तनहुँ : बुधबार साँझदेखिको वर्षाका कारण तनहुँ खण्डको दुई स्थानमा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । आज बिहान जिल्लाको म्याग्दे–१ गुणादी र व्यास नगरपालिका–१२ घाँसीकुवामा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको हो। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजकुमार विकले म्याग्दे खण्डमा राति २ः४० मा र व्यास खण्डमा बिहान ६ः३० मा पहिरो खसेको जानकारी दिए।उनले राजमार्ग खुलाउन त्यहाँ एस्काभेटर र डोजर परिचालन गरेको जानकारी दिए। राजमार्ग अवरुद्ध भएकाले सयौँ