वीरगञ्ज भन्सार : ७ महीनामा ३३ अर्बभन्दा बढी राजस्व संकलन

वीरगञ्ज । प्रमुख व्यापारिक नाका वीरगञ्जबाट नेपालका लागि हुने विभिन्न वस्तुको आयात निर्यातमा सुधार हुँदा यसको सकारात्मक प्रभाव राजस्व संकलनमा पनि देखिएको छ । कोरोना संक्रमणको दरमा आएको कमीसँगै मुलुकभित्रको उद्योग व्यापारले गति लिएकाले राजस्व संकलन बढेको हो । उक्त नाकाबाट नेपालका लागि हुने विभिन्न वस्तुको आयात तथा निर्यातमा सुधार भएपछि गत आर्थिक वर्षको साउनदेखि माघ महीनासम्ममा संकलित राजस्वको तुलनामा चालू आवको सोही अवधिमा ३८ प्रतिशत बढी राजस्व संकलन भएको छ । गत आर्थिक वर्षको ७ महीनामा ८८ अर्ब ५० करोड ४८ लाख रुपैयाँ राजस्व संकलन भएकोमा चालू आवको सोही अवधिमा १ खर्ब २१ अर्ब ७२ करोड ८४ लाख रुपैयाँ राजस्व संकलन गर्न वीरगञ्ज भन्सार सफल भएको छ । यो गत आवको संकलित राजस्वको भन्दा ३३ अर्ब २२ करोड ३६ लाख रुपैयाँ बढी हो ।   चालू आवको साउनदेखि माघसम्मका लागि भन्सार विभागले १ खर्ब १६ अर्ब ७१ करोड १५ लाख रुपैयाँ राजस्व संकलन हुने प्रक्षेपण गरेकामा कार्यालयले लक्ष्यभन्दा ४ दशमलव ३ प्रतिशत बढी अर्थात् ५ अर्ब १ करोड ७८ लाख रुपैयाँ बढी संकलन गर्न सफल भएको कार्यालयका सूचना अथिकारी सुमित गुप्ताले जानकारी दिए । रासस

सम्बन्धित सामग्री

वीरगन्ज भन्सारमा राजस्व संकलनमा कमी

पर्सा । राष्ट्रिय राजस्वमा ४३ प्रतिशतभन्दा बढी योगदान पुर्‍याउने वीरगञ्ज भन्सार कार्यालयको राजस्व संकलन क्रमिक रुपमम घट्दै गएको छ । चालु आर्थिक वर्षको पहिलो महिनामा लक्ष्यभन्दा २४ प्रतिशत कम राजस्व संकलन गरेको कार्यालयले भदौमा लक्ष्यभन्दा ३५ प्रतिशत कम राजस्व संकलन गरेको जनाएको छ । चालु आर्थिक वर्षको साउनका लागि भन्सार विभागले १५ अर्ब ६२ करोड […]

वीरगञ्ज भन्सारको राजस्व लक्ष्यको आधामात्रै

९ चैत, वीरगञ्ज । वीरगञ्ज भन्सार कार्यालयले फागुन महिनामा लक्ष्यको करिब आधा मात्र राजस्व संकलन गरेको छ । भन्सार विभागले फागुन महिनामा कार्यालयलाई २३ अर्ब ४ करोड ५० लाख २४ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य दिएकामा १२ अर्ब ५२ करोड ५ लाख ५८ हजार रुपैयाँ मात्रै संकलन गर्‍यो । कार्यालयले आयात निर्यात गर्दा लिने […]

वीरगञ्जकाे भन्सार राजस्व संकलन निरन्तर रूपमा घट्दै

काठमाडौं । प्रमुख व्यापारिक नाका वीरगञ्जको राजस्व संकलन पछिल्लो ४ महिना यता घट्दै गएको छ । चालू आर्थिक वर्षको साउन महिनामा लक्ष्यको ८५ प्रतिशत राजस्व संकलन गरेको वीरगञ्ज भन्सार कार्यालयले गत कात्तिक महिनामा ६० प्रतिशत मात्र राजस्व संकलन गरेको छ । गत साउनमा १५ अर्ब २० करोड सात लाखको लक्ष्य लिएकोमा कार्यालयले १२ अर्ब ९८ […]

कुन भन्सारले कति राजस्व संकलन गर्‍यो ?

काठमाडौं । वीरगञ्ज भन्सार कार्यालयले सर्वाधिक राजस्व संकलन गरेको छ । आर्थिक वर्ष २०७८/०७९ मा उक्त कार्यालयले २ खर्ब ४ अर्ब राजस्व असुल गरेको छ । यो नाकाबाट गाडी, मोटरसाइकल, पेट्रोलियम, औद्योगिक कच्चा पदार्थ पदार्थलगायत आयात हुन्छ । दोस्रो धेरै महसुल संकलन गर्नेमा भैरहवा भन्सार कार्यालय २२.८८ प्रतिशत छ । गत वर्ष सो कार्यालयले १ […]

भन्सार विभागमा ई–पेमेन्टबाट पहिलो महिनामै सात अर्बको कारोबार

भन्सार विभागले माघ मसान्तसम्म सात अर्ब चार करोड रुपैयाँ बराबरको डिजिटल माध्यमबाट राजस्व संकलन गरेको छ ।उक्त डिजिटल संकलनको व्यवस्था गएको १ पुस गतेदेखि सुक्खा बन्दरगाह वीरगञ्ज भन्सार कार्यालयबाट सुरुवात गरी १२ माघबाट देशभरिका सबै भन्सार कार्यालयहरूमा कार्यान्वयन गरिएको हो ।विभागको प्रज्ञापनपत्रसम्बन्धी भुक्तानी एनसीएचएल तथा बैंक, वित्तीय संस्थाका विभिन्न च्यानलहरूसँग जोडी विद्युतीय माध्यमबाट संकलनको सुरुवात […]

४ प्रतिशतले घट्यो वीरगञ्ज भन्सारको राजस्व

वीरगञ्ज – देशको मुख्य आर्थिक नाका वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०७८÷७९ को माघमा लक्ष्यभन्दा कम राजस्व संकलन गरेको छ। कार्यालयले माघमा भन्सार विभागबाट पाएको लक्ष्यभन्दा चार प्रतिशत कम राजस्व संकलन गरेको हो। माघमा वीरगञ्ज भन्सार कार्यालयले १५ अर्ब ८२ करोड एक लाख ४२ हजार राजस्व संकलन गरेको कार्यालयले जनाएको छ। विभागले वीरगञ्ज भन्सार […]

वीरगञ्ज भन्सार कार्यालयद्वारा १ खर्ब ५ अर्ब राजस्व संकलन

माघ ६, वीरगञ्ज । वीरगञ्ज भन्सार कार्यालयले चालू आर्थिक वर्षको पहिलो छ महीनामा १ खर्ब ५ अर्ब ९० करोड ८३ लाख ३५ हजार रुपैयाँ  राजस्व संकलन गरेको छ ।            यो लक्ष्यभन्दा ५ दशमलव ६७ प्रतिशत बढी हो । सो अवधिमा कार्यालयले १ खर्ब २२ करोड १५ लाख ३७ हजार रुपैयाँ  राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो । गत वर्षको सोही अवधिको तुलनामा ३२ अर्ब रुपैयाँ  बढी राजस्व संकलन गरेको वीरगञ्ज भन्सार कार्यालयले बताएको छ ।            कुन शीर्षकमा कति राजस्व ?            चालू आर्थिक वर्षको पहिलो ६ महीनामा कार्यालयले सबैभन्दा बढी मूल्यअभिवृद्धि करतर्फ ४१ अर्ब ३ करोड ४५ लाख रुपैयाँ  राजस्व संकलन गरेको छ । यो लक्ष्यको तुलनामा ३२ प्रतिशत बढी हो । सो अवधिमा कार्यालयले ३१ अर्ब १२ करोड ९५ लाख ७९ हजार रुपैयाँ  राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो ।            यसैगरी कार्यालयले सो अवधिमा भन्सार महसुल आयाततर्फ ३८ अर्ब ५७ करोड ७३ लाख १४ हजार रुपैयाँ  र भन्सार महसुल निर्याततर्फ १ करोड ३२ लाख १९ हजार रुपैयाँ  मात्र राजस्व संकलन गरेको छ । भन्सार महसुल निर्याततर्फ लक्ष्यको तुलनामा १९ प्रतिशत मात्र राजस्व संकलन भएको छ । सो अवधिमा कार्यालयले भन्सार महसुल निर्याततर्फ ६ करोड ९९ लाख ७६ हजार रुपैयाँ  राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो ।            त्यस्तै सो अवधिमा कार्यालयले अन्तःशुल्कतर्फ १२ अर्ब २६ करोड ८१ लाख ६४ हजार रुपैयाँ  र पेट्रोलियम पदार्थको आयातमा लगाइएको पूर्वाधार करतर्फ ७ अर्ब ९७ करोड ३२ लाख ३२ हजार रुपैयाँ राजस्व संकलन भएको भन्सार कार्यालय वीरगञ्जले बताएकोे छ । यसैगरी कार्यालयले सो अवधिमा अग्रिम आयकरतर्फ १४ करोड ६८ लाख ९० हजार रुपैयाँ , स्वास्थ्य जोखिम करतर्फ ८३ लाख ६५ हजार रुपैयाँ , कृषिसुधार शुल्कतर्फ  ७३ करोड ६३ लाख ७६ हजार रुपैयाँ , सडक मर्मत तथा सुधार दस्तुरतर्फ २ अर्ब ३९ लाख ९५ हजार रुपैयाँ राजस्व र अन्य आय शीर्षकमा ५ करोड ५७ लाख १८ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।            गतवर्ष कोरोना भाइरस सङ्क्रमणको जोखिमका कारण अवरुद्ध भएको वैदेशिक व्यापार यो वर्ष बढेकाले चालू आवमा आयातसँगै राजस्वमा सङ्कलनमा पनि सुधार भएको छ । यो वर्षको सुरुआतसँगै आयात उल्लेख्य बढेर विदेशी विनिमयमा दबाब देखिएको छ ।             विदेशी मुद्राको सञ्चित घटेपछि सरकारले आयात निरुत्साहित गर्ने नीति लिएको वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत हरिहर पौडेलले जानकारी दिए । रासस

वीरगञ्ज भन्सार कार्यालयमा लक्ष्यभन्दा पाँच अर्ब बढी राजस्व संकलन

काठमाडौं । वीरगञ्ज भन्सार कार्यालयलले चालु आर्थिक वर्षको लागि निर्धारण गरेको लक्ष्यभन्दा पाँच अर्ब बढी राजस्व संकलन गर्न सफल भएको छ । आर्थिक वर्षको पहिलो चौमासिकमा साउनदेखि कात्तिकसम्मका लागि भन्सार विभागले दिएको लक्ष्य भन्दा करिब आठ प्रतिशत बढी राजस्व संकलन भएको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ । विभागले ६५ अर्ब ११ करोड ४१ लाख रुपैयाँ […]

पाँच अर्बभन्दा बढी राजस्व संकलन

पर्सा- वीरगञ्ज भन्सार कार्यालयलले चालु आर्थिक वर्षको पहिलो चौमासिकका लागि भन्सार विभागले निर्धारण गरेको लक्ष्यभन्दा पाँच अर्ब बढी राजस्व संकलन गर्न सफल भएको छ ।आर्थिक वर्ष २०७८-०७९ को साउनदेखि कात्तिकसम्मको चार महिनाका लागि भन्सार विभागले दिएको लक्ष्यभन्दा करिब आठ प्रतिशत बढी राजस्व संकलन भएको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ ।सो अवधिका लागि विभागले ६५ अर्ब […]

वीरगञ्ज भन्सार कार्यालयद्वारा लक्ष्यभन्दा ५ अर्ब बढी राजस्व संकलन

मंसिर ७, वीरगञ्ज । वीरगञ्ज भन्सार कार्यालयलले चालू आर्थिक वर्षको पहिलो चौमासिकको लागि भन्सार विभागले निर्धारण गरेको लक्ष्यभन्दा रू. पाँच अर्ब बढी राजस्व संकलन गर्न सफल भएको छ ।  आर्थिक वर्ष २०७८/७९ को साउनदेखि कात्तिकसम्मको चार महीनाका लागि भन्सार विभागले दिएको लक्ष्यभन्दा करीब आठ प्रतिशत बढी राजस्व संकलन भएको वीरगञ्ज भन्सार कार्यालयले जानकारी दिएको छ । सो अवधिका लागि विभागले रू. ६५ अर्ब ११ करोड ४१ लाख रुपैयाँ राजस्व संकलनको लक्ष्य दिएकोमा कार्यालयले रू. ७० अर्ब १२ करोड १४ लाख राजस्व संकलन गरेको थियो  । कोरोना संक्रमितको संख्या कम भएसँगै मुलुकभित्रको उद्योग व्यापारले गति लिन थालेपछि देशकै प्रमुख व्यपारिक नाका वीरगञ्जलाई प्रयोग गरीे विभिन्न वस्तुको आयात तथा निर्यातमा सुधार आएसँगै राजस्व संकलन बढ्दै गएको कार्यालयका सूचना अधिकरी सुमित गुप्ताले जानकारी दिए ।  उनले चालू आवको पहिलो चौमासिकमा वीरगञ्ज नाका प्रयोग गरी नेपालका लागि हुने सवारीसाधनको आयातबाट संकलित राजस्वमा २८ प्रतिशत र पेट्रोलियम पदार्थको आयातबाट संकलित राजस्वमा ३३ प्रतिशतले वृद्धि भएको बताए ।  चालू आवको पहिलो चौमासिकका लागि भन्सार विभागले निर्धारण गरेको भन्सार महसुलमा पाँच प्रतिशत बढी र मूल्य अभिवृद्धि करमा २६ प्रतिशतभन्दा बढी संकलन भएको कार्यालयले जानकारी दिएको छ । चालू आवको साउनदेखि कात्तिकसम्मका लागि विभागले भन्सार महसुल संकलन गर्न रू. २४ अर्ब १२ करोड ७७ लाखको लक्ष्य दिएकोमा रू. २४ अर्ब ४१ करोड ८४ लाख राजस्व संकलन गर्न सफल भएको जानकारी दिइएको छ ।  यसैगरी मूल्य अभिवृद्धि कर रू. २० अर्ब ८१ करोड २८ लाख संकलनको लक्ष्य रहेका रु २६ अर्ब ४८ करोड ९९ लाख संकलन गर्न सफल भएको वीरगञ्ज भन्सारले जानकारी दिएको छ । रासस