भक्तपुरमा करेन्ट लागेर १ जनाको मृत्यु

भक्तपुर । भक्तपुरमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । भक्तपुर  नगरपालिका–२ इतापाकोमा सडक बत्ती जडान गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको हो । घटनामा अर्का एक घाइते भएका छन् । करेन्ट लागेर दोलखा मेलुङ गाउँपालिका–५ घर भई हाल भक्तपुर नगरपालिका–२ व्यासी बस्ने २३ वर्षीय रामकुमार बुढाथोकीको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिएका छन् ।बत्ति जडान गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका सिन्धुली कमलामाई नगरपा

सम्बन्धित सामग्री

करेन्ट लागेर एकजनाको मृत्यु

मकवानपुर– मकवानपुरमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ ।  बकैया गाउँपालिका–५, सिरिपुरमा करेन्ट लागेर ५२ वर्षीय वीरबहादुर परियारको मृत्यु भएको प्रहरीले जनाएको छ । आफ्नै घरमा पंखा जोड्ने क्रममा करेन्ट लागेर जलेका उनको उपचारका क्रममा हेटौँडा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय हेटौँडाले जनाएको छ ।

अछाममा करेन्ट लागेर युवकको मृत्यु

धनगढी – अछाममा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ। साँफेबगर नगरपालिका–७ रिडिकोटका २३ वर्षीय तपेन्द्र साउँदको बिहीबार करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ। रुपबहादुर बोहराको घरमा प्लास्टर गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको न्याय हेल्थ अस्पताल बयलपाटामा मृत्यु भएको प्रहरीले बताएको छ।

करेन्ट लागेर दुई जनाको मृत्यु

रौतहट र रुपन्देहीमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ । रौतहटको मौलापुर नगरपालिका–८ बस्ने ४० वर्षीय महेशी राय यादवको करेन्ट लागेर शनिबार राति मृत्यु भएको हो । सोही ठाउँस्थित खेतमा पानीको मोटर जोड्ने क्रममा करेन्ट लागेर अशक्त भएका उनको नेशनल मेडिकल कलेज वीरगञ्ज पर्सामा उपचारको क्रममा मृत्यु भएको हो ।रुपन्देहीको तिलोत्तमा नगरपालिका–६ मणिग्रामस्थित एक घरमा इन्टरनेट जडान गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गुल्मी धुर्कोट गाउँपालिका–५ व

करेन्ट लागेर तीन जनाको मृत्यु

मोरङ, मकवानपुर र सिरहामा करेन्ट लागेर तीन जनाको मृत्यु भएको छ । मोरङको विराटनगर महानगरपालिका–८ बालगोपाल टोल बस्ने ३० वर्षीय राजु मुख्याको करेन्ट लागेर शनिबार बेलुकी मृत्यु भएको हो । आफ्नै घरमा विजुलीको प्लगमा तार जोड्ने क्रममा करेन्ट लागेर अशक्त भएका उनको कोशी अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–९ मिलनपथ बस्ने १३ वर्षीय सुमन तामाङको करेन्ट लागेर शनिबार मृत्यु भएको छ । साथीहरुसँग मिलेर सोही ठाउँस्थित कर्रा खोलामा करेन्ट लगाई म

करेन्ट लागेर दुई जनाको मृत्यु

सिरहा र रुपन्देहीमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ । सिरहाको धनगढीमाई नगरपालिका–१० नुक्तन फुड प्रोडक्ट चाउमिन फ्याक्ट्रीमा १८ वर्षीय मन्जित धोवीको करेन्ट लागेर मंगलबार दिउँसो मृत्यु भएको छ । फ्याक्ट्रीको फलामको ढोका खोल्ने क्रममा ढोकामा लत्रेको नाङ्गो तारबाट करेन्ट लागेर अशक्त भएका उनको उपचारको लागि सप्तऋषि अस्पताल लहानतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । रुपन्देहीको शुद्धोधन गाउँपालिका–७ खुनीगाउँ बस्ने २८ वर्षीया भानुमती कोहारको करेन्ट लागेर मंगलबार दिउँसो

करेन्ट लागेर तीन जनाको मृत्यु

काठमाडौं – देशका विभिन्न स्थानमा करेन्ट लागेर ३ जनाको मृत्यु भएको छ। सप्तरी, धादिङ र सुनसरीमा करेन्ट लागेर तीन जनाको मृत्यु भएको हो। सप्तरीको शम्भुनाथ नगरपालिका–६ कठौना बस्ने ३५ वर्षीया नासिरा खातुनको करेन्ट लागेर आइतबार दिउँसो मृत्यु भएको हो । पंङ्खा चलाउनको लागि मल्टीपल्ग जोडने क्रममा करेन्ट लाग्दा गम्भीर घाइते भएकी उनको स्थानीय मेडिकल कठौनामा […]

करेन्ट लागेर एक जनाको मृत्यु

काठमाडौँ । सप्तरीको डाक्नेश्वरी नगरपालिका–९ पत्थरगाढामा गए राति करेन्ट लागेर एक जनाको मृत्यु भएको छ  । स्थानीय ४२ वर्षीय महादेव साहको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ । घर नजिककै रहेको पोखरीबाट मोटर जडान गरी नयाँ घरमा पानी पठाउने क्रममा अचानक उनलाई करेन्ट लालेको थियो ।  करेन्ट लागेर घाइते भएका उनलाई तत्कालै उपचारका लागि […]

करेन्ट लागेर एक युवकको मृत्यु

कपिलवस्तुमा करेन्ट लागेर एक जना युवकको मृत्यु भएको छ । जिल्लाको विजयनगर गाउँपालिका–१ भागिरामपुर बस्ने ३३ वर्षीय सूर्य बहादुर गुरुङको  करेन्ट लागेर मृत्यु भएको हो  । आफ्नो घर नजिक पानी तान्ने मोटरको चुडिएको तार जोड्न मुखले तार छिल्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको सन्जिवनी अस्पताल चन्द्रौटा हुँदै शिवराज अस्पताल बहादुरगंजमा थप उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

लमजुङमा करेन्ट लागेर बालिकाको मृत्यु

४ साउन, गण्डकी । करेन्ट लागेर लमजुङमा एक बालिकाको मृत्यु भएको छ । राइनास नगरपालिका–७ सालफेदीका राकेश पाण्डेकी आठ वर्षीया छोरी सृष्टिको करेन्ट लागेर मृत्यु भएको हो । कोठामा सोमबार बिहान करेन्ट लागेर घाइते भएकी बालिकाको स्थानीय सहोदर अस्पताल धमिलिकुवामा उपचारका क्रममा मृत्यु भएको गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक नरबहादुर केसीले जानकारी दिए […]