सत्ता गठबन्धनको कार्यदल बैठक बालुवाटारमा सुरु

सत्ता गठबन्धनको कार्यदल बैठक सुरु भएको छ । प्रदेश र प्रतिनिधिसभाको आसन्न निर्वाचनमा सिट बाँडफाँटको मापदण्ड बनाउन कार्यदलको बैठक सुरु भएको हो । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा कार्यदलका सदस्यहरूबीच छलफल भइरहेको छ । बुधबार अपरान्ह ४ बजे बैठक बस्ने भनिए पनि ५ बजेदेखि मात्र छलफल सुरु भएको हो । यसअघि  तीन पटक बसेको कार्यदलको बैठक औपचारिकतामै सीमित भएको थियो । यद्यपि ०७४ को आम निर्वाचन र गत स्थानीय निर्वाचनको परिणाम तथा नेताहरुको व्यक्तित्वलाई मध्यनजर गरी सिट बाँडफाँटको मापदण्ड बनाउ

सम्बन्धित सामग्री

प्रदेश सभातर्फ सत्ता गठबन्धनमा कुन दलकाे कति सिट दाबी ?

काठमाडौँ । सत्ता गठबन्धनले प्रतिनिधि सभातर्फ सिट बाँडफाँट लगभग सहमति जुटाएर प्रदेश सभातर्फ सिट बाँडफाँटका लागि छलफल अघि बढाएको छ। आज बिहान ११ बजे नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौला नेतृत्वको ११ सदस्यीय सत्ता गठबन्धनको कार्यदल बैठक बालुवाटारमा बस्दैछ। यो बैठकमा कुन दलले कति सिट लिने भन्नेबारे छलफल हुनेछ। सत्ता गठबन्धनले आइतबारदेखि प्रदेश सभा क्षेत्रको सिट […]

सत्ता गठबन्धनको कार्यदल बैठक बालुवाटारमा जारी

काठमाडौँ । सत्ता गठबन्धन कार्यदलको बैठक बालुवाटारमा जारी छ । आगामी निर्वाचनमा सत्ता गठबन्धनका दलहरूबीच सिट बाँडफाँट कसरी गर्ने भन्ने विषय टुंग्याउन काँग्रेस नेता कृष्ण सिटौलाको नेतृत्वमा दोस्रो तहका नेताहरू सम्मिलित कार्यदल गठन भएको छ ।

सत्ता गठबन्धनको कार्यदल बैठक जारी

काठमाडौं । सत्ता गठबन्धन कार्यदलको बैठक बालुवाटारमा जारी छ । आगामी निर्वाचनमा सत्ता गठबन्धनका दलहरूबीच सिट बाँडफाँट कसरी गर्ने भन्ने विषय टुंग्याउन कांग्रेस नेता कृष्ण सिटौलाको नेतृत्वमा दोस्रो तहका नेताहरू सम्मिलित कार्यदल गठन भएको छ । कार्यदलमा गत शुक्रबार आआफ्ना पार्टीमा छलफल गरेर अडानसहित आजको उपस्थित हुने सहमति भएको थियो ।  यसबीचमा गठबन्धन दलका शीर्ष नेताहरूको...