जुम्ला– नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले कर्णाली प्रदेशका हिमाली जिल्लासहित सुदूरपश्चिममा दिउँसोको समयमा उडान गर्न नपाउने निर्णय फिर्ता लिएको छ । यी क्षेत्रका विमानस्थलमा मध्यान्ह १२ बजेपछि कुनै पनि उडान गर्न नपाउने निर्णय प्राधिकरणले फिर्ता लिएको हो । प्राधिकरणको निर्णयका कारण कर्णालीबासीले सास्ती पाएका थिए भने जहाज कुर्दाकुर्दै हुम्लामा चार बालकले ज्यानसमेत गुमाएका थिए । […]