काठमाडौं : गायक, गीतकार तथा संगीतकार प्रकाश सपूतको डेब्यु फिल्म 'परदेशी-२' को पहिलो गीत सार्वजनिक भएको छ। सोमबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै फिल्मको 'के वर मागी फर्क्यौ' बोलको गीत सार्वजनिक गरिएको हो। रमेश पौडेलको शब्द तथा नारायण रायमाझीको संगीत रहेको गीतमा निशान भट्टराईको आवाज रहेको छ। नारायण रायमाझीको निर्देशनमा बनेको फिल्ममा प्रकाश र केकी अधिकारी मुख्य भूमिकामा देखिएका छन्। फिल्ममा रोजगारीको लागि परदेश गएका युवाहरूको कथा रहेको छ। दशैँको अवसर पारेर प्रदर्शनम