विराटनगर : प्रदेश १ को नामकरणका लागि प्रदेशसभा सचिवालयमा बसेको सर्वदलीय बैठक पुनः छलफलमा बस्ने गरी टुंगिएको छ।प्रदेश १ का सभामुख प्रदीपकुमार भण्डारीले प्रदेशको नामकरण लागि सहजीकरण गर्न आज (शुक्रबार) सर्वदलीय बैठक बोलाएका थिए। छलफलमा प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलका प्रतिनिधिहरू सहभागी थिए। करिब अढाइ घण्टा लामो छलफल नामकरणको निष्कर्षमा पुग्न थप छलफलको आवश्यकता महशुस भएको भन्दै सरकार र दलहरूले छलफललाई निरन्तरता दिने निर्णयसहित छलफल टुंगिएको हो। प्रदेशको नाम के राख्ने भन्ने विषय