काठमाण्डाै – काठमाण्डाै महानगरपालिकाले दीर्घकालीन फोहर व्यवस्थापन स्थल बञ्चरेडाँडामा तत्कालै फोहर व्यवस्थापनको काम सुरु नगर्ने भएको छ । सहरी विकास तथा भवन निर्माण विभागले महानगरलाई दीर्घकालीन फोहर व्यवस्थापन स्थल बञ्चरेडाँडामा पहिलो ‘सेल’ निर्माणको काम पूरा भएको जानकारी दिएको पनि दुई हप्ता बढी भइसकेको छ ।
यसअघि फोहर व्यवस्थापन स्थल छिटो निर्माण गर्न भन्दै आएको महानगरले तत्काल त्याे ठाउँमा फोहर व्यवस्थापनको काम सुरु नगर्ने जनाएको छ । यसरी विभागले निर्माणको काम सम्पन्न गरी जिम्मा गरिसकेको अवस्था र...