च्यासलका १९ खेलाडीमा कोरोना सङ्क्रमण

काठमाडौँ– च्यासल युथ क्लबका १९ खेलाडीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । खेलाडीमा कोरोना देखिएसँगै आज हुने भनिएको शहीद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गतको नेपाल पुलिस क्लब र च्यासलबीचको खेल स्थगित भएको छ । च्यासलले आफ्ना १९ खेलाडीमा कोरोना देखिएपछि पुलिसविरुद्धको खेल स्थगित गर्न अखिल नेपाल फुटबल सङ्घ (एन्फा)सँग प्रस्ताव गरेको थियो । सोही प्रस्तावका आधारमा […]

सम्बन्धित सामग्री

दिल्लीका खेलाडीमा कोरोना देखिएपछि पन्जाबसँगको खेल पुनेबाट मुम्बईमा सारियो

काठमाण्डाै – इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा दिल्ली क्यापिटल्स र पन्जाब किङ्ग्सबीच भोलि बुधवार हुने खेलको स्थान परिवर्तन गरिएको छ ।  दिल्ली क्यापिटल्सको टिमका पाँच जनामा कोरोना सङ्क्रमण पुष्टि भएपछि पुनेमा हुने खेललाई मुम्बईमा सारिएको आईपीएलले जनाएको छ । भोलि बिहान सबै खेलाडीको पीसीआर परीक्षण गरिने र थप खेलाडी सङ्क्रमित भएको पाइए खेल स्थगित हुने खबरमा उल्लेख छ ।  लामो यात्रा गर्दा कोरोनाको थप जोखिम हुने भएकाले खेल मुम्बईमै गर्ने निर्णय लिइएको आईपीएलले जनाएको छ । दिल्लीको टिमका चार जनामा कोरोना ...

कोपा अमेरिका : ब्राजिलले भेनेजुएलालाई तीन गोलले हरायो

काठमाण्डाै - कोपा अमेरिका फुटबलमा ब्राजिलले विजयी सुरुवात गरेको छ । आज बिहान सकिएको खेलमा ब्राजिलले भेनेजुएलालाई ३–० गोलले हराएको हो । ब्राजिलका  लागि  नेयमार,  ग्राबियल बार्वोसा र मोरक्विनोले गोल गरे। नेयमारले पेनाल्टीमा गोल गरेका हुन् । ब्राजिलले २३ औं मिनेटमा  गोलको सुरुवात गरेको थियो । भेनेजुएलाका केही मुख्य खेलाडीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि दबाबमा रहेको थियो ।

चेन्नईका तीन अधिकारीसहित कलकत्ताका दुई खेलाडीमा कोरोना सङ्क्रमण, आजको खेल स्थगित

कलकत्ता नाइट राइडर्सका दुईजना खेलाडीमा कोरोना सङ्क्रमणको पुष्टि भएको छ । कलकत्ता र बैंगलोरबीच आज राति अहमदाबादका लागि निर्धारित खेल स्थगित भई पुर्नतालिका गरिएको छ । कलकत्ताका स्पिनर बरुण चक्रवर्ती र तीब्र गतिका बलर सन्दीप वरियरमा कोरोना सङ्क्रमणको पुष्टि भएको छ । गत् अप्रिलमा आईपीएल सुरु भए यता खेलाडी तथा अधिकारीमा पहिलो पटक कोरोना सङ्क्रमणको पुष्टि भएको छ ।

लेवानडोस्की नखेल्ने, दुई खेलाडीमा कोरोना सङ्क्रमण

पोल्याण्डका स्ट्राइकर रोबर्ट लेवानडोस्की इंग्ल्याण्ड बिरुद्धको विश्वकप फुटबल २०२२ को छनौट खेलबाट बाहिरिनुभएको छ । ३२ वर्षीय बेर्यान म्युनिकका खेलाडी गत् आइतबार एन्डोरा बिरुद्धको खेलमा घाइते हुनु पुग्नुभयो । एण्डोरा ०–३ ले हार्दा लेवान्डोस्की एक्लैले दुई गोल गर्नुभएको थियो । लेवान्डोस्की भने नौ दिनपछि च्याम्पियन्स लिग क्वार्टरफाइनलको पहिलो लेगमा पेरिस सैन्ट जर्माइनको सामना गर्दा फिट भइसक्ने बताइएको छ ।

खेलाडीमा सङ्क्रमण फैलिएपछि पाकिस्तान सुपर लिग स्थगित

पाकिस्तान सुपर लिग टी ट्वान्टी क्रिकेटको बाँकीका खेल स्थगित भएको छ । बिहीबार बिहान तीन जना खेलाडीमा कोरोना सङ्क्रमणको पुष्टि भएपछि खेल स्थगित भएको हो । पाकिस्तान क्रिकेट बोर्ड र सुपर लिगमा आबद्ध टोलिहरुबीच बिहीबार बिहान बसेको आकस्मिक बैठकले उक्त निर्णय गरेको हो । बिहीबार बिहान तीन जना थप खेलाडीमा सङ्क्रमणको पुष्टि भएपछि पीएसएलमा कोरोना सङ्क्रमण भएकाको संख्या सात पुगेको छ । जसमध्ये छ जना खेलाडी छन् ।

ढाका पुगेका एक नेपाली फुटबल खेलाडीलाई कोरोना सङ्क्रमण

बंगलादेश - मैत्रीपूर्ण खेलका लागि बंगलादेश पुगेका राष्ट्रिय फुटबल टिमका एक खेलाडीमा कोरोना सङ्क्रमण देखिएको छ । ढाकामा हिजो गरिएको कोरोना परीक्षणमा एक खेलाडीको नतिजा पोजेटिभ आएको हो । ती खेलाडी अस्पतालको एकान्तबास रहेका छन् । कोरोना देखिएपछि उनले पहिलो मैत्रीपूर्ण खेल गुमाउने भएका छन् । नेपालले भोलि बंगलादेशसँग...

नेयमार, डी मारियासहित पेरिस सेन्ट जर्मेइनका ३ खेलाडीमा कोरोना सङ्क्रमण

काठमाण्डौ फ्रान्सको ए डिभिजनको फुटबल क्लब पेरिस सेन्ट जर्मेइनका तीन जना खेलाडीलाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीएसजीका नेयमार, एन्जेल डी मारिया र लियन्द्रो परअरदेसमा सङ्क्रमण पुष्टि भएको फ्रान्सको एक रिपोर्टमा भनिएको छ । इबिजामा बिदा मनाएर फर्किएपछि तीन जना खेलाडीमा कोरोना सङ्क्रमण पुष्टि भएको क्लबले जनाएको छ ।...

चेन्नई सुपर किंग्सका १० सहित आईपीएलका १३ जनामा कोरोना पुष्टि

काठमाण्डाै - इण्डियन प्रिमियर लिग आईपीएलको लागि दुबई पुगेको चेन्नई सुपर किंग्स क्लबका १० जनासहित १३ जनामा कोरोना सङ्क्रमण देखिएको छ । चेन्नईका दुई जना खेलाडीसहित आईपीएल टिमका १३ जनामा कोरोना पुष्टि भएको र उनीहरु आइसोलेशनमा रहेको आईपीएलले जनाएको छ । कुन कुन खेलाडीमा कोरोना देखिएको भनेर चेन्नईले खुलाएको छै...