सामाजिक उत्तरदायित्वअन्तर्गतको रकम बागमती प्रदेशमै केन्द्रित

सङ्घीय राजधानी रहेको बागमती प्रदेशमा नै बैंक तथा वित्तीय संस्थाले सामाजिक उत्तरदायित्व (सिएसआर) अन्तर्गतको रकम खर्च गरेको पाइएको छ । केन्द्रीय बैंकले गरेको अध्ययनअनुसार अन्य प्रदेशको तुलनामा बागमती प्रदेशमा नै सामाजिक उत्तरदायित्वअन्तर्गतको रकम खर्च गरेको देखिएको हो । बैंक तथा वित्तीय संस्थाको संस्थागत सामाजिक उत्तरदायित्वसम्बन्धी अभ्यासको यथार्थता केलाउन तथा यस बैंकबाट यस सम्बन्धमा जारी गरिएका निर्देशनकोे कार्यान्वयन स्थिति  विश्लेषण गर्ने उद्देश्यले यो अध्ययन गरिएको जनाएको छ । प्रतिवेदनअनुसार बैंक तथा वित्तीय संस्थाले अनिवार्...

सम्बन्धित सामग्री

चितवनमा दूधका थप दुई जोन सञ्चालन हुँदै

चितवन। चितवनमा दूधका थप दुई जोन सञ्चालनमा ल्याइने भएको छ । गत आर्थिक वर्ष २०७९/८० मा जिल्लामा दूधको दुई जोन निर्धारण गरिएको थियो । बागमती प्रदेश कृषि तथा पशुपक्षी विकास मन्त्रालयले चितवनमा चालू आर्थिक वर्षमा दुई जोन थप्न लागेको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र, चितवनले बताएको छ । गतवर्ष भरतपुर महानगरपालिका र रत्ननगर नगरपालिकामा दूध जोन निर्धारण गरिएको थियो । विज्ञ केन्द्रका प्रमुख सुशील केसीले प्रदेशले दुई जोन थप्ने र सो क्षेत्रमा दूध बढी उत्पादन गर्ने किसानलाई रू. ८० हजारसम्म प्रोत्साहन रकम उपलब्ध गराइने बताए । ‘स्थानीय पालिका, जिल्ला समन्वय समिति, विज्ञ केन्द्रका प्रतिनिधिहरूले दूध बढी उत्पादन हुने क्षेत्र हेरेर जोन निर्धारणका लागि प्रदेशको कृषि तथा पशुपक्षी विकास मन्त्रालयलाई पत्राचार गर्नेछन्,’ उनले भने । कार्यविधि अनुसार दैनिक ३० हजार लिटर दूध उत्पादन भइरहेको क्षेत्रलाई जोन निर्धारणका लागि सिफारिश गरिनेछ । ‘भरतपुर र रत्ननगरमा दुईओटा जोन छन्, अब अन्य पालिकामा दूध उत्पादनको परिमाण पुग्यो भने त्यहाँ जोन थप्न सिफारिश गर्नेछौं,’ केसीले भने । कृषि तथा पशुपक्षी विकास मन्त्रालय, बागमती प्रदेशद्वारा स्वीकृत पशुपक्षी विकास कार्यक्रम सञ्चालन कार्यविधि, २०७९ अन्तर्गत दूध जोन निर्धारण हुने उनको भनाइ छ । गतवर्ष भरतपुरका सात वडा र रत्ननगरका ११ वडालाई दूध जोन निर्धारण गरिएको थियो । दूध उत्पादन बढाउनकै लागि प्रदेशले जोन थप्न लागेको हो । ‘दूध जोनमा दैनिक ५० लिटर वा त्योभन्दा बढी दूध उत्पादन गर्ने किसानले प्रोत्साहनबापत रकम पाउँछन्,’ विज्ञ केन्द्रका प्रमुख केसीले भने, ‘गतवर्ष भरतपुर र रत्ननगर जोनका ९९ जना किसानले प्रोत्साहन रकम पाएका थिए ।’ प्रदेश सरकारले गतवर्ष तोकिएको परिमाणमा दूध उत्पादन गर्ने किसानलाई प्रोत्साहनस्वरूप रू. ७७ लाख ९० हजार वितरण गरेको छ । विज्ञ केन्द्रका अधिकृत भीमदत्त भट्टले गतवर्ष भरतपुरका ५० किसानले रू. ३९ लाख ८५ हजार र रत्ननगरका ४९ जना किसानले रू. ३८ लाख ५ हजार प्रोत्साहन रकम पाएको बताए । उनले भने, ‘दैनिक ५० लिटर दूध उत्पादन गर्ने किसानले वार्षिक रू. ७५ हजार र त्योभन्दा बढी उत्पादन गर्नेले रू. ८० हजार पाएका छन् ।’ विज्ञ केन्द्रका अनुसार चितवनमा यस वर्ष दूधका चारओटा जोन सञ्चालन हुनेछन् । प्रोत्साहन रकम पनि वितरण गरिनेछ । विज्ञ केन्द्रका प्रमुख केसीले दूध जोन निर्धारणपछि सो क्षेत्रमा २० प्रतिशतसम्म दूध उत्पादन बढेको बताए । गत वैशाखदेखि असार दोस्रो सातासम्म किसानका घरघरमै पुगेर संकलित दूधको परिमाण हेरेर प्रोत्साहन रकम वितरण गरिएको थियो । दूध उत्पादन बढे/नबढेको हेर्न बागमती प्रदेशबाट सामाजिक परिचालक समेत खटिएका थिए । नयाँ दूध जोनमा किसानलाई प्रोत्साहनका लागि बागमती प्रदेश सरकारको कृषि मन्त्रालयले रू. ५० लाख बजेट विनियोजन गरेको छ । यस्तै पुराना जोनका लागि रू. १५ लाख विनियोजन गरेको विज्ञ केन्द्रले बताएको छ ।

लक्ष्मी केयर्सको ‘अरेन्ज भाइब्स २०२३’ सम्पन्न

काठमाडौं । लक्ष्मी बैंकका कर्मचारीद्वारा स्थापित गैरनाफामूलक संस्था लक्ष्मी केयर्सले ‘अरेन्ज भाइब्स २०२३’ नामक सांगीतिक कार्यक्रम सम्पन्न गरेको छ । काठमाडौंमा शनिवार आयोजित उक्त कार्यक्रममा दिपक वज्राचार्य एन्ड द रिदम ब्याण्डको सांगीतिक प्रस्तुतिका साथै विभिन्न स्थान तथा संस्कृतिको प्रतिनिधित्व गर्ने मौलिक परिकार प्रदर्शन गरिएको थियो । कार्यक्रममा विख्यात सेफ सन्तोष साहको समेत उपस्थिति थियो । कार्यक्रमबाट संकलित रकम संस्थाको वातावरण संरक्षण तथा नवीकरणीय ऊर्जा प्रवर्द्धन लगायत विविध सामाजिक कार्यमा उपयोग गरिने जानकारी दिइएको छ । यसअघि बागमती पुल, पाटन दरबार स्क्वायर, भद्रकाली–सिंहदरबार सडक, बाराको गढिमाई मन्दिर र बनेपाको चण्डेश्वरी मन्दिर परिसरमा सौर्य बत्ती जडान गर्नुका साथै संस्थाले विभिन्न स्थानमा वृक्षरोपण गरेको थियो ।

वागमती प्रदेशका छोरी-बुहारीको सवा करोड छात्रवृत्ति रकम फ्रिज

हेटौँडा । बागमती प्रदेश सरकारले प्रदेशका गरिब, जेहेन्दार र छात्राहरुका लागि भनेर सरकारले छुट्याएको छात्रवृत्ति रकम फ्रिज भएको छ । गत आर्थिक वर्षमा बागमती प्रदेशको सामाजिक विकास मन्त्रालय अन्तर्गतको शिक्षा विकास निर्देशनालय हेटौंडाले छोरी–बुहारी छात्रावृत्ति रकम वितरण गर्न नसकेपछि रकम फ्रिज भएको हो । निर्देशनालयले प्रदेशभरीका क्याम्पसमा स्नातक तह र स्नाकोत्तर तहमा अध्ययनरत छात्राहरु (छोरी–बुहारी) […]

दुई संस्थालाई सेञ्चुरी बैंकको सहयोग

काठमाडौं (अस) । सेञ्चुरी कमर्सियल बैंकले ११ औं स्थापना दिवसको पूर्वसन्धामा भक्तपुर सिसीटिभी जडान समितिलाई १ लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराएको छ । सहयोग रकम बैंकका बागमती प्रदेश प्रमुख दीपेन्द्रबाबु विष्टले महानगरीय प्रहरी परिसर, भक्तपुरका प्रमुख शिवकुमार श्रेष्ठको उपस्थितिमा परिसर कार्यलयमा भक्तपुर जिल्ला सिसीटिभी जडान समितिका कोषाध्यक्ष नवीन प्रजापतिलाई हस्तान्तरण गरे ।  । कार्यक्रममा बैंकका बागमती प्रदेश उपप्रमुख प्रचिता श्रेष्ठ, सुकुलढोका शाखा प्रमुख सुकेश शाक्य र भक्तपुर शाखा प्रमुख उषा खाँण सहभागी थिए । आर्थिक सहयोगबाट भक्तपुरको अपराध अनुसन्धान र अपराध नियन्त्रणलाई परिणाममुखी र प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास बैंकको छ । बैंकको धुलिखेल शाखाले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत ज्येष्ठ नागरिक सेवा केन्द्र काभ्रे धुलिखेललाई एक दर्जन कुर्सी, दुई वटा टेबल र एक थान दराजलगायत फर्निचर सामान उपलब्ध गराएको छ । ज्येष्ठ नागरिक सेवा केन्द्रका अध्यक्ष दिलसुन्दर श्रेष्ठ सहभागी कार्यक्रममा प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेको पनि उपस्थिति थियो । उक्त अवसरमा गीता मन्दिर सरसफाइसमेत गरिएको बैंकले बताएको छ ।

मुक्तिनाथ विकास बैंकका एकैसाथ ३२ शाखा उद्घाटन

काठमाडौं (अस) । मुक्तिनाथ विकास बैंक १५ औं वर्ष पूरा गरी १६ औं वर्ष प्रवेश गरेको छ । बैंकले वार्षिकोत्सव अवसर पारेर डिजिटल माध्यमद्वारा एकैसाथ ३२ शाखाको केन्द्रीय कार्यालयबाटै उद्घाटन गरेको छ । बैंकले प्रदेश १ मा ४, प्रदेश २ मा ३, बागमती प्रदेशमा १३, गण्डकी प्रदेशमा २, लुम्बिनी प्रदेशमा ५ र सुदूरपश्चिम प्रदेशमा २ वटा शाखा कार्यालय सञ्चालनमा ल्याएको हो । बैंक अध्यक्ष भरतराज ढकालले नयाँ शाखा कार्यालय उद्घाटन गरे । अध्यक्ष ढकालले बैंकले नागरिकलाई आधुनिक बैंकिङ सुविधाका साथै वित्तीय तथा गैरवित्तीय सेवाद्वारा देशको अर्थतन्त्रमा योगदान दिँदै आएको बताए । कार्यक्रममा बैंकका वर्तमान सञ्चालक, पूर्वसञ्चालक, संस्थापक शेयरधनी तथा बैंकका उच्च पदाधिकारी, शाखा प्रबन्धक  उपस्थित थिए । बैंकले ७ वटै प्रदेशका क्षेत्रीय तथा शाखामा विभिन्न सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न कार्यक्रम गरेको छ । विद्यालयमा स्टेसनरी सामग्री तथा फर्निचर वितरण, विभिन्न अनाथालय तथा वृद्धाश्रममा खाद्यान्न तथा लत्ताकपडा वितरण, विभिन्न ठाउँमा डस्बिन वितरण, वित्तीय साक्षरता तथा डिजिटल बैंकिङ साक्षरताका कार्यक्रम, विद्यार्थीलाई न्याना कपडा, स्कुल ब्याग वितरण,  विद्यालयका पुस्तकालयलाई बस्ने कुर्सी सहयोग र विभिन्न संस्थालाई आर्थिक सहयोग गरेको छ । क्षेत्रीय कार्यालय र केन्द्रीय कार्यालयले रक्तदान कार्यक्रम आयोजना गरेको बैंकले जनाएको छ । बैंकले काठमाडौंको केन्द्रीय कार्यालय कमलादी र पोखरा क्षेत्रीय कार्यालयमा बृहत रक्तदान आयोजना गरेको छ । उक्त कार्यक्रमबाट २०२ पोका रगत संकलन भएको बैंकले बताएको छ । डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न बैंकको एटीएम कार्ड प्रयोग गरी नेपालभरिका भिसा नेटवर्कमा आबद्ध अन्य जुनसुकै बैंकको एटीएमबाट निःशुल्क रकम झिक्न सकिने व्यवस्था छ ।

कोरोना नियन्त्रणमा ३३ करोड खर्च

बागमती प्रदेशमा कोरोना भाइरस सङ्क्रमणको दोस्रो लहर नियन्त्रणका लागि प्रदेश सरकारले प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयमार्फत ३३ करोड ४५ लाख ५० हजार रुपैयाँ खर्च गरेकोे छ । आर्थिक वर्ष २०७७÷७८ मा कोरोना भाइरस सङ्क्रमण नियन्त्रणका मन्त्रालयले उक्त रकम खर्च गरेको हो । आन्तरिक मामिला तथा कानून मन्त्रालयले प्रदेशको सामाजिक विकास मन्त्रालयमार्फत २१ करोड ७० लाख ५० हजार रुपैयाँ प्रदेशका स्वास्थ्य कार्यालयलाई उपलब्ध गराइएको आन्तरिक मामिला मन्त्रालयका प्रवक्ता नारायणप्रसाद पोख्रेलले जानकारी दिए । यसैगरी मन्त्रालयले विभिन्न स्थानीय...

बागमती प्रदेशमा कोरोना नियन्त्रणका लागि ३३ करोड खर्च

रासस। कोरोनाको दोस्रो लहर नियन्त्रणका लागि बागमती प्रदेश सरकारले प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयमार्फत ३३ करोड ४५ लाख ५० हजार रुपैयाँ खर्च गरेकोे छ। आर्थिक वर्ष २०७७÷७८मा कोरोना सङ्क्रमण नियन्त्रणका मन्त्रालयले उक्त रकम खर्च गरेको हो। आन्तरिक मामिला तथा कानून मन्त्रालयले प्रदेशको सामाजिक विकास मन्त्रालयमार्फत २१ करोड ७० लाख ५० हजार रुपैयाँ प्रदेशका स्वास्थ्य कार्यालयलाई उपलब्ध गराइएको जनाइएको छ।

कोरोना रोकथाम र उपचारका लागि ६ अस्पताललाई साढे दुई करोड

मकवानपुर : बागमती प्रदेश सरकारले प्रदेशभित्रका विभिन्न ६ अस्पताललाई कोभिड–१९ संक्रमण रोकथाम र उपचारका लागि दुई करोड ५५ लाख रुर्पैयाँ उपलब्ध गराउने भएको छ। प्रदेश विपद् व्यवस्थापन निर्देशक समितिको निर्णयानुसार कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषबाट सामाजिक विकास मन्त्रालयमार्फत उक्त रकम उपलब्ध गराउने भएको हो। निर्णयानुसार दोलखाको सिङ्गटी अस्पताललाई २० लाख, धुलिखेल अस्पताल मातहत नुवाकोटको लिखु गाउँपालिकामा सञ्चालित कोभिड अस्पताललाई २० लाख, नुवाकोटको सिटी कम्युनिटी अस्पताललाई

कोरोना महामारी नियन्त्रणमा निफ्राको ४९ लाख रुपैयाँ सहयोग

काठमाडौं (अस) । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले कोरोना भाइरस महामारी रोकथाम, नियन्त्रण र उपचारमा संलग्न सात वटै प्रदेशका अस्पताल÷आइसोलेसन केन्द्रलाई नगद सहयोग गरेको छ । बैंकले  संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत कोभिड–१९ को दोस्रो लहरको महामारी रोकथाम, नियन्त्रण र उपचारमा खटिएका सात वटै प्रदेशका अस्पताल तथा आइसोलेसन केन्द्रलाई प्रतिअस्पताल÷आइसोलेसन केन्द्र ७ लाखका दरले ४९ लाख रुपैयाँ रकम सहयोग गरेको हो । यो सहयोग रकम प्रदेश १ मा दमक नगरपालिका, प्रदेश २ मा जनकपुर प्रादेशिक अस्पताल, बागमती प्रदेशमा पनौती नगरपालिका, गण्डकी प्रदेशमा गोरखा नगरपलिका, लुम्बिनी प्रदेशमा कपिलवस्तु नगरपालिका, कर्णाली प्रदेशमा वीरेन्द्रनगर नगरपालिका र प्रदेश ७ मा महाकाली अस्पताललाई प्रदान गरिएको छ । संस्थागत सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर समय–समयमा विभिन्न संघ–संस्थालाई सहयोग गर्दै आएको बैंकले जनाएको छ ।

सामाजिक सुरक्षा कोष : योगदानकर्तालाई अब सीधै अस्पतालबाट छूट दिइने

काठमाडौं । सामाजिक सुरक्षा कोषका योगदानकर्ताले अब बिरामी भएमा उपचार गर्दा लाग्ने खर्च अस्पतालबाटै छूट पाउने भएका छन् । सामाजिक सुरक्षा कार्यक्रमलाई प्रभावकारी बनाउन आगामी साउनदेखि योगदानकर्ता बिरामी भएको खण्डमा उपचार खर्च अस्पतालबाटै छूट दिनेगरी सामाजिक सुरक्षा कोषले तयारी अघि बढाएको हो । कोषका अनुसार हाल उपचारपछि बिल पेश गरेर मात्रै योगदानकर्तालाई कोषबाट दाबी भुक्तानी दिइन्छ । यो व्यवस्था झन्झटिलो भएको गुनासो आएपछि ८० प्रतिशतसम्म छूट सीधै अस्पतालबाटै दिनेगरी तयारी अघि बढाइएको छ । यो सेवा शुरू भएपछि योगदानकर्ताले उपचारबापत १ लाख बराबरको सेवा अस्पतालबाट लिँदा २० प्रतिशत मात्रै तिरे पुग्नेछ । ‘अब उपचार गराउँदा लागेको खर्च कोषमा दावी गर्न आइराख्नु पर्दैन, योगदानकर्तालाई सीधै अस्पतालबाट छूट दिनेगरी हामी लागिरहेका छौं,’ कोषका कार्यकारी निर्देशक कपिलमणि ज्ञवालीले अभियानलाई बताए । उनका अनुसार अस्पतालबाट सीधै छूट दिनका लागि अहिले धमाधम सम्झौता भइरहेको छ । काठमाडौं उपत्यकाका सहित प्रदेशमा रहेका करीब १ सय ५ अस्पतालसँग छूट दिनेसम्बन्धमा अहिलेसम्म सम्झौता सम्पन्न भइसकेको छ । प्रदेश १ का २०, प्रदेश २ का १६, बागमती प्रदेशका २०, गण्डकीका आठ, लुम्बिनीका १४, कर्णालीका १० र सुदूरपश्चिमका १७ अस्पतालसँग सम्झौता गरिएको कोषका अधिकारीहरूले बताएका छन् । सम्झौता भएका अस्पतालको सूचीमा काठमाडौंका वीर, शिक्षण अस्पतालसमेत छन् । प्रत्येक प्रदेशमा कम्तीमा १० ओटा अस्पतालबाट छूट दिनेगरी सम्झौता योजना अघि बढाइएको र अहिले त्यसभन्दा बढी नै अस्पतालहरूसँग सम्झौता भइरहेको निर्देशक ज्ञवालीको भनाइ छ । ‘दोस्रो चरणको कोभिड शुरू भएको छ, बन्दाबन्दी भएन भने असारसम्ममा देशभरका अस्पतालहरूसँग सम्झौता गरेर साउनबाटै योगदानकर्तालाई छूट दिनेगरी अघि बढेका छौं,’ ज्ञवालीको भनाइ छ । सम्झौता भएका अस्पतालमा योगदानकर्ताले उपचार गराउँदा लागेको खर्च कोषले ‘सामाजिक सुरक्षा योजना सञ्चालन कार्यविधि’ अनुसार छूट दिएको रकम कोषसँग दाबी गरेपछि अस्पतालले पाउनेछ । पछिल्लो समय सामाजिक सुरक्षा कोषले कार्यक्रमहरूलाई व्यवहारिक बनाउदै लगेको छ । यसले गर्दा आकर्षण पनि बढ्दो छ । २०७५ मङ्सिर ११ गते सञ्चालनमा आएको सामाजिक सुरक्षा योजनामा हालसम्म करीब १३ हजार ८ सय प्रतिष्ठानमा कार्यरत १ लाख ९८ जना योगदानकर्ता सहभागी भइसकेको सामाजिक सुरक्षा कोषले जानकारी दिएको छ ।