भारतमा कोरोनाका कारण एकै दिन ५ सय ३४ जनाको ज्यान गयो, ५८ हजार संक्रमित थपिए

काठमाण्डौ – भारतमा कोरोनाका कारण एकै दिन ५ सय ३४ जनाले ज्यान गुमाएका छन् । यस्तै २४ घण्टामा ५८ हजार ९७ कोरोना संक्रमित थपिएको भारतीय सञ्चार माध्यम एनडीटीभीले जनाएको छ । पछिल्लो समय भारतमा पनि कोरोना संक्रमण दर तीव्र गतिमा बढीरहेको छ । अहिलेसम्म भारतमा तीन करोड ५० लाख भन्दा बढीमा कोरोनाको संक्रमण पुष्टि भएको छ । तीमध्ये तीन करोड ४३ लाख भन्दा बढी निको भइसकेका छन् । अहिलेसम्म भारतमा कोरोनाका कारण ४ लाख ८२ हजार ५५१ जनाको ज्यान गएको छ । कोरोना संक्रमणदर तीव्र गतिमा बढ्न थालेपछि दिल्लीमा रात्रिकालीन कफ्र्यु लागू ...

सम्बन्धित सामग्री

भारतमा कोरोना संक्रमण दर तीव्र

काठमाडौं । भारतमा एकै दिन २० हजार भन्दा बढी मानिस कोरोना संक्रमित भएका छन् । पछिल्लो २४ घण्टामा २० हजार ४ सय ८ जना नयाँ संक्रमित थपिएकाे भारतीय स्वास्थ्य मन्त्रालयको जनाएकाे छ । साेही अवधिमा एकै दिनमा कोरोनाका कारण ४४ जनाको मृत्यु भएको छ । भारतमा अहिलेसम्म ४ करोड ४० लाख १ सय ३८ जना […]

भारतमा पछिल्लो २४ घण्टामा कोरोनाका तीन हजारभन्दा बढी नयाँ संक्रमित

भारतमा कोरोना भाइरस संक्रमितको संख्यामा हरेक दिन वृद्धि भइरहेको छ ।भारतको स्वास्थ्य मन्त्रालयको ताजा आँकडा अनुसार पछिल्लो २४ घण्टामा भारतमा कोरोनाभाइरसका ३ हजार ६८८ नयाँ संक्रमित भेटिएका छन् ।२४ घण्टाको अन्तरालमा ५० बिरामीको मृत्यु भएको छ  । सक्रिय संक्रमित पनि बढेर १८,६८४ पुगेको छ ।भारतमा कोरोनाका कारण ज्यान गुमाउनेको कुल आँकडा ५ लाख २३ हजार ८०३ पुगेको छ ।भारतमा कोरोना संक्रमणका कारण निको भएकाहरुको संख्या ४,२५,३३,३७७ पुगेको छ ।

भारतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या बढ्यो

काठमाडौं – भारतमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या फेरि बढेको छ। पछिल्लो २४ घण्टामा भारतमा मात्रै १ हजार १ सय ७३ जनाको मृत्यु भएको छ। योसँगै भारतमा कोरोनाले ज्यान गु्माउनेको संख्या ५ लाख ४ हजार ७८ पुगेको छ। मृत्यु हुनेको संख्या बढेको भएपनि संक्रमण पुष्टि हुनेको संख्या भने घटेको छ। पछिल्लो २४ घण्टामा भारतमा […]

भारतमा कोरोना भाइरसको सङ्क्रमण घट्दै

भारतमा कोरोना भाइरसको सङ्क्रमण घट्न थालेको छ । गएको २४ घण्टामा भारतमा तीन लाख ३३ हजार ५ सय ३३ जनालाई कोरोनाको सङ्क्रमण भएको त्यहाँको स्वास्थ्य मन्त्रालयले  जनाएको छ । यो हिजोको तुलनामा चार हजार एक सय ७१ ले कम हो । हिजो तीन लाख ३७ हजार सात सय ४ जनालाई सङ्क्रमण भएको थियो । यस्तै, गएको २४ घण्टामा कोरोनाका कारण ५ सय २५ जनाको ज्यान गएको छ भने दुई लाख ५९ हजार एक सय ६८ जना सङ्क्रमणमुक्त भएका छन् ।

कोरोनाका कारण प्रधानमन्त्री देउवाको भारत भ्रमणबारे पुनर्विचार हुँदै

प्रधानमन्त्री शेरबहादुर देउवा यही पुस २५ गते भारत भ्रमणमा जाने तय भए पनि कोरोनाका कारण त्यसबारे पुनर्विचार गर्न थालिएको छ । भारतमा कोरोना संक्रमण दर वृद्धि भइरहेको, दिल्लीमा रात्रिकालीन कर्फ्यु समेत लगाइएका कारण भ्रमणबारे पुनर्विचारका लागि परराष्ट्र मन्त्रालयमा छलफल सुरु भएको हो ।मन्त्रालयका एक अधिकारीका अनुसार पुस २५ गतेका लागि निर्धारित प्रधानमन्त्रीको भ्रमण सार्ने या सोही मितिमा भ्रमण गर्ने भन्नेबारे छलफल भइरहेको छ । परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री देउवाको भारत भ्रमणको तयारी थाल

कोरोनाका कारण प्रधानमन्त्री देउवाको भारत भ्रमणबारे पुनर्विचार हुँदै

प्रधानमन्त्री शेरबहादुर देउवा यही पुस २५ गते भारत भ्रमणमा जाने तय भए पनि कोरोनाका कारण त्यसबारे पुनर्विचार गर्न थालिएको छ । भारतमा कोरोना संक्रमण दर वृद्धि भइरहेको, दिल्लीमा रात्रिकालीन कर्फ्यु समेत लगाइएका कारण भ्रमणबारे पुनर्विचारका लागि परराष्ट्र मन्त्रालयमा छलफल सुरु भएको हो ।मन्त्रालयका एक अधिकारीका अनुसार पुस २५ गतेका लागि निर्धारित प्रधानमन्त्रीको भ्रमण सार्ने या सोही मितिमा भ्रमण गर्ने भन्नेबारे छलफल भइरहेको छ । परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री देउवाको भारत भ्रमणको तयारी थाले पनि हालस

भारतमा कोरोना : थपिए सात हजार ९७४ नयाँ सङ्क्रमित

भारतमा कोरोनाभाइरसबाट थप सात हजार ९७४ सङ्क्रमित भएका छन् । सरकारी अधिकारीले सोही अवधिमा थप ३४३ जनाको कोरोनाका कारण मृत्यु भएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले बिहीबार जानकारी दिएको छ । यसैसँगै भारतमा कोरोनाको कारण ज्यान गुमाउने व्यक्तिको संख्या चार लाख ७६ हजार ४७८ पुगेको मन्त्रालयले थप जानकारी दिएको छ ।   भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेका सङ्क्रमितको सङ्ख्या ८७ हजार २४५ रहेको छ । अहिले सङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्या कुल सङ्क्रमितको सङ्ख्याको ०.२५ प्रतिशत मात्रै रहेको मन्त्रालयल

भारतमा कोरोनाका कारण ज्यान गुमाउनेको सङ्ख्या तीन लाख नाघ्यो

काठमाण्डाै - भारतमा कोरोना भाइरसको सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या तीन लाख नाघेको छ । गएको २४ घण्टामा चार हजार चार सय ५४ जनाको ज्यान गएसँगै ज्यान गुमाउनेको सङ्ख्या तीन लाख तीन हजार सात सय २० पुगेको छ । भारतमा अहिलेसम्म दुई करोड ६७ लाखभन्दा धेरैलाई सङ्क्रमण पुष्टि भएको छ । अहिलेसम्म दुई करोड ३७ लाखभन्दा धेरै निको भएका छन् । अहिलेसम्म १९ करोड ६० लाखभन्दा धेरैले खोप लगाएका छन् ।

भारतमा कोरोनाका कारण एकैदिन चार हजारभन्दा धेरैको ज्यान गयो

काठमाण्डाै - भारतमा कोरोना भाइरसका कारण एकैदिन चार हजारभन्दा धेरैको ज्यान गएको छ । गएको २४ घण्टामा कोरोनाका कारण चार हजार एक सय ८७ जनाको ज्यान गएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । योसँगै भारत एकैदिन कोरोना सङ्क्रमणका कारण चार हजारभन्दा धेरैको ज्यान जाने तेस्रो देश बनेको छ । यसअघि ब्राजिल र अमेरिकामा एकैदिन चार हजारभन्दा धेरैको ज्यान गएको थियो । यस्तै, गएको २४ घण्टामा भारतमा चार लाखभन्दा धेरैलाई सङ्क्रमण भएको छ । भारतमा अहिलेसम्म दुई करोड १८ लाख ९२ हजारभन्दा धेरैलाई सङ्क्रमण भएको छ भने दुई  लाख ३८ हजा...