्धव पौडेलले पाएका छन् ।त्यस्तै नीति तथा अनुसन्धान विभाग प्रमुखको जिम्मेवारी डा.विष्णु भण्डारीले पाएका छन् भने संगठन विभागको जिम्मेवारी राजाराम बर्तौलाले पाएका छन् । बैठकले प्रचार विभाग प्रमुख एवम् पार्टी प्रवक्ताको जिम्मेवारी

राप्रपा महाधिवेशनः विक्रम पाण्डेलाई सर्वाधिक मत, कसले धेरै मत पाए ? (सूचीसहित)

काठमाडौं । संविधानका प्रमुख सिद्धान्त गणतन्त्र, धर्मनिरपेक्षता र संघीयतालाई अस्वीकार गर्दा पनि संघीय संसदमा प्रतिनिधित्व गर्ने राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशन रोचक ढंगले सम्पन्न भएको छ । पहिलो पुस्ताबाट दोस्रो पुस्तामा नेतृत्व हस्तान्तरण भएको राप्रपाको एकता महाधिवेशनमा सबैभन्दा बढी मत खुल्लातर्फका उपाध्यक्ष विक्रम पाण्डेले ल्याउन सफल भएका छन् । गत मंसिर १५–१७ मा सम्पन्न गर्ने भनिएको […] The post राप्रपा महाधिवेशनः विक्रम पाण्डेलाई सर्वाधिक मत, कसले धेरै मत पाए ? (सूचीसहित) appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

राप्रपा अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी भएका छन्। उनी प्रतिस्पर्धी कमल थापाभन्दा २०० मत बढी ल्याएर विजयी भएका हुन्। राप्रपा केन्द्रीय सदस्यका उम्मेदवार रवीन्द्रप्रताप शाहले विजेता लिङ्देनले एक हजार ८१७ मत ल्याएर राप्रपा अध्यक्षमा विजयी भएको जानकारी दिए। अर्का अध्यक्ष उम्मेदवार थापाले भने एकहजार ६१७ मतमात्रै पाए। निर्वाचन समितिका अनुसार अध्यक्ष मतदानमा […]

राप्रपा छाडेका सुनिल थापाले कांग्रेस महाधिवेशनमा पाए ५५ जना महासमिति सदस्य

काठमाडौं। राप्रपा छाडेका सुनिल थापाले नेपाली कांग्रेसको १४ औं महाधिवेशनका लागि ५५ जना महासमिति सदस्य पाएका छन्। केन्द्रीय समितिको निर्णयअनुसार उपसभापति विमलेन्द्र निधि नेतृत्वको अन्तर पार्टी समायोजन समितिले थापाको समूहलाई ५५ जना महासमिति सदस्य दिएको हो। सदस्य हुनेमा सहमहामन्त्री सुनिलबहादुर थापासहित राप्रपाबाट कांग्रेसमा प्रवेश गरेका केन्द्र र जिल्ला तहका नेताहरु रहेका छन्।