गोरखा– सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले राजनीतिक दलले समानुपातिक उम्मेदवारको बन्दसूची बुझाएसँगै मुलुक सम्पूर्ण रूपमा निर्वाचनमा होमिएको बताएका छन् । स्मार्ट हुलाक घोषणा एवम् शुभारम्भ कार्यक्रमलाई आज उनी सम्बोधन गर्दै उनले आगामी निर्वाचनमा सहभागी हुने सबै दलबाट निर्वाचन आयोगमा सूची दर्ता भएसँगै देश औपचारिक रूपमा निर्वाचन प्रक्रियामा होमिएको बताएका हुन् । […]
काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले काठमाडाैं महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनले आगामी निर्वाचनमा जहाँबाट उम्मेदवारी दिए पनि पराजित गर्ने दावी गर्नुभएकाे छ। उहाँले साेमबार साँझ सामाजिक सञ्जाल फेसबुक मार्फत यस्ताे दावी गर्नुभएकाे हाे। मेयर बालेनले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बन्ने तयारीमा गर्नुभएकाे छ।
काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फको उम्मेद्वारको बन्दसूची निर्वाचन आयोगमा बुझाएको छ । कान्तिपथस्थित निर्वाचन आयोगको कार्यालयमा नेकपा (एमाले)का केन्द्रीय सदस्य तथा निर्वाचन विभागका निरज आचार्य नेतृत्वको टोलीले बन्दसूची बुझाएको हो । पार्टीले पुरानो पुस्ता, नयाँ पुस्ता तथा समावेशी समूहलाई समेट्दै सूची तयार गरेको जनाएको छ । […]
काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, नेता बालेन्द्र शाह र उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङबीच अहिले निर्णायक वार्ता भइरहेको छ । तीनै समूहलाई एउटा रास्वपा बनाएर जान यी नेताहरूबीच संवाद भइरहेको छ। समानुपातिक सूचीका लागि निर्वाचन आयोगबाट निस्सा लिइसकेकाले मंगलरबा बिहानसम्म एक बनाएर जान जेन-जी अभियान्ता सुदन गुरुङले दबाब दिइरहेका छन् । उनले […]
कार्यालयका तर्फबाट महालेखा नियन्त्रक शोभाकान्त पौडेलले सोमबार अर्थमन्त्री रामेश्वर खनालसहित महालेखा परीक्षकसमक्ष पेस गरेको आर्थिक वर्ष २०८१/८२ को आर्थिक प्रतिवेदनमा यस्तो उल्लेख छ ।