भारतको गुजरातमा पुल भत्किँदा कम्तीमा ७८ जनाको ज्यान गयो

भारतको गुजरातमा पुल भत्किँदा कम्तीमा ७८ जनाको ज्यान गएको छ । मोरबीको मच्चु नदीमाथिको पुल भत्किँदा कयाैँ मानिस खोलामा डुबेका भारतीय सञ्चारमाध्यमले जनाएका छन् । खाेलामा डुबेकामध्ये ८० जनाको भने उद्धार गरिएको छ । पुल भत्किएका बेला त्यहाँ झण्डै चार सय जना रहेका अनुमान गरिएको छ । घाइते भएका ७० जनालाई अस्पताल लगिएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार यो पुल १ सय ४० वर्ष पुरानो मानिन्छ । पाँच दिन पहिले मात्रै यो पुलको मर्मतसम्भार गरी आवतजावतका लागि खोलिएको थियो । गुजरातका मुख्यमन्त्री भुपेन्द्र पटेलले ज्...

सम्बन्धित सामग्री

गुजरातमा पुल भत्किएर १३४ जनाको मृत्यु भएको घटनामा नौ जना पक्राउ

भारतको पश्चिमी गुजरात राज्यमा आइतवार पुल भत्किएको घटनामा नौ जना पक्राउ परेका छन्। झोलुङ्गे पुल भत्किँदा १३४ जनाको मृत्यु भएको थियो। पक्राउ परेकाहरू सबै गुजरातको विद्युतीय उपकरण निर्माता ओरेवासँग सम्बन्धित व्यक्तिहरु हुन् जसले हालसालै मोरबी सहरको २३० मिटर लामो उक्त पुलको मर्मत गरेका वरिष्ठ प्रहरी अधिकारी अशोक कुमार यादवले बताए।…

गुजरातमा पुल भाँच्चिएर भएको दुर्घटनाप्रति प्रधानमन्त्री देउवाद्वारा दुःख व्यक्त

काठमाडौँ- आइतबार भारतको  गुजरातमा पुल भाँच्चिएर भएको दुर्घटनाप्रति प्रधानमन्त्री शेरबहादुर देउवाले दुःख व्यक्त गरेका छन् ।. प्रधानमन्त्री देउवाले उक्त घटनाबाट आफू स्तब्ध भएको बताउँदै दुर्घटनामा ज्यान गुमाएकाहरूका परिवारजनका साथै भारत सरकार र त्यहाँका जनताप्रति समवेदना व्यक्त गरेका छन् । उनले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेका छन् । झोलुङ्गे पुल भत्किँदा कम्तीमा एक सय ४१ […]

गुजरात पुल भत्किँदा एक सय ४१ जनाको मृत्यु

भारतको पश्चिमी राज्य गुजरातमा झोलुङ्गे पुल भत्किँदा कम्तीमा एक सय ४१ जनाको मृत्यु भएको छ । एक स्थानीय अधिकारीका अनुसार दुर्घटनामा ज्यान गुमाएकामा अधिकांश महिला, बालबालिका र वृद्ध छन् । दीपावली पर्व मनाउने क्रममा भीडले खचाखच मोरबीको पुल भाँच्चिएको थियो । हालसम्म एक सय ७३ जनाभन्दा बढीलाई उद्धार गरिएको छ । कैयौँ हराइरहेका छन् । …

भारतकाे गुजरातमा पुल भत्किँदा १४१ जनाको मृत्यु

भारतको पश्चिमी राज्य गुजरातमा झोलुङ्गे पुल भत्किँदा कम्तीमा १४१ जनाको मृत्यु भएको छ। एक स्थानीय अधिकारीका अनुसार दुर्घटनामा ज्यान गुमाएकामा अधिकांश महिला, बालबालिका र वृद्ध छन्। दीपावली पर्व मनाउने क्रममा भीडले...

गुजरातमा झोलुङ्गे पुल भत्किँदा ज्यान गुमाउनेको सङ्ख्या १ सय ४१ पुग्याे

भारतको गुजरातमा पुल भाचिँदा ज्यान गुमाउनेको सङ्ख्या १ सय ४१ पुगेको छ । ज्यान गुमाउनेको सङ्ख्या अझै बढ्ने अनुमान छ । मोरबीको मच्चु नदीमाथिको पुल भाचिँदा कयाैँ मानिस नदीमा डुबेका भारतीय सञ्चारमाध्यमले जनाएका छन् । गुजरातका गृहमन्त्री हर्षसिंह साङ्घभीले अहिलेसम्म ६८ वटा शव भेटिएको बताउनु भएको छ । उहाँका अनुसार घटनास्थलमा उद्धारकाे काम भइरहेको छ । पुल भाचिँदा नदीमा डुबेका कतिपय बेपत्ता छन् ।

गुजरातमा झाेलुंगे पुल भत्किँदा १३२ जनाकाे मृत्यु

भारतकाे गुजरात राज्यकाे माेरबीस्थित माछु नदीमा रहेकाे ऐतिहासिक झाेलुंगे पुल भत्किँदा कम्तीमा १३२ जनाकाे मृत्यु भएकाे छ। क्षमताभन्दा पाँच गुणा बढी मानिस झाेलुंगे पुलमा चढी सेल्फी खिच्ने क्रममा पुल भत्किएकाे हाे। प्रत्यक्षदर्शीका अनुसार पुलकाे क्षमता १०० जनामात्र रहे पनि दुर्घटनाको समयमा करिब ५ सय जना मानिस उपस्थित थिए। प्रहरी महानिर्देशक आशिष भाटियाका अनुसार करिब १७७ […]

गुजरातमा पुल भत्किँदा मृत्यु हुनेको संख्या १३० पुग्यो

भारतको पश्चिमी प्रदेश गुजरातमा पुल भत्किँदा कम्तीमा १३० जनाको मृत्यु भएको छ। मोर्बीको माचु नदीमा रहेको करिब १०० वर्ष पुरानो सस्पेन्सन पुल आइतवार साँझ भत्किँदा सयौँ मानिसहरु नदीमा खसेका थिए। आंशिक रूपमा डुबेको पुलमा बाँचेकाहरू झुण्डिएको सामाजिक सञ्जालमा आएका भिडियोहरुमा देखिएको छ। पुलमा त्यतिबेला ४०० जना मानिस रहेको एक रिपोर्टमा…

गुजरातमा पुल भत्किँदा ज्यान गुमाउनेको सङ्ख्या एक सय पुग्यो

भारतको गुजरातमा पुल भत्किँदा कम्तीमा पनि एक सय जनाको ज्यान गएको छ । ज्यान गुमाउनेको सङ्ख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ । अहिलेसम्म १ सय ७० जनाको उद्धार गरिएको छ । मोरबीको मच्चु नदीमाथिको पुल भत्किँदा कयाैँ जना नदीमा डुबेका भारतीय सञ्चारमाध्यमले जनाएका छन् । गुजरातका गृहमन्त्री हर्षसिंह साङ्घवीले अहिलेसम्म ६८ वटा शव भेटिएको बताउनुभएको  छ । उहाँका अनुसार घटनास्थलमा उद्धारकाे काम भइरहेको छ । पुल भत्किँदा नदीमा डुबेका कतिपय बेपत्ता छन् । पुल भत्किएका बेला त्यहाँ झण्डै चार सय जना रहेका अनुमान गरिएक...

भारतको गुजरातमा पुल भत्किँदा ३२ जनाको मृत्यु

काठमाडौं । भारतको गुजरातमा पुल भत्किँदा कम्तीमा ३२ जनाको मृत्यु भएको छ ।  मोरबीको मच्चु नदीमा सैयौँ मानिसहरू डुबेका छन् । स्थानीय फुटेजमा आंशिक रूपमा डुबेको सस्पेन्सन ब्रिजमा मानिसहरू झुन्डिरहेको देखिन्छ ।  उक्त पुलमा त्यतिबेला ४०० जना रहेको बताइएको छ । उद्धार कार्य जारी रहेको अधिकारीहरूले बताएका छन् ।  करिब एक शताब्दी पुरानाे पुल...