कांग्रेस खुला केन्द्रीय सदस्यको मतगणना सकियो, महिला र मधेशीको गणना सुरु

काठमाडौं : नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत खुल्ला तर्फको मतगणना सकिएको छ। हिजो बिहान ११ बजेदेखि जारी मतगणना भर्खरै सकिएको हो।निर्वाचन समितिका एक सदस्यका अनुसार मतगणना सकिएर मत जोड्ने काम भइरहेको छ। खुल्ला केन्द्रीय सदस्यको अन्तिम मत परिणाम केहीबेरमा सार्वजनिक गर्ने तयारी निर्वाचन समितिले गरेको छ।खुल्ला ३५ पदका लागि ९९ जना चुनावी प्रतिस्पर्धामा थिए। डा. शशांका कोइराला नै सबैभन्दा बढी मत प्राप्त गरी निर्वाचित भएका बुझिएको छ। खुला तर्फको मतगणना सकिएलगत्तै महिला खुला तथा केन्द्रीय सदस्य म

सम्बन्धित सामग्री

कांग्रेसमा नौ महिला केन्द्रीय सदस्य निर्वाचित

नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत महिला खुला समूहको मतगणना सकिएको छ। नौ पदका लागि भएको निर्वाचनमा अधिकांश सभापति शेरबहादुर देउवा समूहका उम्मेदवार निर्वाचित भएका छन्।...

कांग्रेस केन्द्रीय सदस्य (महिला खुला) मा को-को निर्वाचित ? (मतसहित)

कांग्रेस केन्द्रीय सदस्य (महिला खुला) मा नौ जना निर्वाचित भएका छन् । सोमबार अबेर सम्पन्न मतगणना अनुसार अम्बिका बस्नेत, डा. आरजु राणा देउवा, ईश्वर पौडेल, डा. डिला संग्रौला, पुष्पा भुसाल,...

काँग्रेस केन्द्रीय सदस्य (खुला महिलातर्फ) नौ जना निर्वाचित

नेपाली काँग्रेस केन्द्रीय सदस्य (खुला महिलातर्फ) मतगणना सकिएको छ । सोमबार साँझ सकिएको मतगणनामा महिला खुलातर्फ नौ जना केन्द्रीय सदस्य निर्वाचित हुनुभएको काँग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।

महिला खुला केन्द्रीय सदस्य : डा डिला संग्रौलाको अग्रता कायमै (सूचीसहित)

काठमाडौँ– नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा महिलातर्फ खुला केन्द्रीय सदस्यको मतगणना जारी छ । पार्टी कार्यालय सानेपामा जारी गणनामा सोमबार ३ बजेसम्म २०६५ मत गणना भएको छ। ९ सिटका लागि ३० जना उम्मेदवार मैदानमा छन् । पछिल्लो परिणाम अनुसार डा. डिला संग्रौलाले सबैभन्दा धेरै १२६८ मत पाएकी छन् । यस्तै दोस्रो रहेकी पुष्पा भुसालले ११९६ […]

काँग्रेस केन्द्रीय सदस्य (महिला खुला) र (मधेसी) तर्फकाे मतगणना जारी

नेपाली काँग्रेसकाे १४ औं केन्द्रीय महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य महिला खुलातर्फकाे मतगणना जारी छ ।

केन्द्रीय सदस्य (महिला) खुलातर्फको मतगणना हुँदै

काठमाडौं, पुस ५ । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तरगत  महिलातर्फ केन्द्रीय सदस्य (खुला)पदका उम्मेदवारहरूको मतगणना सुरु भएको छ । आइतबार खुला केन्द्रीय सदस्यमा ३५ जना निर्वाचित भएसँगै खुला महिलातर्फको मतगणना सुरू भएको हो । आइतबार तोकिएको समयसम्म केहि मतगणना भईसकेकोसमेत कांग्रेस निर्वाचन समितिले जनाएको छ । खुला महिलातर्फ नौ जनाका लागि आरजु राणा देउवा, […]

खुला महिलातर्फ केन्द्रीय सदस्यको मतगणना ९ बजेदेखि

काठमाडौं – नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत भएको निर्वाचनको मतगणना जारी छ। आइतबार साँझ खुला ३५ जना केन्द्रीय सदस्यको  गणना सकिएलगत्तै महिला केन्द्रीय सदस्य (खुला र मधेशी) तर्फको गणना सुरु भएको थियो । बिहान ९ बजेपछि पुनः गणना सुरु गरिने निर्वाचन समिति सदस्य सचिव जगन्नाथ श्रेष्‍ठले जानकारी दिए । उनकाअ…

यी हुन् कांग्रेसको केन्द्रीय सदस्य खुलातर्फ विजयी भएका ३५ जना (सूचीसहित)

नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत गत सोमबार भएको केन्द्रीय सदस्य (खुला) ३५ सिटको मतगणना आज सम्पन्न भएको छ ।  पार्टीको केन्द्रीय निर्वाचन समितिका अनुसार निवर्तमान महामन्त्री डा शशाङ्क कोइराला सर्वाधिक मत तीन हजार ८३६ सहित खुला केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । त्यसपछि क्रमशः एनपी साउद (२,९३७), बालकृष्ण खाँण (२,८७९), उदयशम्शेर राणा (२,८४३), रामहरि खतिवडा (२,८३२), ज्ञानेन्द्रबहादुर कार्की (२,८२०), रमेश लेखक (२,७८०), शङ्कर भण्डारी (२,७६८), जीपछिरिङ लामा (२,७०२), अर्जुननरसिंह केसी (२,६५०), जीतजङ्ग बस्नेत (२,५५७), गोपालमान श्रेष्ठ (२,५३८), मोहनबहादुर बस्नेत (२,४७६), सुनिलबहादुर थापा (२,४७२) तथा नैनसिंह महर (२,४६७) मतका साथ निर्वाचित भएका छन् । यसैगरी दिलेन्द्रप्रसाद बडू (२,४४१), डा रामशरण महत (२,४३४), बलबहादुर केसी (२,३८८), गोविन्द भट्टराई (२,३५०), कुन्दनराज काफ्ले (२,२७९), दिपक गिरी (२,२६५), सुरेन्द्रराज पाण्डे (२,२०१), पद्मनारायण चौधरी (२,०३८), राजिव ढुङ्गाना (१,८९६), गुरु बराल (१,८७०), संजयकुमार गौतम (१,८६७) प्रा डा गोविन्दराज पोखरेल (१,८४३), मदनबहादुर अमात्य (१,८३०), अजयबाबु शिवाकोटी (१,८११), गणेश लामा (१,७८२), दिनेश कोइराला (१,७८१), उमेशजङ्ग रायमाझी (१,७७६), इन्जिनियर मोहन आचार्य (१,७५१), डा गोपाल दहित (१,७१०) र कृष्णकिशोर घिमिरे (१,७०७) मतसहित निर्वाचित भएको समितिले जनाएको छ । खुला केन्द्रीय सदस्य ३५ पदका लागि ९९ जनाले उम्मेदवारी दिएका थिए  ।पार्टीका सबै पदाधिकारीको भने शुक्रबार नै मतगणना सम्पन्न भएको थियो । कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्य गरी १३४ पदका लागि भएको मतदानमा जम्मा ४८७ जनाले उम्मेदवारी दिएका थिए । कांग्रेसमा जम्मा महाधिवेशन प्रतिनिधि (मतदाता) चार हजार ७४३ रहेका छन् । केन्द्रीय कार्यसमितिका पदाधिकारी मध्ये एक सभापति, दुई उपसभापति, दुई महामन्त्री र समावेशीका विभिन्न आठ क्लष्टरअन्तर्गत आठ सहमहामन्त्रीको निर्वाचन हुने व्यवस्था छ । कोषाध्यक्ष भने निर्वाचित केन्द्रीय सदस्य मध्येबाट हुने व्यवस्था छ । यसैगरी ३५ खुला केन्द्रीय सदस्य, महिला नौ, प्रत्येक प्रदेशबाट तीन जनाका दरले २१, दलित नौ, आदिवासी÷जनजाती १५, खस÷आर्य १३, मधेसी नौ, थारु चार, मुस्लिम तीन, पिछडिएको क्षेत्रबाट एक, अल्पसङ्ख्यक बाट एक, अपाङ्बाट एक सदस्य गरी कुल १३४ पदाधिकारी तथा सदस्यको निर्वाचन हुने कांग्रेसको विधानको व्यवस्था छ । जम्मा १६७ सदस्यीय केन्द्रीय समितिमा केन्द्रीय सभापतिले ३३ सदस्य मनोनित गर्ने विधानमा उल्लेख छ ।

कांग्रेस महाधिवेशन : केन्द्रीय सदस्य खुलातर्फ ३५ जना निर्वाचित (सूचीसहित)

पुस ४, काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य (खुला) ३५ सिटको मतगणना आइतवार सम्पन्न भएको छ ।  पार्टीको केन्द्रीय निर्वाचन समितिका अनुसार पूर्व महामन्त्री डा शशाङ्क कोइराला सर्वाधिक मत तीन हजार ८३६ सहित खुला केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् ।  त्यसपछि क्रमशः एनपी साउद (२,९३७), बालकृष्ण खाँण (२,८७९), उदयशम्शेर राणा (२,८४३), रामहरि खतिवडा (२,८३२), ज्ञानेन्द्रबहादुर कार्की (२,८२०), रमेश लेखक (२,७८०), शंकर भण्डारी (२,७६८), जीपछिरिङ लामा (२,७०२), अर्जुननरसिंह केसी (२,६५०), जीतजङ्ग बस्नेत (२,५५७), गोपालमान श्रेष्ठ (२,५३८), मोहनबहादुर बस्नेत (२,४७६), सुनिलबहादुर थापा (२,४७२) तथा नैनसिंह महर (२,४६७) मतका साथ निर्वाचित भएका छन् । यसैगरी, दिलेन्द्रप्रसाद बडू (२,४४१), डा रामशरण महत (२,४३४), बलबहादुर केसी (२,३८८), गोविन्द भट्टराई (२,३५०), कुन्दनराज काफ्ले (२,२७९), दिपक गिरी (२,२६५), सुरेन्द्रराज पाण्डे (२,२०१), पद्मनारायण चौधरी (२,०३८), राजिव ढुङ्गाना (१,८९६), गुरु बराल (१,८७०), संजयकुमार गौतम (१,८६७) प्रा डा गोविन्दराज पोखरेल (१,८४३), मदनबहादुर अमात्य (१,८३०), अजयबाबु शिवाकोटी (१,८११), गणेश लामा (१,७८२), दिनेश कोइराला (१,७८१), उमेशजङ्ग रायमाझी (१,७७६), इन्जिनियर मोहन आचार्य (१,७५१), डा गोपाल दहित (१,७१०) र कृष्णकिशोर घिमिरे (१,७०७) मतसहित निर्वाचित भएको समितिले जानकारी दिएको छ । खुला केन्द्रीय सदस्य ३५ पदका लागि ९९ जनाले उम्मेदवारी दिएका थिए ।  पार्टीका सबै पदाधिकारीको भने शुक्रवार नै मतगणना सम्पन्न भएको थियो । कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्य गरी १३४ पदका लागि भएको मतदानमा जम्मा ४८७ जनाले उम्मेदवारी दिएका थिए । कांग्रेसमा जम्मा महाधिवेशन प्रतिनिधि (मतदाता) चार हजार ७४३ रहेका छन् ।  केन्द्रीय कार्यसमितिका पदाधिकारी मध्ये एक सभापति, दुई उपसभापति, दुई महामन्त्री र समावेशीका विभिन्न आठ क्लष्टरअन्तर्गत आठ सहमहामन्त्रीको निर्वाचन हुने व्यवस्था छ । कोषाध्यक्ष भने निर्वाचित केन्द्रीय सदस्य मध्येबाट हुने व्यवस्था छ । यसैगरी, ३५ खुला केन्द्रीय सदस्य, महिला नौ, प्रत्येक प्रदेशबाट तीन जनाका दरले २१, दलित नौ, आदिवासी/जनजाती १५, खस/आर्य १३, मधेसी नौ, थारु चार, मुस्लिम तीन, पिछडिएको क्षेत्रबाट एक, अल्पसंख्यक बाट एक, अपाङ्बाट एक सदस्य गरी कुल १३४ पदाधिकारी तथा सदस्यको निर्वाचन हुने कांग्रेसको विधानको व्यवस्था छ । जम्मा १६७ सदस्यीय केन्द्रीय समितिमा केन्द्रीय सभापतिले ३३ सदस्य मनोनित गर्ने विधानमा उल्लेख छ । रासस