जनता समाजवादी पार्टी पाँच वर्षसम्म फुट्दैन : लक्ष्मणलाल कर्ण

काठमाडौं। जनता समाजवादी पार्टीका नेता लक्ष्मणलाल कर्णले पार्टी पाँच वर्षसम्म नफुट्ने बताएका छन्। जसपा विभाजनउन्मुख भएको चर्चा चलिरहँदा नेता कर्णले देखापढीसँग भने, ‘कानूनतः एकीकरण भएको पाँच वर्षसम्म पार्टी फुट्दैन, त्यसको सम्भावना छैन।’ जसपाको माग दुई/तीन दिनमा सम्बोधन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीले आफूहरूलाई आश्वासन दिएको उनले बताए। माग सम्बोधन भएपछि सरकारमा जाने वा नजाने भन्नेबारे तय हुने उनको भनाइ छ।

सम्बन्धित सामग्री

हामी केपी ओलीको जालमा फस्यौं भन्नु विल्कुल गलत हो : लक्ष्मणलाल कर्ण (भिडिओसहित)

काठमाडौं, ११ असार । जनता समाजवादी पार्टी, नेपालका प्रभावशाली नेता तथा निवर्तमानमन्त्री लक्ष्मणलाल कर्णले आफूहरु मन्त्री बन्नको लागि हतारिएको भनेर गरिएको टिप्पणी गलत भएको बताएका छन् । आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले आफूहरु माग र मुद्दा सम्बोधन गराउनको लागि […]

आ-आफ्नै रणनीतिमा महन्थ र उपेन्द्र : राजनीतिक खेलमा कसको दाउपेच के?

काठमाडौं : जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवबीच कारवाहीको दोहोरी चलेको छ। महन्थले संसदीय दलको बहुमतका आधारमा स्पष्टीकरणसहित उपेन्द्रलाई पार्टीबाट निष्कासन गरेका छन् भने उपेन्द्रले कार्यकारिणीको बहुमतका आधारमा महन्थसहित राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र शर्वेन्द्रनाथ शुक्ललाई स्पष्टीकरणसहित पार्टीबाट निष्कासन। कारवाहीको सिलसिला चलिरहँदा संघीय परिषद् अध्यक्ष…

महन्थ ठाकुरसहित चार नेतालाई पार्टीबाट निष्कासन गर्ने उपेन्द्र पक्षको निर्णय

काठमाण्डाै – जनता समाजवादी पार्टी (जसपा) को उपेन्द्र यादव पक्षले पार्टी अध्यक्ष महन्थ ठाकुरसहित चार जना नेतालाई पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको छ । यादवको अध्यक्षतामा बसेको पार्टीको कार्यकारिणी समितिको बैठकले ठाकुरसहित नेताहरू राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई निष्कासन गर्ने निर्णय गरेको हो । यसअघि दुवै पक्षले एक अर्कालाई स्पष्टीकरण सोधेका थिए । प्रधानमन्त्री केपी शर्मा ओलीलाई समर्थन गर्ने/नगर्नेबारे जसपाभित्र पहिलेदेखि नै विवाद बढ्दै आएको थियो । पछिल्लो पटक प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्...

ठाकुरसहित चार नेता जसपाबाट निष्कासित, निर्वाचन आयोगलाई जानकारी

जनता समाजवादी पार्टी (जसपा) नेपालको उपेन्द्र यादव पक्षले अर्का अध्यक्ष महन्थ ठाकुरसहित चार नेतालाई पार्टीबाट निष्कासन गरेको छ । पार्टीको कार्यकारिणी समितिको बैठकको निर्णयअनुसार ठाकुरसहित वरिष्ठ नेता राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई निष्कासन गरेको हो । यादव पक्षले यसबारे निर्वाचन आयोगलाई पनि जानकारी गराइसकेको छ ।पार्टीभित्र विवाद उत्कर्षमा पुगेपछि यादवले ठाकुरसहित वरिष्ठ नेता राजेन्द्र महतो, कार्यकारिणी सदस्य लक्ष्मणलाल कर्ण, सर्वेन्द्रनाथ शुक्लालाई २४ घण्टे अल्टिमेटम

जसपामा विवाद : लक्ष्मणलाल कर्ण भन्छन्– यस्तै रह्यो भने यो पार्टी रहँदैन

जनता समाजवादी पार्टी नेपालका कार्यकारिणी सदस्य लक्ष्मणलाल कर्णले पार्टीमा एक अर्कालाई कारवाही गर्नु भनेको पार्टीका लागि दुर्भाग्य भएको बताएका छन् । शनिबार जसपाका अध्यक्ष उपेन्द्र यादवको अध्यक्षतामा बसेको कार्यकारिणी समितिको बैठकले सोही पार्टीका अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, कार्यकारिणी सदस्य सर्वेन्द्रनाथ सुक्लासहित लक्ष्मणलाल कर्णलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो। यसैबीच अध्यक्ष ठाकुरले पनि अध्यक्ष उपेन्द्र यादवलगायतका नेतालाई कारवाही गर्ने तयारी गरिरहेका छन्

उपेन्द्र यादव पक्षले थाल्यो महन्थ ठाकुरसहित चार नेतामाथि कारबाही

८ जेठ, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले बमहुत पक्षले अध्यक्ष महन्थ ठाकुरसहित चार नेतामाथि कारबाही थालेको छ । उपेन्द्र यादवको अध्यक्षमा बहुमत केन्द्रीय कार्यसमितिको बैठकले अध्यक्ष ठाकुरसँगै वरिष्ठ नेता राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्लालाई विधान अनुसार कारबाही प्रक्रिया थाल्ने निर्णय गरेको हो । पार्टीमा पछिल्लो पटक भएको सहमति विपरित प्रधानमन्त्री केपी शर्मा […]