एजेन्सी – विश्व फुटबलको सर्वोच्च निकाय फिफाले वर्तमान घटनाक्रमलाई मध्यनजर गर्दै रुसलाई अन्तर्राष्ट्रिय फुटबलमा प्रतिबन्ध लगाउने भएको छ । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी) ले रुस र बेलारुसका सबै खेलाडी र अफिसियललाई अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्नमा प्रतिबन्ध लगाउन सिफारिस गरेसँगै फिफाले पनि प्रतिबन्ध लगाउने भएको हो । फिफाले अधिकारिक पुष्टि केहि समयमा नै गर्ने बुझिएको छ । […]