धितोपत्र बोर्डको अध्यक्षका लागि आवेदन खुला, को-कोले पाउँछन् आवेदन दिन?

बिहीबार सार्वजनिक सूचना जारी गर्दै अर्थ मन्त्रालयले धितोपत्र बोर्ड अध्यक्षको नियुक्ति प्रक्रिया अगाडि बढाएको हो ।

सम्बन्धित सामग्री

धितोपत्र बोर्डको अध्यक्षका लागि आवेदन खुल्यो

काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्षको लागि दरखास्त आव्हान भएको छ । रिक्त अध्यक्ष पदको लागि नयाँ आवेदन खुला गर्न अर्थ मन्त्रालयले मंगलबार कार्यविधि सार्वजनिक गरेको थियो । नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिको लागि सिफारिससम्बन्धी कार्यविधि २०८० जारी भएसँगै बुधबार आवेदन खुला गरिएको हो । आवेदन फागुन ३० गतेसम्म दिन सकिनेछ । आवेदन दस्तुर ५ […]

धितोपत्र बोर्डको अध्यक्षमा १५ जनाको आवेदन

काठमाडौं (अस) । धितोपत्र बोर्डको अध्यक्षका लागि १५ जनाले आवेदन दिएका छन् । अध्यक्ष छनोट तथा सिफारिश गर्न बनेको समितिले माग गरेकोमा राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक डा. गोपालप्रसाद भट्ट, बीमा समितिका पूर्वअध्यक्ष तथा नेपाल राष्ट्र बैंकका पूर्वनिर्देशक चिरञ्जिवी चापागार्इं, धितोपत्र बोर्डकै उपकार्यकारी निर्देशक डा. नवराज अधिकारी, कृष्णराज पोखरेल, डा. जीवन अम्गाई, रमेशकुमार हमाल, नेपाल स्टक एक्सचेन्ज (नेप्से)का पूर्वसीईओ सीताराम थपलिया, शेयर लगानीकर्ता डा. केशवप्रसाद श्रेष्ठ, अम्बिका शर्मा लामिछाने, धितोपत्र बोर्डकै कार्यकारी निर्देशक नीरज गिरि, खगेन्द्र कटुवाल, मुक्ति अर्याल, रमेश अधिकारी, अनिलराज पौडेल, हेमन्त बस्यालले तोकिएको समयभित्र आवेदन दिए । धितोपत्रसम्बन्धी ऐन, २०६३ बमोजिम उच्च नैतिक चरित्र भएको, कम्तीमा स्नातकोत्तर उपाधि प्राप्त गरी धितोपत्र बजार व्यवस्थापन, पूँजी बजार विकास, आर्थिक, वित्तीय, वाणिज्य, व्यवस्थापन या कानून क्षेत्रमा कम्तीमा ७ वर्षको पेशागत अनुभव प्राप्त गरेको, धितोपत्रसम्बन्धी ऐन, २०६३ को दफाबमोजिम अयोग्य नरहेको र आवेदकले आवेदन दिने अवधिभित्र ३० वर्ष पूरा भई ६० वर्ष ननाघेकाले आवेदन दिन योग्य हुने मापदण्ड तोकिएको थियो । नेपाल धितोपत्र बोर्डको अध्यक्ष छनोटका लागि पुस १५ मा पुनः आवेदन खुला गरिएको थियो । मन्त्रीस्तरीय निर्णयबाट १९ असोजमा बोर्डको अध्यक्ष नियुक्तिका लागि तीन सदस्यीय छनोट समिति गठन गरिएको थियो । १३ मङ्सिरमा बसेको मन्त्रिपरिषद् बैठकले फेरि अर्काे समिति गठन गर्ने निर्णय गरेपछि उक्त समिति विवादस्पद बनेको थियो । उक्त समितिलाई खारेज गर्दै सरकारले पुनः अर्को समिति बनाएपछि उक्त समितिले अध्यक्षका लागि आवेदन आह्वान गरेको थियो । नयाँ छनोट समितिमा पनि योजना आयोगका उपाध्यक्ष डा. विश्वनाथ पौडेल नै संयोजक रहेका छन् । निवेदकहरूलाई छिट्टै अन्तर्वार्ताका लागि बोलाउने छनोट समितिको तयारी छ । छनोट समितिको सिफारिशका आधारमा मन्त्रिपरिषद् बैठकले बोर्डको नयाँ अध्यक्ष नियुक्ति गर्नेछ । सर्वाेत्तम सिमेन्टको शेयर खरीद प्रकरणका कारण भीष्म ढुंगाना बर्खास्त भएपछि बोर्ड नेतृत्वविहीन छ । यता, नेपाल स्टक एक्सेन्ज (नेप्से) को प्रमुख पद पनि रिक्त रहेको छ । सर्वोत्तम सिमेन्टको शेयर खरीद प्रकरणमा मुछिएपछि तत्कालीन सीईओ चन्द्र साउदले राजीनामा दिएपछि सीईओ पद खाली थियो । नेप्सेको प्रमुख नियुक्तिका लागि तीन जनाको नाम छनोट गरेर मन्त्रिपरिषद्मा प्रस्ताव पठाइसकिएको छ । यसबारे मन्त्रिपरिषद्ले निर्णय गर्न बाँकी नै छ ।

धितोपत्र बोर्ड अध्यक्षका लागि पुनःआवेदन

सरकारले नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्ष नियुक्तका लागि दोस्रो पटक सूचना प्रकाशन गरेको छ ।अध्यक्ष नियुक्तिका लागि गठित छनोट तथा सिफारिस समितिले बिहिबार एक सूचना प्रकाशन गर्दै आवेदन माग गरेको हो । अर्थ मन्त्रालयअन्तर्गतको बोर्डले यसअघि गत ११ कात्तिकमा एक सूचना जारी गर्दै अध्यक्ष पदका लागि आवेदन खुला गरेको थियो । यसअघि खुला गरिएको […]

धितोपत्र बोर्ड अध्यक्षका लागि  नयाँ आवेदन खुला

यसअघि नेपाल धितोपत्र बोर्डको अध्यक्षका लागि परेको पुरानो आवेदनलाई खारेज गरी नयाँ आवेदन खुला गरिएको छ । मन्त्रिपरिषद्ले छनोट समिति गठन गरेपछि समितिकै सिफारिसमा अर्थ मन्त्रालयले नयाँ आवेदन खुला गरेको हो ।  बिहीबार...

धितोपत्र बोर्ड अध्यक्षका लागि पुनःआवेदन मागियो, यसअघिको आवेदन रद्द

काठमाडौँ– सरकारले नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्ष नियुक्तका लागि दोस्रो पटक सूचना प्रकाशन गरेको छ । अध्यक्ष नियुक्तिका लागि गठित छनोट तथा सिफारिस समितिले विहीबार एक सूचना प्रकाशन गर्दै सो पदका आवेदन माग गरेको हो । अर्थ मन्त्रालयअन्तर्गतको बोर्डले यसअघि गत कात्तिक ११ गते एक सूचना जारी गर्दै अध्यक्ष पदका लागि आवेदन खुला गरेको […]