विराटनगर : विभागीय टिम एपिएफ क्लब विराटनगरलाई हराउँदै विराट गोल्ड कपको फाइनल प्रवेश गरेको छ। विराटनगरस्थित सहिद मैदानमा जारी छैटौं विराट गोल्डकपमा बुधबार भएको पहिलो सेमिफाइनलमा एपिएफले घरेलु टिम विराटनगर–११ लाई ३–२ गोलले पाखा लगायो। एफिएफका सनिश श्रेष्ठ, रवि थिङ र मणि लामाको गोलमा एपिएफले जित निकालेको हो। खेलको सुरुवातमा दुवै टिम आक्रमक देखिए पनि पहिलो हाफको २६ औं मिनेटमा एपिएफले गोलको खाता खोल्यो। सनिश श्रेष्ठले गोल गर्दै एपिएफले टिमलाई अग्रत