२९ भदौ, काठमाडौं । विश्वकप लिग २ अन्तर्गत दोस्रो खेलमा नेपालले ओमानविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ । ओमानको मस्कटस्थित अल अमरेत मैदानमा हुने खेलमा नेपालले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको हो । सोमबार अमेरिकालाई पराजित गरेको नेपाली टिममा आज कुनै परिवर्तन गरिएको छैन ।