मन्दिप राना निर्देशित फिल्म ‘रिभेन्ज लभ’ को ट्रेलर सार्वजनिक गरिएको छ । ट्रेलरमा फिल्मका केही महत्वपूर्ण अंश समेटिएका छन् । ट्रेलर हेर्दा फिल्म प्रेम, समर्पण र बदलाको कथामा निर्माण भएको अनुमान गर्न सकिन्छ । नवीन घताने, देशभक्तसिंह कुँवर, विजय कुमार, अविराज बिसी, अर्जुन गिरी, गीत सुनार, रोशनी सुनैना, सुस्मिता परियार, तुलसा क्षेत्री, लक्ष्मण रोका लगायतका कलाकारको अभिनय रहेको फिल्म नवीन घतानेले बनाएका हुन् । श्याम शुक्ला फिल्म प्रोडक्सनको प्रस्तुतिमा निर्माण भएको फिल्ममा द्वन्