सुन मूल्यले बनायो नयाँ कीर्तिमान

काठमाडौँ । नेपालमा सुनको मूल्य कीर्तिमानी विन्दुमा पुगेको छ । बुधवार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ५ हजार ५ सय रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जानकारी दिएको छ । यो अहिलेसम्मकै उच्च विन्दु हो । अघिल्लो दिनको तुलनामा २५ सय रुपैयाँ प्रतितोला बढेको सुनको मूल्यमा रुस–युक्रेन युद्धको प्रत्यक्ष प्रभाव देखिएको छ […]

सम्बन्धित सामग्री

मेसीको इन्स्टाग्राम पोष्टले बनायो कीर्तिमान

६ पुस, काठमाडौं । अर्जन्टिनाका कप्तान लियोनल मेसीको पोष्टले इन्स्टाग्राममा नयाँ कीर्तिमान बनाएको छ । विश्वकप फुटबलको उपाधि जितेपछि मेसीले पोष्ट गरेको फोटो ग्यालरीसहितको स्ट्याटस इन्स्टाग्रममा अहिलेसम्मकै सर्वाधिक लाइक गरिएको पोष्ट बनेको हो । मेसीको त्यो पोष्टलाई अहिलेसम्म ६ करोड ८४ लाखले लाइक गरेका छन् । आइतबार कतारमा भएको विश्वकप फाइनलमा साविक विजेता फ्रान्सलाई पेनाल्टी […]

बाख्राको पाठाले बनायो विश्व कीर्तिमान !

७ असार, काठमाडौं । पाकिस्तानको कराँचीमा रहेको एउटा बाख्राको पाठोले विश्व कीर्तिमान कायम गरेको छ । विश्वको सबैभन्दा लामो कान भएको बाख्राको रुपमा उक्त पाठोले रेकर्ड कायम गरेको हो । उक्त पाठोका कान अस्वभाविक रुपमा लामा छन् र कानका लोतीको लम्बाई कूल ४६ सेन्टिमिटर छ । उक्त पाठोको नाम सिम्बा हो । सिम्बा हिँडिरहँदा उसका […]

कबड्डी ४ ले बनायो कीर्तिमान : २ करोड ९० लाख ग्रस ओपनिङ

१४ जेठ, काठमाडौं । ‘कबड्डी’को चौंथो श्रृंखलाले नेपाली बक्सअफिसमा ओपनिङ कीर्तिमान कायम गरेको छ । मुलुकका डेढ सय हलबाट रिलिज भएको फिल्मले पहिलो दिन शुक्रबार २ करोड ९० लाख रुपैयाँ कमायो । यो कमाइ कुनै नेपाली फिल्मले घरेलु बक्सअफिसमा कायम गरेको ओपनिङको व्यवसायिक कीर्तिमान हो । यसअघि ‘छक्कापञ्जा २’ ले फिल्म रिलिज भएको पहिलो दिन […]

दीपेन्द्र र आदिलले बनाए नयाँ कीर्तिमान

काठमाडौं (हाम्रो खेलकुद) – मध्यक्रम युवा ब्याटर दीपेन्द्रसिंह ऐरी र आदिल अन्सारीले त्रिकोणात्मक टि२० आई सिरिजमा पपुवा न्युगिनीविरुद्ध नयाँ कीर्तिमान बनाएका छन् । टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २ सय ३ रन बनायो । नेपालका दीपेन्द्रसिंह ऐरीले ३३ बलमा ३ चौका र ४ छक्कासहित सर्वाधिक […]

न्युजील्यान्डलाई हराएर बंगलादेशले बनायो यस्ता कीर्तिमान

बुधवार बिहान बंगलादेश क्रिकेटले इतिहास बनाएको छ ।  न्युजील्यान्डको भ्रमणमा रहेको बंगलादेशले उसलाई आठ विकेटले हराएको छ र उक्त म्याचमा कैयौं कीर्तिमान बनेका छन् ।  बंगलादेशले यस खेलमा १७६.२ ओभर ब्याटिङ गर्‍यो । यसअघि एकपटक मात्र बंगलादेशले यसभन्दा बढी ओभर ब्याटिङ गरेको छ । सन् २०१३ मा उसले गलमा श्रीलंकाविरुद्ध १९६ ओभर बलिङ गरेको थियो ।  बंगलादेशले एसियाबाहिर १५० ओभरभन्दा बढी ब्याटिङ गरेको यो दोस्रो अवसर हो । सन् २०१७ मा वेलिङटनमा उसले न्युजील्यान्डविरुद्ध नै १५२ ओभर ब्याटिङ गरेको थियो । ...

इटलीले बनायो लगातार ३७ खेल अपराजितको कीर्तिमान

२४ भदौ, काठमाडौं । युरो च्याम्पियन इटलीले लगातार ३७ खेलमा अपराजित रहने पहिलो राष्ट्रिय टिम बनेको छ । विश्वकप छनोटअन्तर्गत लिथुअनियालाई ५-० को फराकिलो अन्तरले पराजित गर्दै इटलीले कीर्तिमान कायम गरेको छ । छनोट अन्तर्गतकै अघिल्लो खेलमा स्वीट्जरल्याण्ड्सँग बराबरी खेलेपछि नै इटलीले लगातार अपराजित रहने कीर्तिमान तोडेको खबर अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले सार्वजनकि गरेका थिए । विश्व […]

लगातार ३६ खेलमा अपराजित रहँदै इटलीले बनायो नयाँ कीर्तिमान

२१ भदौ, काठमाडौं । विश्वकप छनोट अन्तर्गत आइतबार राति इटलीले स्विट्जरल्याण्ड्सँग बराबरी खेले पनि अन्तर्राष्ट्रिय फुटबलमम अपराजित रहने कीर्तिमान बनाएको छ । इटलीले लगातार ३६ खेलसम्म अपराजित रहने नयाँ कीर्तिमान बनाएको हो । यसअघि ब्राजिल र स्पेनको नाममा रहेको लगातार ३५ खेलको कीर्तिमान इटलीले तोड्यो । युरो २०२० को च्याम्पियन इटलीले त्यसयता विश्वकप छनोटमा लगातार […]

३५ खेलसम्म अपराजित रहँदै इटलीले बनायो कीर्तिमान

युरो विजेता इटलीले विश्वकप छनोटमा बुल्गेरियासँग १–१ गोलको बराबरी खेलेको छ । युरो २०२० पछि यो उसले खेलेको पहिलो खेल थियो । यससँगै इटलीले ३५ खेलसम्म अपराजित रहने कीर्तिमान बराबरी गरेको छ । ९० को दशकमा ब्राजिल र २००० को दशकमा स्पेन पनि ३५ खेलसम्म अपराजित थिए । इटलीलाई फेडरियो चिसाले १६ मिनेटमा अग्रता दिलाएका थिए । तर, बुल्गेरियाले ४० मिनेटमा एटानास इलिभले बराबरी गोल फर्काए । २०१८ मा पोर्चुगलसँग युईएफए नेशन्स कपमा हार व्यहोरेयता रोबर्टो म्यान्सिनीको टोली अपराजित छन् । ब्राजिल १९९३ दे

टोकियो ओलम्पिकः बेलायतले पौडीमा बनायो विश्व कीर्तिमान

एजेन्सी। बेलायतले पौडीको ४ गुण १०० मिटर मिक्स मिड्लेमा विश्व कीर्तिमानसहित स्वर्ण पदक जितेको छ। बेलायतले निर्धारित दुरी ३ मिनेट ३७.५८ सेकेण्डमा पार गरेको हो। यसअघि चीनको नाममा ३ मिनेट ३८.४१ सेकेण्डको विश्व कीर्तिमान थियो। चीनले ३ मिनेट ३८.८६ सेकेण्डमा दुरी पार गर्दै रजत पदक जित्यो। ३ मिनेट ३८.९५ सेकेण्डमा दुरी पार गरेको अष्ट्रेलियाले काश्य पदक जित्यो।

गोक्यो ताल छेउमा गाएको गीतले बनायो विश्व कीर्तिमान

काठमाण्डाै – सोलुखुम्बुको गोक्यो ताल छेउमा रेकर्ड भएको गीत ‘गोक्यो रि’ ले विश्व कीर्तिमान बनाएको छ । चार हजार आठ सय १३ मिटर उचाइमा गएको फागुनमा रेकर्ड गरिएको गीत र म्युजिक भिडियोलाई गिनिज बुक अफ वर्ल्ड रेकर्डले विश्वकै अग्लो ठाउँमा रेकर्ड गरेको गीत तथा म्युजिक भिडियोको रूपमा सूचीकृत गरेको हो । ​ गोक्यी रि गीत नेपालको पर्यटन क्षेत्रलाई लक्षित गरी पर्यटन व्यवसायीसमेत रहेका निर्माता लक्ष्मण कार्की, पर्यटन व्यवसायी सन्च बहादुर राई, कार्यक्रमका संयोजक तथा तीन पटकसम्म विश्व कीर्तिमान राख्न सफल पुष्कर नेपा...