नेकपा एमालेका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको उनकै पार्टीका कार्यकर्ताले पुत्ला दहन गरेका छन् ।
सोमवार नेता नेपालको निर्वाचन क्षेत्रस्थित बालकुमारीमा केपी ओली निकट राष्ट्रिय युवासंघ नेपालले पार्टीको विरुद्धमा लागेको भन्दै नेता नेपालको पुत्ला दहन र सांकेतिक प्रदर्शन गरेको हो ।
प्रदर्शनमा युवासंघका स्थायी समिति सदस्य महेश चौलागाईंले नेता नेपाल पार्टीमा एक कलंकको टीका भएको बताए । उनले नेपालसहित फ्लोर क्रस गर्ने २२ जना सांसदको निर्वाचन क्षेत्रमा पनि आज प्रदर्शन कार्यक्रम भएको बताए ।