बर्जुका महिला मिटरब्याजीबाट हैरानी खेप्दै

आफूले लिएको कर्जाको साँवा र ब्याज बुझाउँदासमेत कर्जा वापत तिर्नु पर्ने रकम धेरै देखाउँदा त्रसित र हैरानी खेप्नु परेको सुनसरीका महिलाहरुले बताएका छन्। सुनसरीको बुर्जु गाउँपालिका–१ गेलाबारीका महिलाहरुले लिएको कर्जाको साँवा र ब्याजभन्दा धेरै रकम तिर्न बाँकी ...

सम्बन्धित सामग्री

महिला नेतृत्वमा अब्बल बन्दै दुर्गमको स्वास्थ्य संस्था कैना

सुर्खेत : पाँच वर्षअघि सडक, खानेपानी र विद्युतको समस्यले हैरानी खेप्दै आएको जाजरकोटको नलगाड नगरपालिका–३ स्थित कैना स्वास्थ्य चौकी अहिले सुधारिएर लोभलाग्दो भएको छ।स्वास्थ्य चौकीको नेतृत्व हेमा पुनले गरेकी छन्। उनी इन्चार्ज भएर उक्त स्वास्थ्य संस्था सञ्चालन गरेको लामो समय नभए पनि छोटो समयमा स्वास्थ्य संस्थाको मुहारमा उल्लेख्य परिवर्तन आएको छ। कात्तिक १७ गते गएको भूकम्पमा परी स्वास्थ्य संस्थामा क्षति भए पनि टेन्टमा सञ्चालनमा रहेको उक्त स्वास्थ्य संस्थामा अहिले टेन्टबाटै अल्ट्रासाउण्ड सेव

सामाजिक सुरक्षा कोषमा कमजोर सर्भरले हैरानी

काठमाडौं । सामाजिक सुरक्षा कोषको सर्भरमा समस्या देखिन थालेको छ । लाभग्राही बढ्दै जाँदा पछिल्ला दिनमा समस्या देखिन थालेको हो । यसले गर्दा उपचारका लागि अस्पताल जाने योगदानकर्ता प्रभावित बन्न थालेका छन् । उनीहरूले दाबी गर्न नपाएको गुनासो गरेका छन् ।  सोमवार बानेश्वरका विजय नेपाल उपचारका लागि पुरानो बानेश्वरस्थित फ्रन्टलाइन हस्पिटल पुगेका थिए । उनले सामाजिक सुरक्षा कोषबाट दाबी गरी डाक्टरको सिफारिशअनुसार औषधि लिन खोज्दा पाएनन् । उनलाई फार्मेसीका कर्मचारीले सर्भरमा समस्या भएको भन्दै मागदाबी नगरी औषधि लिन आग्रह गरे । उनी औषधि पछि लिने भन्दै रित्तै हात फर्के । यस्तै समस्या गत बिहीवार राष्ट्रिय ट्रमा सेन्टरमा सेवा लिन पुगेका योगदानकर्ताले पनि भोग्नुपरेको थियो । सर्भरमा समस्या आएको भन्दै सेन्टरले उपचारपछि औषधि दिन नमानेको योगदानकर्ता रमेश शर्माले बताए । उनीहरुले जस्तै अरू धेरैले यस्तै सास्ती खेप्नुपरेको गुनासो गरेका छन् ।  कोषको सर्भरमा पछिल्ला दिनमा बारम्बार समस्या आउन थालेको र कहिले दिनभर समस्या हुने अस्पतालहरूले बताउन थालेका छन् । यसबाट लाभग्राही प्रभावित बनेका छन् । कोषमा सहभागीको संख्या अपेक्षित रुपमा बढ्न नसके पनि पहिलेको तुलनामा अहिले धेरै छ । कोषका अनुसार मङ्सिर ३० सम्म १८ हजार ५०४ प्रतिष्ठानमा कार्यरत औपचारिक क्षेत्रका करीब ४ लाख ६६ हजार श्रमिक कोषको सामाजिक सुरक्षा योजनामा सहभागी भएका छन् । वैदेशिक रोजगारीमा गएका, अनौपचारिक क्षेत्र, स्वरोजगार गरी योगदानकर्ताको संख्या ९ लाख ८५ हजार पुगेको छ ।  योगदानमा आधारित सामाजिक सुरक्षा ऐनमा औपचारिक र अनौपचारिक क्षेत्रका श्रमिक तथा स्वरोजगारमा रहेका व्यक्तिलाई सामाजिक सुरक्षा योजनामा आबद्ध गराउन सकिने व्यवस्था छ । यसले कोषको कार्यक्षेत्रलाई व्यापक बनाएको छ । कोषले आफ्नो वेबसाइटमा राखेको विवरणअनुसार देशभरका ७१ ओटा अस्पतालबाट सामाजिक सुरक्षा योजनाका योगदानकर्ताले उपचार सेवा पाउँछन् । कोषका अनुसार काठमाडौंका वीर अस्पताल, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, शहीद गंगालाल राष्ट्रिय मुटु केन्द्रलगायतसँग कोषले सम्झौता गरेको छ । सम्झौता भएका अस्पतालबाट सेवा लिँदा लाभग्राहीले उपचार गर्दा लागेको रकमको २० प्रतिशत मात्र बुझाए पुग्छ । अनलाइन सेवा सञ्चालन भएका अस्पतालबाट कोषले उपलब्ध गराएका औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजना र दुर्घटना तथा अशक्तता सुरक्षा योजनाअन्तर्गतका स्वास्थ्य सुविधा लिँदा योगदानकर्ता पछि दाबी गर्नुपर्ने झन्झटबाट मुक्त हुने कोषको दाबी भए पनि त्यही सुविधा लिन अहिले योगदानकर्तालाई समस्या पर्न थालेको हो । कोषको सर्भरमा पछिल्ला दिनमा बारम्बार समस्या आउन थालेको र कहिले दिनभर समस्या हुने अस्पतालहरूले बताउन थालेका छन् । सामाजिक सुरक्षा ऐनको दफा १० मा औषधि उपचार तथा स्वास्थ्य सुरक्षा योजना, मातृत्व सुरक्षा योजना, दुर्घटना सुरक्षा योजना, अशक्तता सुरक्षा योजना, वृद्ध अवस्था सुरक्षा योजना, आश्रित परिवार सुरक्षा योजना, बेरोजगार सहायता योजनाका अतिरिक्त कोषले तोकेका अन्य सामाजिक सुरक्षा योजना सञ्चालन गर्नेछ भनी कोषले सञ्चालन गर्न सक्ने सामाजिक सुरक्षा योजनाहरूको दायरा किटान गरिएको छ । ऐनमा उल्लिखित सामाजिक सुरक्षा योजना सञ्चालन गर्न सामाजिक सुरक्षा योजना सञ्चालन कार्यविधि, २०७५ कार्यान्वयनमा ल्याइएको छ । औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजनाको सुविधामा ओपीडी र आईपीडीअन्तर्गतका सम्पूर्ण उपचार खर्च दाबी बेहोर्ने कोषको स्किम छ । त्यसअन्तर्गत योगदानकर्ता घरमै बसी वा अस्पताल गएर लिने चिकित्सकको परामर्श सेवा, रोगको परीक्षण तथा सम्पूर्ण उपचार खर्च, औषधिको बिल बमोजिमको खर्च, महिला योगदानकर्ता वा योगदानकर्ताको पत्नीको नियमित गर्भ परीक्षण र ६ हप्तासम्मको सुत्केरी उपचार खर्च, जन्मेदेखि ३ महीनासम्मको बच्चाको उपचार खर्च दाबी गर्न पाउँछन् ।  त्यस्तै प्रसूति बिदा (सुविधा) बापतको रकम दाबी, बिरामी बिदा (सुविधा) बापतको रकम दाबी, प्रसूति स्याहार खर्च दाबीसमेत गर्न पाउने व्यवस्था छ । यो स्किमभित्र सीमा निर्धारण गरिएको छ । ओपीडी सेवा लिनेले १ आर्थिक वर्षमा अधिकतम २५ हजारसम्मको अस्पतालमा भर्ना भएर गरिने बाहेकको उपचार खर्चमध्ये कोषबाट ८० प्रतिशत रकम प्राप्त गर्न सक्ने व्यवस्था छ । बाँकी २० प्रतिशत रकम योगदानकर्ताले नै बेहोर्नुपर्छ । आईपीडी सेवा लिनेहरूले १ आर्थिक वर्षमा अधिकतम १ लाखसम्मको अस्पतालमा भर्ना भएर गरिने उपचार खर्चमध्ये कोषबाट ८० प्रतिशत रकम भर्ना भएको अस्पतालमा सीधै भुक्तानी हुने र बाँकी २० प्रतिशत योगदानकर्ताले नै बेहोर्नुपर्ने व्यवस्था छ । यी सबै मागदाबी अनलाइनबाटै लिनुपर्छ । सहभागीको संख्या केही बढ्दा कमजोर सर्भरका कारण सेवाग्राही मर्कामा पर्न थालेका हुन् । सामाजिक सुरक्षा कोषका अधिकारीहरू भने सर्भरमा बेलाबेलामा समस्या आउने र त्यसलाई सक्दो चाँडो समाधान गर्ने गरेको बताउँछन् । कोषका उपकार्यकारी निर्देशक विवेक पन्थीका अनुसार हस्पिटल र कोषबीचको सर्भर एपीआईले कनेक्ट गरिदिएको त्रिपक्षीय सर्भरमध्ये एकमा मात्रै केही समस्या आयो भने पनि अवरुद्ध हुने गरेको बताउँछन् । ‘कोषको सर्भरमा समस्या आउने गरेको छ, त्यसलाई हामीले तत्काल हटाउन खोज्छौं । कहिलेकाहीँ समस्या पत्ता नलाग्दा सेवा अवरुद्ध हुने गरेको छ,’ पन्थीले भने, ‘सेवा अवरुद्ध हुने अर्को कारण हस्पिटलका सर्भरमा आउने समस्या पनि हो ।’ कोषले सफ्टवेयरमा लगानी गर्न कुनै कञ्जुस्याइँ नगरेको उनको दाबी छ ।

सामाजिक सञ्जालको दूरुपयोग गरी महिलालाई मानसिक यातना दिने दुई जना पक्राउ

काठमाडौँ– नेपाल प्रहरीले सामाजिक सञ्जालको प्रयोग गरी महिला तथा नाबालिकालाई दुःख, हैरानी, मानसिक यातना तथा अपमान गर्ने दुईजनालाई पक्राउ गरेको छ । प्रहरीको साइवर ब्यूरो भोटाहिटिको टोलीले सामाजिक सञ्जाल भाइवर, इन्स्टाग्राममार्फत साथी बनाइ महिला तथा नाबालिकालाई अश्लिल भिडियो पठाएर मानसिक यातना, दुःख तथा हैरानी दिने भारतीय नागरिक १९ वर्षीय मोहम्मद रमीज राजा र ताप्लेजुङका ३२ […]

सामाजिक सञ्जाल दुरुपयोग गरी महिलालाई मानसिक यातना दिने दुई जना पक्राउ

काठमाडौँ – सामाजिक सञ्जाल प्रयोग गरी महिला तथा नाबालिकालाई दुःख, हैरानी, मानसिक यातना तथा अपमान गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीको साइवर ब्युरो भोटाहिटीको टोलीले सामाजिक सञ्जाल भाइवर, इन्स्टाग्राममार्फत साथी बनाई महिला तथा नाबालिकालाई अश्लील भिडियो पठाएर मानसिक यातना, दुःख तथा हैरानी दिने भारतीय नागरिक १९ वर्षीय मोहम्मद रमिज राजा र ताप्लेजुङका ३२ […]

सुविधा सम्पन्न शौचालय प्रयोग गर्न पाउँदा विद्यार्थी खुसी

विद्यालयमा सुविधा सम्पन्न शौचालय निर्माण भएपछि जुम्लाका विद्यार्थीहरु खुसी भएका छन् । शारदा आधारभूत विद्यालय सिंजा ४ र नवदुर्गा आधारभूत विद्यालय कनकासुन्दरी ३ जुम्लामा सुविधा सम्पन्न शौचालय निर्माण भई नियमित प्रयोगमा आएपछि त्यहाँ अध्ययनरत विद्यार्थीहरु खुसी भएका हुन् ।वर्षौंदेखि शौचालय भएपनि पानी नहुने र छात्र तथा छात्राका लागि छुट्टा छुट्टै शौचालय नहुँदा विद्यार्थीहरुले हैरानी खेप्नु परेको थियो । विद्यार्थीहरुले भोग्दै आएको समस्यालाई मध्यनजर गरि महिला, पुरुष र अपांग मैत्री शौचालय निर्माण सम्पन्

उपत्यकाको सडकबाट ५५ बालबालिकाको उद्धार

काठमाडाैं : प्रहरीले विभिन्न निकायसँगको समन्वयमा आज काठमाडौँको सडक पेटीबाट ५५ बालबालिकाको उद्धार गरेको छ।महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, राष्ट्रिय बाल अधिकार परिषद, बालबालिका खोजतलास समन्वय केन्द्र र महानगरीय प्रहरी परिसर, नगर प्रहरी कार्यालय काठमाडौँ तथा प्रहरी वृत्तबाट आज खटिएको टोलीले उनीहरुलाई उद्धार गरेको हो।उद्धार गरिएकामा राजधानीको सडकका यात्रुलाई माग्दै हैरानी दिइ आवागमनमा बाधा अवरोध पुर्‍याउने कार्यमा संलग्न रहेका ३३ बालक र २२ बालिका रहेका छन् । उनीहरुलाई बालबालि

काठमाडौंका सडकबाट ५५ बालबालिकाको उद्दार

काठमाडौं उपत्यकाबाट ५५ जना सडक बालबालिकाको उद्दार गरिएको छ । महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय, राष्ट्रिय बालअधिकार परिषद बालबालिका खोजतलास समन्वय केन्द्रको समन्वयमा प्रहरीले उनीहरुको उद्दार गरेको हो ।जिल्ला प्रहरी परिसर काठमाडौंले नगर प्रहरी कार्यालय तथा प्रहरी बृत्तहरुबाट संयुक्त रुपमा प्रहरी परिचालन गरी सडक पेटीमा बसी माग्दै हिँड्ने बालबालिकाको उद्दार गरिएको हो ।  उनीहरुले सडक यात्रुहरूसँग माग्दै हैरानी दिनुका साथै आवागमनमा समेत अवरोध पुर्याउदै आएका थिए । ३३ जना बालक र २२ जना बा

प्र्याङ्क भिडियोको विषयमा गृहमन्त्रालयको चेतावनी सकारात्मक : ओरेक

२० माघ, काठमाडौं । गृहमन्त्रालयले प्र्याङ्कको नाममा सर्वसाधारणलाई हैरानी दिनेगरी भिडियो खिचेर सामाजिक सञ्जालमा प्रकाशन गर्नेलाई कारबाही गर्ने भनी दिएको चेतावनीलाई महिला पुनर्स्थापना केन्द्र(ओरेक) ले स्वागत गरेको छ । प्र्याङ्कको नाममा सार्वजनिकस्थलमा महिलाहरूको शोषण भएको भन्दै ओरेकले गृह मन्त्रालयको कदमको स्वागत गरेको कार्यकारी निर्देशक लुभराज न्यौपानेले बताए । गृहमन्त्रालयले गत माघ १३ गते सार्वजनिक स्थलमा […]

फेसबुक म्यासेन्जरमा महिला साथीलाई अश्लील भिडियो र फोटो पठाउने युवक पक्राउ

काठमाडौं । फेसबुकको म्यासेन्जरमार्फत महिला साथीलाई अश्लील भिडियो, फोटो तथा सन्देशहरु पठाएर यौन उत्पीडन गरेको आरोपमा एक युवकलाई प्रहरीको साइबर ब्यूरोले पक्राउ गरेको छ । २० वर्षीय महिला साथीलाई म्यासेन्जरमार्फत त्यस्ता भिडियो, फोटो र सन्देशहरु पठाएर यौन उत्पीडन गर्नुका साथै हैरानी दिएको आरोपमा सल्यानको साविक कलागाउँ गाविस&ndas...

महिला साथीको नग्न तस्बिर पोर्न साइटमा राख्ने समातिए

काठमाडौं । महिलालाई यौन उत्पीडन र हैरानी दिएको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा