लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचन समक्ष मुख्य महान्यायाधिवक्ता कार्यालयले बुधबार एक समारोहका बीच वार्षिक प्रतिवेदन हस्तान्तरण गरेको छ । मुख्य महान्यायाधिवक्ता श्रीकृष्ण सुवेदीले आर्थिक वर्ष २०७८–७९ को न्यायिक क्षेत्रमा भएका प्रगति विवरण तथा गतिविधिसहितको प्रतिवेदन हस्तान्तरण गरेका हुन् । प्रतिवेदनअनुसार लुम्बिनी प्रदेशमा सरकार विरुद्ध १२८ मुद्दा दर्ता भएको छन् ।महान्यायाधिवक्ता सुवेदीले लुम्बिनी प्रदेश सरकारविरुद्ध दर्ता भएका १२८ वटा मुद्दा मध्ये ४८ वटा फर्स्योट भएको बताए