झापामा तत्काल निषेधाज्ञा नहुने

झापामा तत्कालै निषेधाज्ञा जारी नहुने भएको छ  । प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले  सो कुरा बताएका हुन् । पूर्वीनाका काँकडभिट्टामा बुधबार सीमाको सुरक्षा व्यवस्था र कोभिड–१९ को नियन्त्रण प्रयासलाई प्रभावकारी तुल्याउने विषयमा सरोकारवालासँगको छलफल कार्यक्रममा उनले निषेधाज्ञा जारी नहुने बताएका हुन् । जिल्लामा हालसम्म कोभिड–१९ का १९४ सक्रिय सङ्क्रमित रहेको हुँदा यसलाई कम गर्दै लैजानका लागि स्वास्थ्य सुरक्षाको मापदण्ड र सरकारी निर्देशनलाई कडाइका साथ पालना गरिनु पर्ने प्रजिअ तिम्सिनाको भनाइ थियो । &...

सम्बन्धित सामग्री

झापामा आजदेखि निषेधाज्ञा खुकुलो

झापा । झापामा विगत दुई सातादेखि लगाइँदै आएको निषेधाज्ञा आजदेखि खुकुलो भएको छ । जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको सोमबार बसेको बैठकले बिहान १० देखि बेलुका ६ बजेसम्म सबैखाले पसल, सटर खुला गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले बताए । अत्यधिक भीडभाड हुने खाद्यान्न, तरकारी, माछामासुलगायत अत्यावश्यक उपभोग्य वस्तुको पसल बिहान ६ देखि […]

झापामा आजदेखि निषेधाज्ञा खुकुलो

झापामा विगत दुई सातादेखि लगाइँदै आएको निषेधाज्ञा आजदेखि खुकुलो भएको छ । जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको सोमबार बसेको बैठकले बिहान १० देखि बेलुका ६ बजेसम्म सबैखाले पसल, सटर खुला गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले बताए।अत्यधिक भीडभाड हुने खाद्यान्न, तरकारी, माछामासुलगायत अत्यावश्यक उपभोग्य वस्तुको पसल बिहान ६ देखि बिहान १० बजेसम्म मात्र खोल्न दिइने प्रमुख जिल्ला अधिकारी तिमिसनाले जारी गर्नुभएको आदेशमा उल्लेख छ । यातायातका साधन भने दिनभर खुला गरिने भएको

संक्रमण बढेपछि झापामा आजदेखि निषेधाज्ञा : घरबाट बाहिर निस्कन समेत रोक

काठमाडौं : झापामा आजदेखि कडा निषेधाज्ञा गरिएको छ। निषेधाज्ञाको कारण सडक, बजार, व्यापारिक क्षेत्र सुनसान देखिएको छ। केही दिनदेखि झापामा संक्रमितको सङ्ख्या ह्वातै बढेपछि जिल्ला प्रशासनले कडा निषेधाज्ञा गर्ने निर्णय गरेको थियो। बिहीवार जिल्ला प्रशासन कार्यालय झापाले सूचना जारी गर्दै साउन २३ गतेसम्म निषेधाज्ञा गर्ने निर्णय गरेको हो। संक्रमण बढेपछि त्यसलाई नियन्त्रण…

झापामा संक्रमण नियन्त्रणमा नआउँदै निषेधाज्ञा खुकुलो बनाइयो

कोरोना संक्रमण खासै नियन्त्रणमा नआउँदै झापामा निषेधाज्ञा खुकुलो बनाइएको छ । अधिकांश पसलहरु १२ बजेसम्म खोल्न पाइने गरि असार १४ गतेसम्मका लागि निषेधाज्ञा थप गरिएको छ । सातौँ पटक थप गरिएको निषेधाज्ञा अवधिभर खाद्यान्न, तरकारी, फलफुल, मासु, दूध डेरीसँगै पुस्तक पसल, हार्डवेयर, इलेक्ट्रोनिक्स, लत्ताकपडा, ड्राइक्लिनर्स, जुत्ताचप्पल, कस्मेटिक्स, भाडा पसल, गाडीका शो रुम, सुनचाँदी, प्लास्टिक तथा मेसिनरी पसल बिहान १२ बजेसम्म खोल्न पाइने ब्यवस्था गरिएको थियो । मलखाद, बिउ बिजन, कुखुराको चल्ला, दाना

झापामा छैटौं पटक असार ७ सम्म निषेधाज्ञा थपियो

झापामा असार ७ गतेसम्मलाई निषेधाज्ञा थप गरिएको छ । आज जिल्ला प्रशासन कार्यालय झापामा सम्पन्न जिल्ला कोभिड १९ संकट ब्यवस्थापन केन्द्रको बैठकले निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो ।छैटौं पटक थप गरिएको निषेधाज्ञामा अघिल्लो निषेधाज्ञा भन्दा केही खुकुलो बनाइएको छ । निषेधाज्ञा अवधिभर खाद्यान्न, फलफुल, तरकारी, माछामासु, दूध डेरी, पुस्तक पसल,  हार्डवेयरलाई विहान ६ देखी १० बजेसम्म सञ्चालन गर्न दिने निर्णय भएको छ । यस्तै, कृषिजन्य बीउ विजन पसल १० बजेदेखि ४ र मोटर वर्कशप बिहान ११ देखी २ बजेसम्म सञ्चालन

झापामा २१ जेठसम्म लम्बियो निषेधाज्ञा

जिल्ला प्रशासन कार्यालय झापामा आज बसेको जिल्लास्तरीय कोभिड १९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) को बैठकले २१ जेठको मध्यरातिसम्मका लागि निषेधाज्ञा लम्बाउने निर्णय गरेको हो

झापामा जारी निषेधाज्ञा एक साता लम्बियो

झापा । कोरोना भाइरस संक्रमण नियन्त्रणका लागी झापामा जारी निषेधाज्ञा थप एक साता लम्ब्याइएको छ । जिल्ला प्रशासन कार्यालय झापाले आज एक सूचना जारी गरि निषेधाज्ञा थप गरिएको जनाएको  हो । जिल्लामा अघिल्लो पटक जेठ ७ गतेसम्म जारी गरिएको निषेधाज्ञा एक हप्ता थप गरी जेठ १४ गते सम्म लम्ब्याइएको छ । आज बसेको जिल्ला कोभिड […]

झापामा १४ गतेसम्म निषेधाज्ञा लम्ब्याइयो

जिल्लामा अघिल्लो पटक जेठ ७ गतेसम्म जारी गरिएको निषेधाज्ञा एक हप्ता लम्ब्याइएको छ । जिल्ला प्रशासन कार्यालय झापाले आज एक सूचना जारी गरि निषेधाज्ञा थप गरिएको जनाएको हो ।आज बसेको जिल्ला कोभिड १९ संकट ब्यवस्थापन केन्द्रको बैठकले जिल्लामा संक्रमण तिब्र गतिमा बढिरहेकाले निषेधाज्ञा थप गरिएको बताइएको छ । जिल्लामा जेठ १९ गतेदेखि जारी गरिएको निषेधाज्ञा जेठ  गतेदेखि कडा पारिएको थियो । निषेधाज्ञा कडा पारिएसँगै मानिसहरुलाई औषधि उपचार बाहेकको काममा घर बाहिर ननिस्कन आदेश गरिएको छ । झापामा आजको ४ सहित

झापामा निषेधाज्ञा एकसाता लम्बाइयो, घर बाहिर ननिस्कन आदेश

झापा : झापामा एक साता निषेधाज्ञा लम्बाइएको छ । जिल्ला प्रशासन कार्यालय झापामा आज बसेको जिल्लास्तरीय कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्र (डिसीसीएमसी) को बैठकले जेठ ७ गते मध्याराति १२ बजेसम्मको लागि निषेधाज्ञा लम्बाउने निर्णय गरेको हो।यसअघि वैशाख १९ गतेदेखि लगाइएको पहिलो चरणको निषेधाज्ञा भन्दा दोस्रो चरणको निषेधाज्ञा झन् कडा पारिएको छ। बैठकले जिल्लाभरि अत्यावश्यकबाहेकका सम्पूर्ण सवारीसाधनमाथि पूर्ण रुपमा रोक लगाउने निर्णय गरेको झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले जानकारी दिए।कोरोना

झापामा निषेधाज्ञा जारी

कोरोना संक्रमित बढेपछि झापामा आइतबार रातिदेखि लागू हुनेगरी निषेधाज्ञा जारी गरिएको छ । प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले वैशाख १९ गते मध्य रातदेखि लागू हुने गरि २६ गते सम्मका लागि निषेधाज्ञा जारी गरिएको बताए । कोरोनाको दोश्रो लहर शुरु भए यता झापामा ३३८ जना सक्रिय संक्रमित संख्या रहेको जिल्ला जनस्वास्थ्य कार्यालयका कोभिड फोकल पर्सन जीवन चम्लागाइले जानकारी दिए । शुक्रवारसम्ममा कोभिडका कारण झापामा १३४ जनाले ज्यान गुमाइसकेका छन । निषेधाज्ञा अवधिभर जोर बिजोर प्रणाली अनुस