घरजग्गासम्बन्धी कारोबार गर्ने ठूला व्यवसायीको दबाबमा भवन बनाउँदा छाड्नुपर्ने खुला क्षेत्रफलसम्बन्धी मापदण्ड संशोधन गरिएको छ । भूकम्पीय दृष्टिले जोखिम र व्यवस्थित बस्ती विकासको मर्मविपरीत सहरी विकास मन्त्रालयले भवन बनाउँदा खाली छाड्नुपर्ने क्षेत्रफल घटाउने र कम जग्गामा अग्ला भवन बनाउन मिल्ने गरी मापदण्ड संशोधन गरेको हो ।