कलङ्कीमा टिपरको ठक्करबाट मोटरसाइकलमा सवार युवकको मृत्यु

काठमाडौँ महानगरपालिका–१४ कलङ्कीस्थित सडकमा टिपरको ठक्करबाट एक व्यक्तिको मृत्यु भएको छ । गएराति बा४ख ६८४३ ले नम्बरको टिपरले बा २ ब ५४०१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा त्यसमा सवार हाल ललितपुर बस्दै आएका बझाङ फलराका २४ वर्षीय वसन्त विष्टको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । उनी मोटरसाइकलको पछाडि सवार रहेका थिए ।ठक्करबाट सख्त घाइते उनको कलङ्कीस्थित शहीद मेमोरियल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । दुर्घटनामा सख्त घाइते मोटरसाइकल चालक ललितपुर धोबीघाट बस्ने बझाङ चैनपुरका २६