३८ औ वार्षिकोत्सवको पुर्वसन्ध्यामा नबिलले गर्यो एकिकृत कारोबारको सुरुवात

नबिल बैंक लिमिटेड  र नेपाल बंगलादेश बैंकबीच भएको प्राप्तिको सम्पूर्ण कार्य समापन भई सोमबारबाट एकीकृत कारोबार शुरु भएको छ । नबिल बैंकको ३८ औ  वार्षिकोत्सवको  पुर्वसन्ध्या पारी सोमबार एक कार्यक्रमबीच प्रमुख अतिथी मुख्य सचिव शंकरदास बैरागी, बैंकका अध्यक्ष उपेन्द्र प्रसाद पौडेल र उपाध्यक्ष निर्वाण चौधरीले संयुक्त रुपमा उद्घाटन गरि एकिकृत कारोबार थालनी भएको घोषणा गरिएको हो ।दुई बैंकको मर्जपछि ‘नबिल बैंक लिमिटेड’ नामबाट एकीकृत रूपमा वित्तीय कारोबार सञ्चालन भएको हो । कार्यक्रममा बोल्दै मुख्य सचिव बैरागीले पुरानो मध्यको एक नेपाल बंगलादेश बैंकको प्राप्ति पछि नबिल बैंक अझ ठुलो भएको  र यस कदमले देशको अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्ने विश्वास जनाए ।  अझ बलियो, सँगै अघि भन्ने नारा सहित गरिएको कार्यक्रममा बोल्दै अध्यक्ष पौडेलले प्राप्ति पछि नबिलले बैंकिङ्ग प्रणालीलाई थप सुशासित, सुरक्षित, स्वच्छ, कुशल तथा सक्षम बनाई बैंकिङ्ग क्षेत्रको स्थायित्वमा टेवा पुर्याउने बताए । “बैंक ठूलो भए सँगै  बैंकिङ्ग प्रणाली, मानव संशाधन, प्राविधिक तथा अन्य समग्र क्षमता अभिबृद्धि गरी सर्वसाधारणलाई आधुनिक थप गुणस्तरीय बैंकिङ्ग सुविधा प्रदान गर्ने लक्ष्य लिएका छौ,” उनले थपे  ।  देश विकासमा बैंकिंग संस्थाहरुको अग्रणी भूमिका हुने बताउदै उनले भने, “यस बैंकले वास्तविक अर्थतन्त्रलाई सहयोग पुर्याउने लक्ष्य सहित  नबिल दिगो बैंकींगको सुरुवात गरेको छ र अझ सशक्त रुपमा अघि बढ्नेछ ।” पर्यावरण र दिगो विकासको मापदण्डलाइ पछ्याउदै बैंकले त्यहि अनुसार नीति तथा रणनीति लिने उनले जानकारी दिए । “क” वर्गको इजाजतप्राप्त नबिल बैंक लिमिटेडले नेपाल राष्ट्र बैंकको अनुमतिबाट नेपाल बंगलादेश बैंक लिमिटेडलाई प्राप्ति गरेको हो । यस प्राप्तिसँगै अब नेपाल बंगलादेश बैंकको सम्पूर्ण सम्पत्ति तथा दायित्वको अभिभारा नबिल बैंकले प्राप्त गरेको छ र देशकै सबभन्दा ठूलो वितीय संस्था भएको छ । “नविल बैंक र एनबि बैंक एकआपसमा प्राप्ति (एक्विजिशन) को आवश्यकता र औचित्यमा छलफल पश्चात समग्र बैंकिङ्ग प्रणालीको आवश्यकताहरुलाई समेत मध्यनजर गर्दै बैंक प्रति सर्वसाधारणको विश्वासनियतामा थप अभिबृद्धि गर्न कदम चालेका हौं,” बैंकका प्रमुख कार्यकारी निर्देशक ज्ञानेन्द्र ढुंगानाले बताए । उनले नेपालको वित्तीय क्षेत्रमा अग्रणी भूमिका निर्वाह गर्दै आएका सम्मानित संस्थाहरू एक भई अझै बिस्तारित र सशक्त भएर राष्ट्र निर्माणमा अग्रसरता लिने उद्देश्यका साथ दुई बैंकबीच समझदारी भएको जानकारी दिए । “हामीले हाम्रा निक्षेपकर्ता, लगानीकर्ता लगायतका सरोकारवालाहरुको हित संरक्षण गर्ने; देशव्यापी शाखाहरुको सञ्जाल विस्तार गरी वित्तीय सेवामा सर्वसाधारणको पहुँच अभिबृद्धि गर्ने ; पूँजीगत आधार सुदृढ गरीे सम्भावित वित्तीय जोखिम तथा ख्याति सम्बन्धी जोखिमलाई न्यूनिकरण गर्न अग्रणी भुमिका खेल्ने नीती लिनेछौं । साथसाथै सबै सुचकांकहरुमा अग्रणी स्थानमा कायमै रहने लक्ष्यका साथ आज बाट एकिकृत कारोबार शुरु गरेका छौं,” उनले थपे ।बैंकका अनुसार प्राप्ति पछि  बैंकको चुक्ता पुंजी २२ अर्ब ८३ करोड, कुल पुंजी ५६ अर्ब २ करोड, कुल निक्षेप ३ खर्ब २८ अर्ब तथा कुल कर्जा ३ खर्ब ८ अर्ब पुगेको छ । त्यस्तै गरि देशभरिको शाखा विस्तार भई २६७ शाखा सञ्जालहरु र २७४ एटिएम मेसिनहरुबाट सेवा प्रदान गर्नेछ । 

सम्बन्धित सामग्री

नेपालको उत्कृष्ट सुरुवात

१२ माघ, काठमाडौं । नेपालले आईसीसी यू-१९ विश्वकप २०२४ मा आफ्नो समूह चरणको अन्तिम खेलमा अफगानिस्तानसँग उत्कृष्ट सुरुवात गरेको छ । सुरुवाती दुई ओभरमै दुई विकेट लिँदै नेपालले सानदार सुरुवात गरेको छ । तीव्र गतिका बलर गुलशन झाको पहिलो ओभरको चौथो बलमा अफगानिस्तानका ओपनर नौमान साह टप एज लागेर दीपक डुम्रेबाट क्याच आउट भए । […]

मोबाइल बैंकिङको सुरुवात कहिले भएको थियो ?

विश्वमा पहिलोपटक सन् १९९९ मा युरोपियन बैंकले मोबाइल बैंकिङको सुरुवात गरेका थिए । त्यसको पाँच वर्षमै अर्थात् सन् २००४ मा नेपालमा पनि मोबाइल बैंकिङ सेवाको सुरुवात भएको छ । तत्कालीन लक्ष्मी बैंक...

रुस्लानद्वारा ‘रुस्लान स्टुडियो’ को सुरुवात

काठमाडौं । रुस्लानले ‘रुस्लान स्टुडियो’को सुरुवात गरेको छ । ६ भदौमा एक कार्यक्रमको आयोजना गरी कम्पनीले ‘रुस्लान स्टुडियो’को सुरुवात गरेको हो । ‘रुस्लान स्टुडियो’ एउटा यस्तो मञ्च हो जसले लाइभ स्टुडियो रेकर्ड सेटिङ संगीतका विभिन्न विधाहरु प्रस्तुत गर्नेछ । सो संगीतहरुको प्रसारण रुस्लान स्टुडियोको युटुब पेजबाट हुनेछ । कार्यक्रमा नेपालभरका ५० भन्दा बढी लोकप्रिय कलाकार […]

गणित पार्कको सुरुवात

विद्यार्थीलाई गणित विषय गाह्रो हुन्छ भन्ने मानसिकताबाट टाढा राख्न नेपालमा पहिलोपटक म्याथ पार्कको सुरुवात गरिएको छ।...

साफ च्याम्पिनसिप – नेपालको सुरुवात सधैं सुखद

काठमाडौं (हाम्रो खेलकुद)– दक्षिण एसियामा महिलातर्फको दुई ठूला प्रतियोगिता मध्येको एक साफ च्याम्पियनसिपमा नेपालले सधै सुखद सुरुवात गर्दै आएको छ । यसअघिका पाँचै संस्करणमा नेपालले विजयी सुरुवात गरेको छ । दशरथ रंगशालामा मंगलबार छैटौं संस्करणको सुरुवात हुँदा पनि नेपालले जितबाट सुरुवात गर्ने अपेक्षा गरिएको छ । यसअघि नेपालले च्याम्पियनसिपको पहिलो खेलमा जितमात्र होइन कम्तीमा ३–० […]

बंगलादेशको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद) – श्रीलंकामा जारी साफ यू–१७ पुरुष फुटबलमा बंगलादेशले विजयी सुरुवात गरेको छ ।कोलोम्वोमा सोमबार भएको खेलमा श्रीलंकालाई ५–१ ले हराउँदै बंगलादेशले सुखद सुरुवात गरेको हो । बंगलादेशको जितमा मोहमद मुर्सेद अलीले दुई तथा मोहमद रुबेल शेख, सिराजुल इस्लाम राना र मोहमद नाजिम उद्धीनले समान एक गोल गरे । श्रीलंकाका यासिर शर्फराजले एक […]

युभेन्ट्सको विजयी सुरुवात

इटालियन क्लब युभेन्ट्सले च्याम्पियन्स लिग फुटबलमा विजयी सुरुवात गरेको छ ।

बार्सिलोनाकाे विजयी सुरुवात

एजेन्सी । स्पेनिस लिग फुटबल ला लिगामा बार्सिलोनाले विजयी सुरुवात गरेको छ । १७ वर्षपछि लियोनल मेस्सीबिना सिजन सुरुवात गरेको बाािर्सलोनाले गएराति भएको खेलमा रियाल सोसिडाडलाई ४–२ ले हरायो । बार्साको जितमा मार्टिन ब्रेथवेटले दुई गोल गर्दा जेरार्ड पिके र सर्जी रोबर्टोले एक एक गोल गरे । सोसीडाडका युलेन लोबेते र मिकेल ओयरजबालले दुई गोल […]

अमेजन वेब सर्भिसेज एकेडेमीको सुरुवात

अमेजन वेब सर्भिसेज एकेडेमीको नेपालमा सुरुवात भएको छ । यसको सुरुवात यूकेएडको रोजगारीका लागि सीप कार्यक्रम (सीप) र जीनीस सोलुसनले गरेका हुन् । त्रिभुवन विश्व विद्यालयको इन्जिनियरिङ प्रतिष्ठान पुल्चोक क्याम्पसमा पहिलो पटक सुरुवात भएको एकेडेमीले हजारौँ विद्यार्थीलाई क्लाउड कम्प्युटिङका विधाहरूका उदीयमान र तीव्र गतिले वृद्धि भइरहेका रोजगारीका पदहरूमा सीप विकास तथा प्रमाणीकरणको अवसर प्रदान गर्ने […]

आईपीएल : कोलकाताको विजयी सुरुवात

काठमाडौं । कोलकाता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग (आईपीएल)को १४औं संस्करणमा विजयी सुरुवात गरेको छ । आइतबार भएको खेलमा कोलकाताले हैदरावादलाई १० रनले पराजित गर्दै सुखद सुरुवात गरेको हो । चेन्नाईस्थित एम चितम्बरम स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको कोलकाताले नितिश राना र राहुल त्रिपाठीको अर्धशतक मद्दतमा ६ विकेट गुमाएर १८७ रन बनाएको थियो । […]