अन्तरराष्ट्रिय उडानमार्फत आँगनमा विदेशी पर्यटक ओराल्ने पोखरेलीको सपना बल्ल भो पूरा

पोखरा । पोखरेलीहरूको चार दशक अघिदेखिको सपना हो– अन्तरराष्ट्रिय विमानस्थल । विमानस्थलको अवधारणा, जग्गा अधिग्रहणदेखि निर्माण सम्पन्न हुन ४० वर्ष लाग्यो । विसं २०७४ देखि निर्माण शुरु भइ रु २२ अर्ब लगानीमा निर्माण भएको विमानस्थल गत पुस १७ गते धुमधामसँग उद्घाटन पनि भयो । यो खुसीलाई साट्न पोखरेलीहरू विमानस्थलमा खचाखच भरिए । उनीहरूले मन फुकाएर स्वागत पनि गरे । तर, विमानस्थल उद्घाटन भए पनि अन्तरराष्ट्रिय उडानका लागि भने अर्को करीब ६ महिना कुर्नुपर्‍यो । उद्घाटनयता आन्तरिक उडान मात्रै भइरहेको विमानस्थलमा बुधवार बिहान पहिलो अन्तरराष्ट्रिय उडान भयो । उद्घाटनमा जस्तै पोखरेलीले खुला हृदयले स्वागत गरे ।  चीनको छेन्दुबाट आएको सिचुआन एयरलाइन्स आज बिहान ९ः०६ बजे अवतरण हुँदा ‘वाटर क्यानन सल्युट’ले स्वागत गरियो । पहिलो अन्तरराष्ट्रिय उडानका रुपमा ८४ जना यात्रु बोकेर आएको १३१ सिट क्षमताको चिनियाँ सिचुआन एयरलाइन्सलाई स्वागत गर्न पोखरेलीहरू बाजागाजासहित विमानस्थल पुगेका थिए । विमानका यात्रुहरूलाई पर्यटन व्यवसायीले माला र खादाले स्वागत गरे । उनीहरूलाई नेपाली ढाका टोपी लगाएर आतिथ्यता दर्शाए । यद्यपि पोखरेली र यहाँका पर्यटन व्यवसायी अझै पनि नियमित अन्तरराष्ट्रिय उडान हुन्छ भन्नेमा ढुक्क हुन नसकेपछि आशा भने पलाएको छ । उनीहरूले ढिलै भए पनि चार्टर्ड उडान हुनुलाई सकारात्मक शुरुआतका रुपमा लिएका छन् । यसले छिमेकी देशमा नियमित अन्तरराष्ट्रिय उडानको ढोका खुल्नेमा उनीहरूको विश्वास छ ।  पहिलो चार्टर्ड उडान शुरु भएको अवसरमा आयोजित कार्यक्रममा गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले विमानस्थल निर्माणमा चीन सरकारले खेलेको भूमिकाको उच्च सम्मान गर्दै विमानस्थल निर्माणदेखि अहोरात्र खटिनेप्रति धन्यवाद व्यक्त गरे । ‘पोखरामा अन्तरराष्ट्रिय विमानस्थलमा आज अन्तरराष्ट्रिय विमान अवतरण हुनु समग्र गण्डकी प्रदेशको पर्यटन विकासका लागि राम्रो शुरुआत हो,’ उनले भने ।   राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले पहिलो अन्तरराष्ट्रिय चार्टर्ड उडानपछि आगामी दिनमा यसलाई नियमित गर्नेतर्फ सम्बद्ध सरकारी निकाय लाग्न सुझाव दिए । उनले चिनियाँ शहर तथा प्रान्तबाट सिधा उडानका लागि हालै गरिएको संसदीय प्रतिनिधिमण्डलको भ्रमणमा सम्बद्ध अधिकारीसँग छलफल भएको बताए ।  सो अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नेपाल र चीनबीचको सम्बन्ध युगौंदेखि रहँदै आएको उल्लेख गर्दै सगरमाथालाई शान्ति र मित्रताको प्रतिकका रुपमा लिने गरिएको बताए । राजा अंशुवर्माकी छोरी भृकुटी तिब्बती राजा स्रोङचङ गम्पोसँग बिहे गरी गएको उल्लेख गर्दै उनले नेपालीले चिनियाँ नागरिकलाई पाहुना मात्रै नभइ अत्यन्त नजिकको नाता सम्बन्धका रूपमा लिने गरेको बताए ।  नेपालका लागि चिनियाँ राजदूत छन् सोङले पोखरा अन्तरराष्ट्रिय विमानस्थलको डिजाइन र निर्माण चीन सरकारको सहयोगमा भएको बताउँदै अन्तर्राष्ट्रिय उडानको सफल अवतरण गराइएको बताए । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नेपाल र चीनबीचको पुरानो सम्बन्धलाई अझै मजबुद बनाउँदै लैजानुपर्ने आवश्यकता औंल्याउँदै गण्डकी प्रदेशमा रहेको कोरला नाकालाई सहज बनाउँदै व्यापारिकसम्बन्ध बढाउन चाहेको बताए ।  नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत धनञ्जय रेग्मीले पोखराको पर्यटकीय गतिविधि बढाउनका लागि यहाँ अन्तरराष्ट्रिय उडान हुनु आवश्यक भएको बताए । पोखरा विमानस्थल सञ्चालनको लामो समयसम्म अन्तरराष्ट्रिय उडान नहुँदा पर्यटन बोर्ड तथा पर्यटन मन्त्रालय दबाबमा परेको उनको भनाइ थियो । उनले अन्तरराष्ट्रिय चार्टर्ड उडानले आगामी दिनमा अन्तरराष्ट्रिय उडान नियमित गर्न बल पुग्ने धारणा राखे । रेग्मीले भने, ‘यहाँबाट नियमितरूपमा भारत तथा चीनका विभिन्न शहरमा उडानका लागि आजको उडानले सहयोग पुग्नेछ ।’ पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले अन्तरराष्ट्रिय उडानका माध्यमबाट आफूहरूले पोखरालाई अन्तरराष्ट्रिय बजारसँग जोड्न चाहेको बताए । आगामी दिनमा चीनका विभिन्न शहरबाट पोखरामा सिधा उडान हुने विश्वास व्यक्त गर्दै उनले तालैतालको सुन्दर शहर पोखराको भ्रमणका लागि आग्रह गरे ।   उडान नियमित हुनुपर्छ : पर्यटन व्यवसायी आज भएको चार्टर्ड उडानसँगै वर्षौंदेखि आँगनमा अन्तरराष्ट्रिय उडानमार्फत विदेशी पर्यटक ओराल्ने सपना पूरा भएको पोखरेली पर्यटन व्यवसायीले बताएका छन् । उडानलाई नियमित गर्नेतर्फ लाग्नु जरुरी भएको बताउँदै व्यवसायीहरूले यसमा राज्यस्तरबाट चासो दिइनुपर्ने बताए ।  पोखरा पर्यटन परिषद्का उपाध्यक्ष कृष्ण भण्डारीले चार्टर्ड उडानले व्यवसायी उत्साहित भएको बताउँदै ढिलै भए पनि अन्तरराष्ट्रिय उडान हुनु पोखरा र समग्र गण्डकीका लागि खुसीको खबर भएको बताए । ‘शुरुआतमा चार्टर्ड उडान सञ्चालन भए पनि हामी उत्साहित छौं । नियमित उडान गर्न ढोका खुलेको छ । पोखरामा अन्तरराष्ट्रिय उडान भयो भन्ने सन्देश सबैतिर गएको छ । यसले अन्तरराष्ट्रिय हवाई कम्पनीलाईसमेत ध्यान आकृष्ट गर्नेछ,’ उनले भने, ‘नियमित उडानको ढोका खुल्ने विश्वासमा हामी छौं ।’

सम्बन्धित सामग्री

नेपाली खानामा लोभिँदै विदेशी पर्यटक

प्राकृतिक सुन्दरता हेर्न मात्र होइन यहाँका रैथाने खानाको स्वाद लिन पनि विदेशी पर्यटक नेपाल आउन थालेका छन्।...

भकुण्डेमा विदेशी पर्यटक

बलेवा– कोरोना महामारीपछि बागलुङको भकुण्डेमा रहेको सामुदायिक घरबासमा पहिलोपटक विदेशी पर्यटक पुगेका छन् । बुधबार वल्र्ड भिजन अर्गनाइजेसनले विश्व भेगन समूहका नौ सदस्यलाई बागलुङ नगरपालिका-१० भकुण्डेस्थित  अतिथि सत्कार सामुदायिक घरबास पुर्‍याएको हो । समूहमा तीन बेलायती, छ अमेरिकी र तीन नेपाली नागरिक रहेका छन् । लामो समयपछि घरबासमा विदेशी पर्यटक आएपछि घरबास सञ्चालक उत्साहित भएका […]

भकुण्डेमा पहिलोपटक विदेशी पर्यटक

काठमाडौँ,१७ कार्तिक । कोरोना महामारीपछि बागलुङको भकुण्डेमा रहेको सामुदायिक घरबासमा पहिलोपटक विदेशी पर्यटक पुगेका छन् । बुधबार वल्र्ड भिजन अर्गनाइजेसनले विश्व भेगन समूहका नौ सदस्यलाई बागलुङ नगरपालिका–१० भकुण्डेस्थित अतिथि सत्कार सामुदायिक घरबास पु¥याएको हो । समूहमा तीन बेलायती, छ अमेरिकी र तीन नेपाली नागरिक रहेका छन् । लामो समयपछि घरबासमा विदेशी पर्यटक आएपछि घरबास सञ्चालक […]

सात महिनामा तीन लाख विदेशी पर्यटक भित्रिए

काठमाडौँ,१९ साउन । सन् २०२२ को सात महिनामा झण्डै तीन लाख विदेशी पर्यटक नेपाल भित्रिएका छन् । अध्यागमन विभागलाई उद्धृत गर्दै नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्कानुसार जनवरीदेखि जुलाई महिनासम्म हवाईमार्ग भएर दुई लाख ८५ हजार तीन सय ६३ विदेशी पर्यटक नेपाल भ्रमणमा आएका छन् । पछिल्लो जुलाईमा ४४ हजार चार सय ६२ पर्यटक आएका […]

दस महिनामा ८४ हजार बढी विदेशी पर्यटक भित्रिए

सन् २०२१ को १० महिनामा ८४ हजारभन्दा बढी विदेशी पर्यटक भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्कअनुसार अङ्ग्रेजी वर्षको जनवरीदेखि अक्टोबर महिनासम्म ८४ हजार ३३२ विदेशी पर्यटक नेपाल आएका हुन् ।अक्टोबर महिनामा हवाई मार्ग भएर २३ हजार २८४ विदेशी पर्यटक नेपाल भित्रिएका छन् । उक्त महिना नेपालबाट १४ हजार २२२ विदेशी बाहिरिएका छन् । अघिल्लो सेप्टेम्बर महिनामा नौ हजार ८९८ विदेशी पर्यटक नेपाल आएका थिए ।बोर्डका अनुसार यो वर्षको जनवरीमा आठ हजार ८७४, फेब्रुअरीमा नौ हजार १४६, मार्चमा १४ हजार ९७

छ महिनामा ५८ हजार विदेशी पर्यटक  भित्रिए

काठमाडौं : कोभिड–१९ महामारीको नराम्ररी असर मुलुकको पर्यटन क्षेत्रमा परेको छ। विदेशी मुद्रा आर्जनको प्रमुख स्रोत विदेशी पर्यटक आवागमनको सङ्ख्या निरासाजनक देखिन्छ। महामारीकैबीच पनि झिनो सङ्ख्यामा भए पनि विदेशी पर्यटक नेपाल आइरहेका छन्।नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्कअनुसार सन् २०२१ को छ महिनामा ५८ हजार ५८ विदेशी पर्यटक भित्रिएका छन्। जुन महिनामा जम्मा एक हजार १४३ पर्यटक हवाई मार्ग भएर नेपाल आएका छन्। सोही महिनामा अघिल्लो सन् २०१९ मा ४४ हजार ३६९ थियो। सन् २०२० को यही महिन

६ महिनामा भित्रिए ५८ हजार विदेशी पर्यटक

कोभिड–१९ महामारीको नराम्ररी असर मुलुकको पर्यटन क्षेत्रमा परेको छ । विदेशी मुद्रा आर्जनको प्रमुख स्रोत विदेशी पर्यटक आवागमनको सङ्ख्या निराशाजनक देखिन्छ । महामारीकैबीच पनि झिनो सङ्ख्यामा भए पनि विदेशी पर्यटक नेपाल आइरहेका छन् ।नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्कअनुसार सन् २०२१ को छ महिनामा ५८ हजार ५८ विदेशी पर्यटक भित्रिएका छन् । वर्षको जुन महिनामा जम्मा एक हजार १४३ पर्यटक हवाई मार्ग भएर नेपाल आएका छन् । सोही महिनामा अघिल्लो सन् २०१९ मा ४४ हजार ३६९ थियो । सन् २०२० को यही महिनामा १०२

मनाङमा विदेशी पर्यटक अलपत्र

मनाङ। नयाँ भेरियन्टसहितको कोरोना बढेसँगै विदेशी पर्यटक मनाङमा अलपत्र परेका छन् । मनाङ आएका पर्यटक हाल मनाङ ङिस्याङ गाउँपालिकाका साङसार,भ्राताङ, हुम्डे र पिसाङलगायतका गाउँहरुमा बसोबास गर्दै आएको बताइएको छ। स्थानीयवासी राम गुरुङले बन्दाबन्दीका कारण हिँडडुल गर्न नपाएका कारण अनुसार उनीहरु त्यही रहनु परेको बताए। वैशाख महिनामा १४४ पुरुष र ९७ महिला गरी २४१ विदेशी पर्यटक मनाङ भित्रिएका थिए।रासस

मनाङमा विदेशी पर्यटक अलपत्र

मनाङ। नयाँ भेरियन्टसहितको कोरोना बढेसँगै विदेशी पर्यटक मनाङमा अलपत्र परेका छन् । मनाङ आएका पर्यटक हाल मनाङ ङिस्याङ गाउँपालिकाका साङसार,भ्राताङ, हुम्डे र पिसाङलगायतका गाउँहरुमा बसोबास गर्दै आएको बताइएको छ। स्थानीयवासी राम गुरुङले बन्दाबन्दीका कारण हिँडडुल गर्न नपाएका कारण अनुसार उनीहरु त्यही रहनु परेको बताए। वैशाख महिनामा १४४ पुरुष र ९७ महिला गरी २४१ विदेशी पर्यटक मनाङ भित्रिएका थिए।रासस

कोरोना कहर : विदेशी पर्यटक अलपत्र

मनाङ / नयाँ भेरियन्टसहितको कोरोना बढेसँगै विदेशी पर्यटक मनाङमा अलपत्र परेका छन् ।  वर्षौँ दिनदेखि सुनसान रहेको अन्नपूर्ण पदमार्गमा केही सहज भएयता मनाङ आएका उनीहरु हाल