युरोकप फुटबल : आज जर्मनी र फ्रान्स समूह चरणको खेलमा आमने–सामने हुँदै

जर्मनी र फ्रान्स आज युरोकप फुटबलको समूह चरणको खेलमा आमने–सामने हुँदैछन् । यो खेल नेपाली समयअनुसार १२:४५ मा जर्मनीको म्युनिखमा हुनेछ । ग्रुप अफ डेथ मानिएको समूह एफमा यी दुई टोलीसँगै साबिक विजेता पोर्चुगल र हंगेरी पनि छन् । वर्तमान विश्व विजेता फ्रान्सले दुईपटक विश्वकप र दुईपटक युरोकप उपाधि जितेको छ । यता, जर्मनीले चार पटक विश्वकप जितेको इतिहास छ । युरोकपमा सर्वाधिक धेरै उपाधि जित्ने कीर्तिमान जर्मनी र स्पेनको नाममा संयुक्त छ, दुबैले तीन–तीनपटक उपाधि जितेका छन् ।अब इतिहास छाडेर अह

सम्बन्धित सामग्री

बीवाईडी गाडी किन्ने भाग्यशाली ११ जनाले जर्मनी गएर युरोकप हेर्न पाउने

१६ फागुन, काठमाडौं । चिनियाँ मोटर बीवाईडीको नेपालस्थित अधिकृत वितरक सिमेक्स इन्स प्रालिले ‘नेपाली अब यूरो कपमा’ योजना सार्वजनिक गरेको छ । उसले सार्वजनिक गरेको योजना अनुसार नेपालमा बीवाईडीका गाडी किन्ने मध्ये ११ जना भाग्यशाली क्रेताले जर्मनीमा गएर युरोकप फुटबल प्रत्यक्ष हेर्न पाउने छन् । आफ्ना ग्राहकहरूलाई फुटबलको प्रतिष्ठित महोत्सवको प्रत्यक्ष अनुभव गर्ने एक अविस्मरणीय […]

इंग्ल्याण्ड युरोकपको सेमिफाइनलमा पुग्यो

इंग्ल्याण्ड युरोकप फुटबल २०२० को सेमिफाइनलमा पुगेको छ । इंग्ल्याण्डले अन्तिम १६ मा जर्मनीमाथि २–० को जित हात पारेर क्वार्टरफाइनलमा युक्रेन विरुद्धको भेट तय गरेको थियो । रोममा गए राति अबेर सम्पन्न खेलमा इंग्ल्याण्डले यूक्रेनमाथि सहज जित हात पार्दै सेमीफाइनलमा डेनमार्क बिरुद्धको भेट तय गरेको हो । समूह चरणमा लय पाउन संघर्षरत कप्तान हयारी केन उत्कृष्ट लयमा देखिनुभएको छ । जर्मनी बिरुद्धको खेलमा गोल गरेर उच्च आत्मबल पाउनुभएका केनले यूक्रेनको गोल पोष्टमा दुई गोल गर्नुभयो । चौथो मिनेटमा रहिम स्टर्लिङगको पासलाई उहाँले गोलमा परिणत गर्दै इंग्ल्याण्डलाई सुरुवाती अग्रता दिलाउनुभयो ।

जर्मनी नकआउट चरणमा प्रवेश, हङ्गेरी बाहिरियाे

काठमाडौं । जर्मनी १६ औँ युरोकप फुटबल अन्तर्गत नकआउट चरणमा प्रवेश गरेको छ । बुधबार राति भएको समूह चरणको अन्तिम खेलमा जर्मनीले हङ्गेरी सँग बराबरी खेल्दै अन्तिम १६ मा स्थान बनाएको हो ।  एलिजान एरिनामा भएको खेलमा जर्मनीले हङ्गेरी सँग २–२ गोलको बराबरी खेलेको हो । हङ्गेरी ले पहिलो हाफको लिएको...

स्टेगेनले युरोकप गुमाउने

एजेन्सी। घुडाको चोटको शल्यक्रिया गर्ने भएपछि जर्मनी तथा बार्सिलोनाका गोलकिपर टेर स्टेगेनले युरोकप फुटबल गुमाउने भएका छन्। स्टेगेनले सामाजिक सञ्जाल इन्स्टाग्रामबाट चोटका कारण आफूले युरो गुमाउने बताउँदै प्रतियोगिता गुमाउनु पर्दा आफूलाई दुःख लागेको समेत बताएका छन्। युरोकप फुटबल जुन ११ देखि जुलाई ११ सम्म युरोपका विभिन्न सहरमा आयोजना हुँदैछ।

स्टेगेनले युरोकप गुमाउने

एजेन्सी। घुडाको चोटको शल्यक्रिया गर्ने भएपछि जर्मनी तथा बार्सिलोनाका गोलकिपर टेर स्टेगेनले युरोकप फुटबल गुमाउने भएका छन्। स्टेगेनले सामाजिक सञ्जाल इन्स्टाग्रामबाट चोटका कारण आफूले युरो गुमाउने बताउँदै प्रतियोगिता गुमाउनु पर्दा आफूलाई दुःख लागेको समेत बताएका छन्। युरोकप फुटबल जुन ११ देखि जुलाई ११ सम्म युरोपका विभिन्न सहरमा आयोजना हुँदैछ।

युरोकप नखेल्ने स्टेगेनको उद्घोष

जर्मनी तथा बार्सिलोनाका गोलकिपर टेर स्टेगेनले युरोकप फुटबल गुमाउने भएका छन् । घुँडाको चोटले शल्यक्रिया गर्ने भएपछि स्टेगेनले युरोकप फुटबल गुमाउने भएका हुन् । स्टेगेनले सामाजिक संजालबाट आफुले युरोकप नखेल्ने बताएका छन् । इन्स्टाग्रामबाट स्टेगेनले युरो गुमाउन पर्दा आफुलाई दुख लागेको समेत बताएका छन् । तर, स्टेगेनले आफुले पहिले आफ्नो स्वास्थ्य र करियरलाई ध्यानमा राखेको बताएका छन् । युरोकप फुटबल जुन ११ देखि जुलाई ११ सम्म आयोजना हुँदैछ । यस पटकको युरोकप युरोपका विभिन्न ११ शहरमा हुँदैछ ।