Watch LIVE | नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले बजेटबारे प्रतिक्रिया दिँदै

सरकारले ल्याएको बजेटले वर्तमान परिस्थिति अनुकुल नीजि क्षेत्रको अधिकांश मागहरु सम्बोधन भएको व्यवसायीले बताएका छन् । नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेन्द्र मल्लले सरकारले लोकप्रिय बजेट ल्याएपनि कार्यान्वयनमा चुनौती रहेको बताए । बजेट यथार्थपरक नभएको टिप्पणी गर्दै सरकार स्थिर नभएको अवस्थामा कार्यान्वयनमा शंका रहेको उनको भनाई छ । सरकारले अपेक्षा गरे अनुरुपको राजस्व असुली गर्न कठिन रहेको उनले बताए ।

सम्बन्धित सामग्री

चेम्बर अफ कमर्स र लर्ड बुद्ध एजुकेशन फाउण्डेशनले विद्यार्थीलाई छात्रवृत्ति दिने

नेपाल चेम्बर अफ कमर्स र लर्ड बुद्ध एजुकेसन फाउण्डेसनले स्नातक तह बीबीएम इ बिजनेस विषयमा अध्ययनरत ४९ जना विद्यार्थीलाई छात्रवृत्ति दिने भएको छ । प्रत्येक प्रदेशमा बीबीएम इ–बिजनेश पढ्न चाहने एकजना छात्रालाई पूर्ण निःशुल्क, १४ जना विद्यार्थीलाई ट्युसन फीमा शतप्रतिशत र बाँकी २८ जनालाई ५० प्रतिशत छुट दिनेगरी फाउण्डेशन र चेम्बरबीच समझदारीपत्रमा हस्ताक्षर (एमओयु) भएको हो ।समझदारी पत्रमा चेम्बरका अध्यक्ष राजेन्द्र मल्ल र फाउण्डेसनका अध्यक्ष पंकज जलानले हस्ताक्षर गरेका छन् । चेम्बरसँगको सहकार्यमा फ

टेली मेडिसिन सेन्टरको सुरूवात

नेपाल चेम्बर अफ कमर्स र नेपाल चिकित्सक संघको संयुक्त पहलमा टेली मेडिसिन सेन्टर सञ्चालन भएको छ । कोभिड–१९ महामारी रोकथाम तथा नियन्त्रणका लागि ‘सम्पूर्ण नेपालीको जीवनरक्षाको लागि हामी एक हौँ’ भन्ने अभियानअन्तर्गत यो सेन्टर सञ्चालनमा ल्याइएको जनाइएको छ ।टेलिमेडिसिन सेन्टरको लागि चेम्बरले मुख्य प्रायोजन गरेको छ । चेम्बर अध्यक्ष राजेन्द्र मल्ल र नेपाल चिकित्सक संघका […]

संघ र चेम्बरको पहलमा खुल्यो टेलिमेडिसिन सेन्टर

काठमाडौं (अस) । नेपाल चेम्बर अफ कमर्स र नेपाल चिकित्सक संघले महामारीका रूपमा फैलिएको कोभिड(१९ रोकथाम तथा नियन्त्रणका लागि ‘सम्पूर्ण नेपालीको जीवनरक्षाका लागि हामी एक हौं’ अभियान सुरु गरेका छन् । अभियानस्वरूप चेम्बर तथा संघको सहकार्यमा टेलिमेडिसिन सेन्टर अन कोभिड–१९ आइतबारदेखि सञ्चालनमा आएकोे छ । टेलिमेडिसिन सेन्टरका चेम्बरले मुख्य प्रायोजन गरेको छ । चेम्बर अध्यक्ष राजेन्द्र मल्ल र संघका अध्यक्ष डा. लोचन कार्कीले संयुक्त रूपमा उक्त केन्द्र सञ्चालनको घोषणा गरेका हुन् । कार्यक्रममा अध्यक्ष मल्लले विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोनाबाट प्रभावित व्यक्तिले स्वदेश तथा विदेशमा बस्नेले यो केन्द्रबाट अनलाइन परामर्श प्राप्त गर्न सक्ने जानकारी दिए । चेम्बरले कोभिड व्यवस्थापन समिति गठन गरी विभिन्न सरकारी अस्पताललाई कोभिड नियन्त्रणका सामग्री तथा उपकरण हस्तान्तरण गरिरहेको उनले बताए । केन्द्र सञ्चालनका लागि साल्ट ट्रेडिङ कर्पोरेशन तथा ईश्वरलाल प्रतिष्ठानको पनि सह–प्रायोजन  रहेको छ । केन्द्रबाट सेवा लिन इच्छुकले मेरो डाक्टर एप डाउनलोड गर्न सक्ने चेम्बरले बताएको छ ।