३१ असोज, काभ्रेपलाञ्चोक । काभ्रेको पाँचखालमा सञ्चालन गरिएको बृहत स्वास्थ्य शिविरमा १ हजार ७७४ जनाले स्वास्थ्य परीक्षण गराएका छन् ।
पाँचखाल नगरपालिका र निजामती कमचारी अस्पताल (सिभिल) को आयोजनामा स्वास्थ्य शिविर सञ्चालन भएको पाँचखाल नगरपालिकाका …
३१ असोज, काठमाडौं । मन्त्रिपरिषद्को बिहीबारको बैठकले गरेका निर्णय सार्वजनिक गरिएको छ।
सूचना तथा सञ्चार प्रविधिमन्त्री जगदीश खरेलले मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमार्फत मन्त्रिपरिषद् बैठकले गरेका विभिन्न २० निर्णय सार्वजनिक गरे।
मन्त्रिपरिषद्ले विशेष अदालतका रजिस्ट्रार जितेन्द्रबाबु थपलियालाई राजपत्राङ्कित …
तुलसीलाई हिन्दुहरूले भगवान विष्णुको रूपमा पुज्ने गर्छन् । असार शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीको दिन तुलसी रोप्ने र कार्तिक शुक्ल एकादशी अर्थात हरिबोधिनी एकादशीको दिन विशेष पूजा गरी तुलसीको विवाह गरिदिने प्रचलन छ ।
क्रिष्टियनहरूले तुलसीलाई …
फागुन २१ गते चुनाव गराउने जिम्मेवारी पाएको सरकार बनेकै एक महिना बितिसकेको छ। सरकार भने चुनावी तयारी भन्दा नियमित सरकारले झैं क्रियाकलाप गर्न थालेको आरोप लाग्न थालेको छ।
बिहीबार ११ देशका राजदूतलाई फिर्ता बोलाएसँगै कतिपयले विगतका …
एसईईमा राम्रो नतिजा ल्याउन अतिरिक्त कक्षा सञ्चालन गर्न लागेको नगर शिक्षा शाखा प्रमुख रामेश्वर कुँवरले बताए । उनका अनुसार नगरपालिकाभित्र सञ्चालित सबै सामुदायिक विद्यालयका कक्षा १० का छात्रछात्रालाई पढाइने छ ।
सिमकोट– हुम्लाको नाम्खा गाउँपालिका–६ स्थित न्यालु सडकखण्ड १२ दिनपछि सञ्चालनमा आएको छ । हिमपातका कारण सडकमा हिउँ जमेर बन्द भएको सडक हिउँ पन्छ्याएपछि सञ्चालनमा आएको हो । पूर्वधार विकास कार्यालय हुम्लाले न्यालु सडकमा जमेको हिउँ पन्छ्याउनका लागि सदरमुकाम सिमकोटबाट स्काभेटर पठाएको थियो । बिहीबार हिउँ पन्छ्याएपछि सडक सुचारु भएको पूर्वाधार कार्यालय प्रमुख नरेशराज जैसीले बताए […]