सिंगो जिल्ला नै पहिरोको जोखिममा

लगातारको वर्षाले बाजुराका सयभन्दा बढी गाउँ बाढीपहिरोको उच्च जोखिममा रहेका छन् । जिल्ला प्रशासन कार्यलय बाजुराका अनुसार नौ वटै स्थानीय तहका एक सय १६ बढी गाँउ बाढीपहिरोको जोखिममा रहेका छन् । जिल्ला विपद् व्यवस्थापन समिति, बाजुराले निर्माण गरेको जिल्ला विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना, २०७७ मा १ सय १६ गाँउ जोखिम रहेको जनाइएको थियो । …

सम्बन्धित सामग्री

कर्णालीमा पहिरोको जोखिम उच्च

कर्णाली प्रदेशका नौ जिल्ला बाढी र पहिरोको उच्च जोखिममा छन्। विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले कर्णालीमा यो वर्ष विपत्बाट ३५ हजार ३३३ जना प्रभावित हुने अनुमान गरेको छ। आठ हजार ८५ घरधुरी बाढी, पहिरोको जोखिममा छन्। शनिबार र आइतबार निरन्तर वर्षा हुँदा भेरी र कर्णाली नदीमा पानीको बहाव बढेको छ। नदी आसपास क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरिएको छ। जिल्ला प्रशासन कार्यालयले निरन्तर वर्षा भइरहेको भन्दै सावधानी अपनाउन अपिल गरेको छ।

घ्याम्पेडाँडाको जीपलाइन निर्माणले पहिरोको जोखिम

पर्यटकीय गन्तव्यको रूपमा पहिचान बनाउँदै आएको सूर्यविनायक नगरपालिका–८ घ्याम्पेडाँडा रानीकोट सडकखण्डमा योयो जीपलाइनले सार्वजनिक जग्गा अतिक्रमण गरी संरचना निर्माण गर्दा सडक पहिरोको जोखिममा परेको छ । जीपलाइनले घ्याम्पेडाँडा हुँदै रानीकोट जाने आठ मिटर चौडा सडकको मापदण्ड एवं सामुदायिक वनको जग्गा अतिक्रमण गरेर टिकट काउन्टरदेखि रेष्टुरेन्टसम्म बनाउँदा पनि स्थानीय तहले बेवास्ता गरेको भन्दै स्थानीयले अतिक्रमण रोक्न …

ओखलढुंगामा ८ घर पहिरोको जोखिममा

ओखलढुंगा । सडकका कारण ओखलढुंगाको मोलुङ गाउँपालिका-७ पात्लेका विभिन्न स्थानमा पहिरोको जोखिम बढेको छ । अति विकट रहेको यो क्षेत्रमा सडक ट्रयाक खोलिएपछि पहिरोको जोखिम निम्तिएको हो । सडकका कारण पहिरो जाँदा बाख्रे गाउँका ८ घर जोखिममा परेका छन् । पहिरोले एक घर विस्थापित भएको छ । स्थानीय बालबालिका आधारभूत विद्यालयलाई पहिरोले क्षति पुर्याएको छ […]

लमजुङमा बाढी/पहिरोको जोखिम : पूर्वतयारीमा जुट्दै सरोकारवाला निकाय

लमजुङ – बाढी पहिरोको जोखिममा रहेको पहाडी जिल्ला हो लमजु्ङ । विशेषगरी बर्खाको समयमा बाढी पहिरोबाट जिल्लामा क्षति पुग्ने गरेको छ । जिल्ला प्रशासन कार्यालय लमजुङका सूचना अधिकारी जगदीश मिश्रका अनुसार मनसुनजन्य विपद्बाट गएको वर्ष जिल्लामा एक सय २० घरधुरीमा क्षति पुगेको थियो ।  तीमध्ये बाढी पहिरोबाट ८७ घरमा पूर्ण क्षति पुगेको थियो । ३३ घरमा आंशिक क्षति पुगेको थियो । गएको वर्षको बाढी पहिरोका कारण मस्र्याङ्दी करिडोर र दोर्दी करिडोरमा रहेको विभिन्न जलविद्युत् आयोजनामा पनि क्षति पुगेको थियो । सडक, बाटोघाटो, निजी लगा...

सल्यानका दर्जनौं बस्ती बाढीपहिरोको जोखिममा

सल्यान । सल्यानका दर्जनौं बस्ती बाढीपहिरोको उच्च जोखिममा रहेको पाइएको छ । जिल्ला प्रशासन कार्यालय सल्यानका अनुसार जिल्लाका तीन नगरपालिका र सात गाउँपालिकाका अधिकांश बस्ती बाढी पहिरोको जोखिममा रहेका हुन् । जिल्ला विपद् व्यवस्थापन समिति सल्यानले निर्माण गरेको जिल्ला विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना अनुसार जिल्लाको तल्लो भेगका बस्तीमा बाढीको जोखिम बढेको छ । कालिमाटी गाउँपालिकाको काप्रेचौर, कालिमाटी काल्चे, कालिमाटी रामपुर क्षेत्र बाढीको उच्च जोखिममा रहेको प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी होमागाईंले जानकारी दिइन् । उनका अनुसार जिल्लाको माथिल्लो क्षेत्रमा भने पहिरोको जोखिम छ । भौगोलिक भूबनोट तथा भिरालो जमीनका कारण माथिल्लो क्षेत्र पहिरोको उच्च जोखिममा रहेको उनको भनाइ छ । यस्तै कपुरकोट गाउँपालिकाका धनवाङ र सिनवाङ क्षेत्र, छत्रेश्वरी गाउँपालिकाको कोर्वाङ झिम्पे क्षेत्र, सिद्धकुमाख गाउँपालिकाको सिद्धेश्वरी क्षेत्र, बागचौर नगरपालिकाको बाफुखोला क्षेत्र, कुमाख गाउँपालिकाका मर्मपरिकाँडा, स्वीकोट, कालागाउँ क्षेत्र र बन्गाड कुपिण्डे नगरपालिकाका निगालचुँला, घाँजरीपिपल लगायत क्षेत्र पहिरोको उच्च जोखिममा छन् । प्रमुख जिल्ला अधिकारी होमागाईंले वर्षात् भइरहेको र बाढीपहिरोको जोखिमको समय नजिकिँदै गएकाले विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना तयार गरेर अगाडि बढेको बताइन् । ‘प्राविधिक जनशक्ति र स्रोतसाधनको अभाव छ, हामीले योजना तयार पार्ने हो, यसको कार्यान्वयनका लागि मूलतः स्थानीय तह नै सक्रिय बन्नुपर्छ,’ उनले भनिन् । जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले जिल्लाका प्रत्येक पालिकाले विपद् प्रतिकार्य योजना तयार पारेर अगाडि बढ्ने निर्णय गरेको छ । यस्तै प्रत्येक वडामा १६ प्रकारका विपद् रोकथाम, नियन्त्रण तथा उद्धार सम्बन्धी सामग्रीको व्यवस्था गर्ने र सबै क्षेत्रसँगको समन्वय र सहकार्यमार्फत अगाडि बढ्ने निर्णय गरेको छ । बाढीपहिरोको उच्च जोखिममा परेका बस्ती स्थानान्तरण गरिनुपर्ने आवाज समेत उठ्ने गरेको छ । केही घरपरिवार उच्च जोखिममा भए पनि सरकारले बस्ती स्थानान्तरणका लागि कुनै पहल नगरेको सरोकारवालाको भनाइ छ । गाउँ–गाउँमा डोजरमार्फत सडक खन्दा पनि पहिरोको जोखिम बढेको छ । बाढीपहिरोले जिल्लामा वर्षेनि करोडौंको क्षति हुने गरेको छ ।

आठबीसमा पहिरोको जोखिम : ३७ घरपरिवार आफन्तका शरणमा

आठवीस नगरपालिकाको वडा नं ९ का ३७ घर परिवार चार दिनदेखि आफन्तका घरमा र खुल्ला स्थानमा बस्न बाध्य छन् । वडाका ५० घरमध्ये ३७ घरपरिवारका २५०  बढी मानिस पहिरोको जोखिममा परेपछि आफन्तको शरणमा बस्न बाध्य भएका हुन् । भिरालो जमीनको तल पट्टी बस्ती भएको र घरमाथिको पहाडको केही भागमा पहिरो खस्न थालेपछि बस्ती सारिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख अनुपम श्रेष्ठले जानकारी दिए । बस्तीका २५० भन्दा बढी नागरिकलाई कसैलाई आफन्तकोमा राखिएको छ भने कसैलाई अन्य विभिन्न खुल्ला स्थानमा राखिएको श्रेष्ठ बता

पहिरोको जोखिममा रहेका परिवारलाई विद्यालयमा सारियो

अविरल वर्षासँगै पहिरोको जोखिम बढेपछि बैतडीको पञ्चेश्वर गाउँपालिका-२ गैराका ७ परिवारलाई सुरक्षित स्थान सारिएको छ । मानवीय क्षति हुन सक्ने भन्दै ७ घरका ५२ जनालाई नजिकैको देवथल माविमा राखिएको जिल्ला प्रहरी प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले बताए ।

पहिरोको जोखिममा रहेका परिवारलाई विद्यालयमा सारियो

अविरल वर्षासँगै पहिरोको जोखिम बढेपछि बैतडीको पञ्चेश्वर गाउँपालिका-२ गैराका ७ परिवारलाई सुरक्षित स्थान सारिएको छ । मानवीय क्षति हुन सक्ने भन्दै ७ घरका ५२ जनालाई नजिकैको देवथल माविमा राखिएको जिल्ला प्रहरी प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले बताए ।

पहिरोको जोखिममा ओखलढुङ्गा, दुई स्थानमा क्षति

मनसुन सुरु भएसँगै जिल्लाका विभिन्न स्थानमा पहिरोको जोखिम बढ्न थालेको छ । बुधबार साँझ परेको अविरल वर्षासँग आएको पहिरोले मोलुङ गाउँपालिका वडा नं. ३ को वडा कार्यालय भवन पुरिएको छ ।

संखुवासभाकाे साप्तेलमा पहिरोको जोखिम

संखुवासभा : उत्तरी क्षेत्रको  सिलिचोङ गाउँपालिका ३ ताम्कु साप्तेल गाउँ पहिरोको जोखिममा परेको छ। गत मंसिर ३ गते दिउँसो गएको साप्तेल गाउँ तान्दै सुख्खा पहिरो झरेको थियो।   साप्तेलमा जब सिमसिम पानी पर्न थाल्छ तब साप्तेलवासी नागरिकहरुमा डर त्रास फैलिन्छ। यति मात्र होइन मुटुमा ढ्याङ्ग्रो बज्न थाल्छ यसको एक मात्र कारण ह...