प्रदेश सरकारले २० वर्ष पुरानो ट्याक्सीलाई विस्थापित गरी विद्युतीय सवारी प्रयोगमा ल्याउने नीति अवलम्बन गर्ने भएको छ । श्रम रोजगार तथा यातायात मन्त्रालयले प्रदेश सवारी तथा यातायात व्यवस्था नियमावलीमा यस विषयलाई समेट्ने तयारी गरेको हो । मन्त्रालयले पुरानो ट्याक्सीलाई विस्थापन गरी विद्युतीय सवारी सञ्चालन गर्न आवश्यक कानुन निर्माण प्रक्रियासमेत अघि बढाइसकेको छ ।