भारतको गुजरातमा पुल भत्किँदा कम्तीमा पनि एक सय जनाको ज्यान गएको छ । ज्यान गुमाउनेको सङ्ख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ । अहिलेसम्म १ सय ७० जनाको उद्धार गरिएको छ । मोरबीको मच्चु नदीमाथिको पुल भत्किँदा कयाैँ जना नदीमा डुबेका भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
गुजरातका गृहमन्त्री हर्षसिंह साङ्घवीले अहिलेसम्म ६८ वटा शव भेटिएको बताउनुभएको छ । उहाँका अनुसार घटनास्थलमा उद्धारकाे काम भइरहेको छ । पुल भत्किँदा नदीमा डुबेका कतिपय बेपत्ता छन् । पुल भत्किएका बेला त्यहाँ झण्डै चार सय जना रहेका अनुमान गरिएक...