अखिल नेपाल किसान महासंघको विरोध प्रदर्शन

डिवाई २८ नामक हाइब्रिड धानबाट भएको क्षतिपूर्तिको माग राख्दै अखिल नेपाल किसान महासंघ विरोध प्रदर्शन गरेको छ ।माइतीघर मण्डलामा विरोध प्रर्दशन गर्दै सरकारबाट समयमै क्षतिपूर्ति नपाएको भन्दै पीडित किसानहरुले पुनः आन्दोलन सुरु गरेका छन् । अखिल नेपाल किसान महासंघका अध्यक्ष डा. प्रेम दंगालले सरकारले साना किसानलाई धानबाट भएको क्षेतिको सतप्रतिशत क्षतिपूर्ति दिनु पर्ने बताए । […]

सम्बन्धित सामग्री

हेटौंडाको बुद्ध चोकमा किसानले गरे दुई घण्टा चक्काजाम

हेटौंडा । अखिल नेपाल किसान महासंघ मकवानपुरले बागमती प्रदेशको राजधानी हेटौंडाको मुख्य चोक बुद्ध चोकमा दुई घण्टा चक्काजाम गरेको छ । पशुवस्तुमा लागेको लम्पी स्किन रोगको महामारीले विकराल भएको परिस्थितिमा पनि सरकार मौन रहेको भन्दै विरोध प्रदर्शन र चक्काजाम गरेको हो । किसानहरुले लम्पी स्किन रोगलाई महामारी रोग घोषणा गरी रोगका कारण मरेका पशुहरुको क्षतिपूतीको […]

मलमा गरिएको अनुदान कटौतीविरुद्ध आन्दोलन सुरू (भिडिओ)

काठमाडौं । सरकारले किसानलाई मलमा दिँदै आएको अनुदान कटौती गरेको विरोधमा विभिन्न दलनिकट किसान संगठनहरूले आन्दोलन थालेका छन् । एमालेनिकट अखिल नेपाल किसान महासंघ, राष्ट्रिय प्रजातन्त्र पार्टीनिकट नेपाल राष्ट्रिय प्रजातान्त्रिक किसान संगठनलगायतले काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन गरेका हुन् । प्रदर्शनकारीले अनुदान कटौती गर्ने निर्णय तत्काल फिर्ता लिन माग गरेका छन् । उनीहरूले नेपाली किसानको बजार […]

महंगीको विरोधमा एमालेद्वारा प्रदर्शन

जनकपुरधाम । पटक–पटक भइरहेको अनियन्त्रित महंगीको विरोधसहित विभिन्न माग राख्दै नेकपा एमालेका भातृ संगठनहरुले जनकपुरधाममा विरोध प्रदर्शन गरेका छन् । सोमबार नेकपा एमालेका नगर समिति तथा भातृ संगठनहरु अखिल नेपाल किसान महासंघ धनुषा, अखिल नेपाल महिला महासंघ धनुषा र युवा संघ धनुषाले संयुक्त आयोजनमा विरोध महंगीको व...

महंगीको विरोधमा एमालेद्वारा प्रदर्शन

जनकपुरधाम । पटक–पटक भइरहेको अनियन्त्रित महंगीको विरोधसहित विभिन्न माग राख्दै नेकपा एमालेका भातृ संगठनहरुले जनकपुरधाममा विरोध प्रदर्शन गरेका छन् । सोमबार नेकपा एमालेका नगर समिति तथा भातृ संगठनहरु अखिल नेपाल किसान महासंघ धनुषा, अखिल नेपाल महिला महासंघ धनुषा र युवा संघ धनुषाले संयुक्त आयोजनमा विरोध महंगीको व...

महंगीको विरोधमा एमालेद्वारा प्रदर्शन

जनकपुरधाम । पटक–पटक भइरहेको अनियन्त्रित महंगीको विरोधसहित विभिन्न माग राख्दै नेकपा एमालेका भातृ संगठनहरुले जनकपुरधाममा विरोध प्रदर्शन गरेका छन् । सोमबार नेकपा एमालेका नगर समिति तथा भातृ संगठनहरु अखिल नेपाल किसान महासंघ धनुषा, अखिल नेपाल महिला महासंघ धनुषा र युवा संघ धनुषाले संयुक्त आयोजनमा विरोध महंगीको व...

मलको माग गर्दै कैलालीमा विरोध प्रदर्शन

मल बिउमा भएको कालोबजारी नियन्त्रण र किसानलाई मलको माग गर्दै कैलालीमा विरोध प्रदर्शन भएको छ । नेपाल कम्युनिष्ट पार्टी निकट अखिल नेपाल किसान महासंघ (क्रान्तिकारीको) आयोजनामा कैलालीको जिल्ला प्रशासन कार्यालय अगाडि, घोडाघोडी र टीकापुरमा विरोध प्रदर्शन भएको हो ।रोपाई गर्ने सिजन शुरू भइसक्दा समेत सरकारले मल उपलब्ध गराउन नसकेको विरोधमा प्रदर्शन गरिएको हो । जिल्ला प्रशासन कार्यालय कैलाली सम्पन्न विरोध प्रदर्शन र कोणसभालाई नेपाल कम्युनिष्ट पार्टी विशेष समिति सदस्य विनोद बिष्टले सम्बोधन गरेका थिए । घ

राहतको माग गर्दै गुलरिया बजारमा विरोध प्रदर्शन

बर्दियाका किसानले बेमौसमी वर्षा र बाढीका कारण क्षति भएकालाई राहत दिन माग गर्दै प्रदर्शन गरेका छन् । एमाले निकट अखिल नेपाल किसान महासंघ र  एमाले गुलरिया नगर कमिटिको नेतृत्वमा गुलरिया...

गलत बीउका कारण किसान मर्कामा, क्षतिपूर्ति उपलब्ध गराउन माग

काठमाडौं । गलत धानको बीउका कारण किसानहरू मर्कामा परे पनि उनीहरूले क्षतिपूर्ति पाउन  सकेका छैनन् । यस वर्ष काठमाडौं उपत्यकाका किसानलाई धानको गलत बीउ बेच्ने काष्ठमाण्डप ट्रेड प्वाइन्टले धेरै फल्ने धानको जात भन्दै डी वाई–२८ नामक चिनियाँ वर्णसंकर धानको बीउ उपलब्ध गराएको थियो । कम्पनीले बढी धान फल्ने भनेर दाबी गरे पनि धानमा बाला नै लागेन । किसानको लगानी खेर गयो तर कम्पनीले किसानलाई क्षतिपूर्ति दिएको छैन ।  सरकारले हालसम्म यस्तो बीउ विक्री गर्ने कम्पनीलाई न कारबाही गरेको छ न त पीडित किसानलाई राहत नै प्रदान गर्न सक्यो । किसानलाई झुक्याएर बीउ बेचेको कम्पनीलाई कारबाही नभएकाले किसानहरूले सरकारले कम्पनीलाई संरक्षण दिएको आरोप लगाएका छन् । साथै, उनीहरूले क्षतिपूर्ति उपलब्ध गराउन पनि माग गरेका छन् ।  गत जेठमा कम्पनीले काठमाडौं उपत्यकाका करीब २ हजार २०० भन्दा बढी किसानलाई धेरै फल्ने धानको जात भन्दै डीवाई–२८ नामक चिनियाँ वर्णसंकर धानको बीउ उपलब्ध गराएको थियो । तर, यो बीउ रोपेका कुनै पनि किसानको धानमा बाला लागेन । उक्त धानको बीउ समुद्री सतहदेखि ७ सय मीटरभन्दा कम उचाइमा फल्ने र काठमाडौं उपत्यकाको उचाइ करीब १ हजार ४०० मीटर रहेकाले धानमा बाला नलागेको अखिल नेपाल किसान महासंघ केन्द्रीय कमिटीका कोषाध्यक्ष कृष्णप्रसाद अधिकारीले बताए । कम्पनीले किसानहरूलाई झुक्याएको आरोप उनले लगाए ।  बीउबिजन गुणस्तर नियन्त्रण केन्द्रको तथ्यांकअनुसार किसानले लगाएको ७ हजार, ७४५ रोपनी जमीनको धानमा बाला लागेन । अधिकारीका अनुसार धान नफलेपछि किसानले गत असोजमा माइतीघर मण्डलामा विरोध प्रदर्शन गरे । त्यसपछि उक्त कम्पनी र बीउबिजन गुणस्तर नियन्त्रण केन्द्रबीच प्रतिरोपनी २ हजार २५० रुपैयाँका दरले पीडित किसानलाई राहत उपलब्ध गराउने सहमति भए पनि अहिले आएर कम्पनीले क्षतिपूर्ति उपलब्ध गराउन आनाकानी गरेको छ । बीउबिजन ऐन २०४५ ले कुनै कम्पनीले किसानलाई गलत बीउ उपलब्ध गराएमा वा एक बीउ दिनुपर्नेमा अर्को बीउ दिएर झुक्याउने काम गरेमा उक्त कम्पनीलाई २५ हजार रुपैयाँ जरीवाना तिर्नुपर्ने व्यवस्था गरेको छ ।  महासंघ कोषाध्यक्ष अधिकारी भन्छन्, ‘कम्पनीलाई कारबाही गरेमा किसानलाई के फाइदा हुन्छ र रु किसानको माग त उचित क्षतिपूर्ति हो । कम्पनीलाई कारबाही गर्नेभन्दा पनि किसानलाई राहत दिलाउनेमा सरकार लाग्नुपर्छ ।’ राहत माग गर्दै शुक्रवार महासंघले आइतवार माइतीघरमा विरोध प्रदर्शन गरेको छ । प्रदर्शनपछि आफ्ना मागका विषयमा किसानले कृषि तथा पशुपन्छी विकास मन्त्री महिन्द्रा राय यादवलाई भेट्न खोज्दा मन्त्रालयले किसानहरूलाई मन्त्रालय प्रवेश गर्न दिएको थिएन । बीउबिजन गुणस्तर नियन्त्रण केन्द्रका वरिष्ठ बाली विकास अधिकृत डा। प्रकाश आचार्यले आफूहरूको पहिलो प्राथमिकता बीउ विक्री गर्ने कम्पनीलाई कारबाही गर्नेभन्दा पनि किसानलाई क्षतिपूर्ति दिन लगाउने भएको बताए । क्षतिपूर्ति उपलब्ध गराउने प्रयास गर्दा लामो समय बित्यो । तर, अहिले आएर कम्पनीले क्षतिपूर्ति दिने कुरामा आनाकानी गरेकाले कारबाहीबाहेक अर्को विकल्प नरहेको उनले जानकारी दिए । उनका अनुसार बीउबिजन ऐनअनुसार कारबाही गर्दा सानो रकम तिरेर कम्पनीले उन्मुक्ति पाउने देखिएकाले अब उसलाई हदैसम्मको कारबाहीका लागि प्रक्रिया अघि बढिसकेको छ । ‘त्यसका लागि हामीले वाणिज्य विभागसँग समन्वय गरी उपभोक्ता हित संरक्षण ऐनअन्तर्गत कारबाही गर्ने प्रक्रिया अघि बढाइएको छ,’ उनले आर्थिक अभियान दैनिकसँग भने । यसअनुसार कारबाही गर्दा बीउ आयातकर्ता कम्पनीलाई ३ लाख रुपैयाँसम्म जरीवाना, लाइसेन्स रद्दसहित उक्त कम्पनीसँग बीउ लगेर खुद्रा विक्री गर्ने एग्रोभेटहरू समेतलाई पनि कारबाही हुने गर्छ ।

हाइब्रिड धानबाट भएको क्षतिपूर्ति दिन किसानको माग

डिवाई २८ नामक हाइब्रिड धानबाट भएको क्षतिपूर्तिको माग राख्दै अखिल नेपाल किसान महासंघ विरोध प्रदर्शन गरेको छ । शुक्रवार माइतीघर मण्डलामा विरोध प्रदर्शन गर्दै सरकारबाट समयमै क्षतिपूर्ति नपाएको भन्दै पीडित किसानहरुले पुनः आन्दोलन सुरु गरेका हुन् ।विरोध प्रदर्शन कार्यक्रममा बोल्दै अखिल नेपाल किसान महासंघका अध्यक्ष डा. प्रेम दंगालले सरकारले साना किसानलाई धानबाट भएको क्षतिको सतप्रतिशत क्षतिपूर्ति दिनु पर्ने बताए । उनले पिडित किसानलाई सतप्रतिशत क्षतिपूर्ति सहित राहतको कार्यक्र घोषणा गर्नु पर्ने माग राखे