काठमाडौं– प्रगतिशील लोकतान्त्रिक पार्टीको अध्यक्ष परिषदका सदस्य तथा पूर्वमन्त्री सुदन किरातीले नेपाली कांग्रेसका महामन्त्री गगन थापा र नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेलाई विद्रोह गर्न सुझाव दिएका छन् । पार्टीको मूल नेतृत्वका कारण पार्टी र सबै नेताहरु आलोचित मात्रै भएको भन्दै उनले देश पनि संकटतर्फ धकेलिएको उल्लेख गरे । यस्तो अवस्थामा विद्रोह गर्न ती नेतालाई उनले […]
काठमाडौं- प्रधानमन्त्री सुशीला कार्की र प्रमुख तीन दलका शीर्ष नेताहरुबीच छलफल जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा अहिले प्रधानमन्त्री कार्कीसँग नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले छलफल गरिरहेका छन् ।
काठमाडौँ। अर्थमन्त्री खनालले आफू सहभागी हुने सार्वजनिक कार्यक्रमका लागि कडा र सरल मापदण्ड तय गरेका छन्। उनले प्रमुख अतिथिका रूपमा सहभागी हुँदा परम्परागत सम्मानका विधि स्वीकार नगर्ने स्पष्ट पारेका छन्। अर्थमन्त्री खनालका अनुसार अब उनी प्रमुख अतिथि भए पनि खादा, माला, अबिर, फूलगुच्छाजस्ता कुनै पनि स्वागत सामग्री ग्रहण गर्ने छैनन्। साथै बाहिर उभिएर स्वागत गर्ने‚ […]
झापा– जेन-जी आन्दोलनको क्रममा कारागारबाट फरार भएका विर्तामोड नगरपालिका वडा नं. ३ का ४० वर्षीय आलम मियाँको भारतमा मृत्यु भएको छ । गत भदौ २४ गते काठमाडौँको सुन्धारास्थित केन्द्रीय कारागारबाट फरार भएका कैदी मियाँ लुकीछिपी भारतको हिमाञ्चल प्रान्तको एचएनएफए पानी प्रशोधन कम्पनीमा काम गर्दै आएका थिए । पुस १० गते अचानक बेहोस भएर लडेका मियाको […]