घोप्टेभिरमा पहिरो, पृथ्वी राजमार्ग अवरुद्ध

काठमाडौं : पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका-४ घोप्टेभिरमा पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको छ।गएराति करिब १२ बजेको समयमा पहिरो खस्दा राजमार्ग दुईतर्फी नै अवरुद्ध भएको चितवन ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। पहिरो पन्छाउने काम सुरु गरिएको छ। पहिरो पन्छाएर बाटो खुल्न तीनदेखि चार घण्टासम्म लाग्‍न सक्‍ने प्रहरीको अनुमान छ।

सम्बन्धित सामग्री

पहिरोका कारण पृथ्वी राजमार्ग अवरुद्ध, यात्रु अलपत्र

तनहुँ । तनहुँका विभिन्न ठाउँमा पहिरो जाँदा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । शुक्रबार बिहान घाँसीकुवामा सडक माथिबाट लेदोसहित पहिरो खसेपछि साेही राजमार्ग अवरुद्ध भएको हाे । त्यस्तै म्याग्देमा पनि पहिरो खसेपछि सडक अवरुद्ध भएको छ । अहिले फेरी दमौलीको मादीनदी पुल नजीक पहिरोसहितको लेदो खसेपछि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी युवराज […]

पृथ्वी राजमार्ग अवरुद्ध

काठमाडौँ,१७ साउन । अविरल वर्षासगैँ खसेको पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । प्रहरीका अनुसार बिहान ८.५० बजे पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना–३ स्थित कुरिनघाट नजिकै माथिबाट पहिरो झरेर सडक दुइतर्फी अवरुद्ध भएको हो । मुग्लिनस्थित इलाका प्रहरी कार्यालयबाट उक्त स्थानमा खटिएको प्रहरीले सडक विभागसँग समन्वय गरी लोडरको सहायताले सडक खुलाउन पहल गरिरहेको चितवन जिल्ला प्रहरी […]

पहिरोले नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्ग अवरुद्ध

चितवन । लगातारको वर्षाका कारण पहिरो खसेर नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्ग अवरुद्ध छन् । सोमबार राति ११ बजेदेखि सडक अवरुद्ध भएका हुन् । नारायणगढ–मुग्लिन सडकअन्तगर्तको भरतपुर महानगरपालिका–२९ केराबारी र सत्रकिलोमा खसेको पहिरो पन्छाउने काम भइरहेको छ । ईच्छाकामना गाउँपालिका–६ को २ र ३ नम्वर पुलको बीचमा खसेको पहिरो पन्छाएर सकिएको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी […] The post पहिरोले नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्ग अवरुद्ध appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

तनहुँमा पहिरोका कारण पृथ्वी राजमार्ग अवरुद्ध

काठमाडौं । तनहुँको याम्पामा पहिरो जाँदा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । मंगलबार राति परेको वर्षाले बन्दीपुर गाउँपालिका–५ याम्पामा सडकमाथिबाट खसेको पहिरोले सडक अवरुद्ध बनाएको हो । सडक दुईतर्फी रूपमै अवरुद्ध भएको र आज बुधबार बिहानदेखि पहिरो पन्छाउने काम भईरहेको तनहुँ प्रहरीले जनाएको छ । पहिरो खसेको स्थान आँबु खैरेनीबाट नजिकै भएकाे प्रहरीले बताएकाे छ […]

चुम खोलाको पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध

१ असार, चितवन । नौविसे मुग्लिन सडकखण्डको चुमखोलामा पहिरो जाँदा पृथ्वी राजमार्ग अवरुद्ध बनेको छ । ईच्छाकामना गाउँपालिका-३ चुम खोलामाथिबाट पहिरो झरी राजमार्ग दुईतर्फी अवरुद्ध बनेको हो । पहिरो खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी रविन विष्टले जानकारी दिए ।

पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध

चितवनको पृथ्वी राजमार्ग अवरुद्ध बनेको छ। ईच्छाकामना गाउँपालिका ४ नाग्दी खोला स्थित पृथ्वी राजमार्गमा माथिबाट पहिरो खस्दा सडक दुवै तर्फ अवरुद्ध बनेको हो।...

पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरुद्ध

चितवन, ६ असोज । चितवनको इच्छाकामनामा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका–४ घोप्टेभिरमा पहिरो खस्दा सडक अवरुद्ध भएको हो । गए राति ११ः४५ बजे पहिरो खसेपछि राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बिहानैबाट पहिरो पन्छाउने काम सुरु गरिएको जनाइएको छ । ठूलो पहिरो खसेका कारण पन्छाउन समय […]

पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरुद्ध

चितवनको इच्छाकामनामा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका–४ घोप्टेभिरमा पहिरो खस्दा सडक अवरुद्ध भएको हो ।गए राति ११ः४५ बजे पहिरो खसेपछि राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बिहानैबाट पहिरो पन्छाउने काम सुरु गरिएको जनाइएको छ । ठूलो पहिरो खसेका कारण पन्छाउन समय लाग्ने प्रहरीले जनाएको छ ।पहिरो खसेपछि गन्तव्यमा हिँडेका सवारी साधन रोकिएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालयले आफ्नो लेनमा अनुशासन कायम गरेर बस्न सबै सवारी चालकलाई अनुर

पृथ्वी राजमार्ग अवरुद्ध

काठमाडौं । अविरल वर्षापछि गएको पहिरोले ठाउँठाउँमा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । तनहुँको पूर्वी नाका आँबुखैरेनीदेखि पश्चिम नाका कोत्रेसम्मको करिब ७२ किलोमिटर दूरी पर्ने राजमार्गको ठाउँठाउँमा पहिरो जाँदा अवरुद्ध भएको हो । जिल्ला प्रहरी कार्यालय तनहुँले दिएको जानकारी अनुसार शुक्लागण्डकी नगरपालिका–७ कुम्लेखोला नजिक पहिरो जाँदा राजमार्ग अवरुद्ध भएको छ । त्यसैगरी व्यास नगरपालिका–१२ घाँसीकुवा […]