राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले जनाधार नभएका र विगतमा अवसर पाइसकेका नेताहरुलाई समानुपातिक उम्मेदवार नबनाउने नीति अख्तियार गरेको छ। बुधबार पार्टी कार्यालयमा बसेको संसदीय बोर्डको बैठकमा जनाधार नभएका र विगतमा पटक पटक अवसर पाइसकेका नेताहरुलाई समानुपातिक उम्मेदवार नबनाउने विषयमा छलफल केन्द्रीत भएको एक नेताले रातोपाटीलाई जानकारी दिए । ‘विगतमा अवसर पाएकाहरुलाई समानुपातिकका नदोहोर्याउने गरी छलफल भएको छ । उम्मेदवार चयनका लागि विभिन्न पापदण्ड पनि बनाइएको छ’, ती नेताले भने ।