नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारीले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई बधाई दिएका छन् । वालेन्द्रले प्रधानमन्त्रीको रूपमा शपथ तथा पदभार ग्रहण गरेपछि उनले बधाई दिएका हुन् । उनले पार्टी फरक भए पनि देश र जनताको समस्या साझा रहेको भन्दै ११ वटा सुझाव दिएका छन् । उनले दिएका […]
नेपाल आयुर्वेद चिकित्सक सङ्घको आगामी निर्वाचनले केवल नेतृत्व चयन गर्ने होइन, यसले आयुर्वेदको भविष्य निर्धारण गर्नेछ। उम्मेदवारहरूले अब “के गर्ने?” भन्ने प्रश्नको जवाफ नारामा होइन, स्पष्ट योजना, समयसीमा र परिणाममा दिनुपर्छ।
काठमाडौं – नेपालमा कला क्षेत्रबाट उदाएका पहिलो प्रधानमन्त्री बालेन्द्र शाह बनेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलबाट उनले शुक्रबार शपथ लिएसँगै उनलाई बधाई र शुभकामनाको ओइरो लागेको छ । ०७८ सालबाट स्वतन्त्र उम्मेदवारका रुपमा राजनीतिमा प्रवेश गरेको चार वर्षमा नै उनी देशको प्रधानमन्त्री बने । पार्टीको राजनीति थालेको उनले दुई महिना मात्रै भयो । छोटो समयमै […]
काठमाडौं- नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह विशेष पूजाअर्चनासहित शुक्रबार अपराह्न बालुवाटारस्थित सरकारी निवासमा प्रवेश गरेका छन् । उनले सरकारी निवास प्रवेशका क्रममा हिन्दु धर्मअनुसार बालुवाटार परिसरमा पूजाअर्चना गरेका छन् । यसअघि शीतल निवासमा शथप लिँदा पनि स्वस्ति वाचनसहितका कार्यक्रम राखिएको थियो । तस्बिरहरू : बालेन्द्र शाहको सचिवालय
तनहुँ– यहाँको आँबुखैरेनी गाउँपालिका–४ स्थित ६९ मेगावाट क्षमताको मर्स्याङ्दी जलविद्युत् केन्द्रको उत्पादनमा गिरावट आएको छ । सुक्खायामका कारण नदीमा पानीको प्रवाह कम भएपछि हाल ४२ मेगावाट मात्र उत्पादन भएको जलविद्युत् केन्द्र प्रमुख कपिलदेव मानजनले जानकारी दिए । ‘नदीमा पानी कम भएपछि दिउँसोको समयमा उत्पादन घट्ने गरेको छ’, उनले भने, ‘तर साँझ र बिहानको ‘पिक आवर’मा माग […]