भक्तपुरका प्रजापति समुदाय पाला बनाउन व्यस्त

काठमाडाैं । तिहारको चहलपहल शुरु भएसँगै भक्तपुरका प्रजापति समुदाय पाला बनाउन व्यस्त भएका छन् । तिहारको समयमा प्रयोग हुने माटोको दियो र पाला बनाउन अहिले भक्तपुरका प्रजापति समुदाय व्यस्त भएका हुन् । गत वर्षको तुलनामा यस वर्ष पालाको माग धेरै भएकाले प्रजापती समुदायलाई फुर्सद छैन । परम्परागत रुपमा बनाइने माटोका भाँडा पर्यटकका लागि पनि आकर्षणको […]

सम्बन्धित सामग्री

पाला बनाउन व्यस्त भक्तपुरका प्रजापति समुदाय

तिहार नजिकिएसँगै भक्तपुरका प्रजापति समुदाय पाला बनाउन व्यस्त भएका छन् । तिहारको समयमा प्रयोग हुने माटोको दियो र पाला बनाउन अहिले भक्तपुरका प्रजापति समुदाय व्यस्त भएका हुन् ।गत वर्षको तुलनामा यस वर्ष पालाको माग धेरै भएकाले प्रजापति समुदायलाई फुर्सद छैन । परम्परागत रुपमा बनाइने माटोका भाँडा पर्यटकका लागि पनि आकर्षणको केन्द्र बन्ने गर्छन् । काठमाडौं […]

नजिकियो तिहार, भक्तपुरमा पालाको चिन्ता र चटारो (तस्वीरहरू)

काठमाडौं :  नेपाली हिन्दुहरूको महान चाड शुभ दीपावलीको चहलपहल शुरु भएसँगै भक्तपुरका प्रजापति समुदाय पाला बनाउन व्यस्त भएका छन्।तिहारको समयमा प्रयोग हुने माटोको दियो र पाला बनाउन अहिले भक्तपुरका प्रजापति समुदाय व्यस्त भएका हुन्। गत वर्षको तुलनामा यस वर्ष पालाको माग धेरै भएकाले प्रजापति समुदायलाई फुर्सद छैन।परम्परागत रुपमा बनाइने माटोका भाँडा पर्यटकका लागि पनि आकर्षणको केन्द्र बन्ने गर्छन्। काठमाडौं उपत्यकासहित उपत्यका बाहिरका विभिन्न स्थानबाट लाखौँ माटोका सामग्रीहरूको माग आएपछि सो समुदायलाई अ

पाला बनाउन व्यस्त भक्तपुरका प्रजापति समुदाय (फाेटाे फिचर)

काठमाण्डाै – नेपालीहरुको महान चाड तिहारको चहलपहल शुरु भएसँगै भक्तपुरका प्रजापति समुदाय पाला बनाउन व्यस्त भएका छन् । तिहारको समयमा प्रयोग हुने माटोको दियो र पाला बनाउन अहिले भक्तपुरका प्रजापति समुदाय व्यस्त भएका हुन् । गएकाे वर्षको तुलनामा यस वर्ष पालाको माग धेरै भएकाले प्रजापति समुदायलाई फुर्सद छैन । परम्परागत रुपमा बनाइने माटोका भाँडा पर्यटकका लागि पनि आकर्षणको केन्द्र बन्ने गर्छन् । काठमाण्डौ उपत्यकासहित उपत्यका बाहिरका विभिन्न स्थानबाट लाखौँ माटोका सामग्रीहरुको माग आएपछि त्याे समुदा...

पाला बनाउन कुमाले व्यस्त

तिहार लागेसँगै भक्तपुरमा माटोका पाला बनाउन कुमालेहरु व्यस्त भएका छन् । .दीपावलीको समय आएपछि भक्तपुर नगर तथा मध्यपुर थिमिका प्रजापति समुदाय तथा माटाका भाँडा बनाउने क्षेत्रका बासिन्दा काममा व्यस्त भएका हुन । उनीहरु मागअनुसार पाला बनाउन भने नसकेको बताउँछन् । अन्य समयमा दैनिक दुई दर्जन पनि बिक्री नहुने पाला तिहारको समयमा एकै कुमालेले एक लाख […]

भक्तपुरे कुमालेलाई पाला बनाउन भ्याइनभ्याइ

भक्तपुर – तिहार लागेसँगै भक्तपुरमा माटोका पाला बनाउन कुमालेहरुलाई भ्याइनभ्याइ भएको छ। दीपावलीको समय आएपछि भक्तपुर नगर तथा मध्यपुर थिमिका प्रजापति समुदाय तथा माटाका भाडा बनाउने क्षेत्रका बासिन्दा काममा व्यस्त भएका हुन्। उनीहरु मागअनुसार पाला बनाउन भने नसकेको बताउँछन्। अन्य समयमा दैनिक दुई दर्जन पनि बिक्री नहुने पाला तिहारको समयमा एकै कुमालेले एक लाखभन्दा बढी […]

झिलीमिली तिहार : माटाका पाला बनाउने चटारो

हिन्दू नेपालीहरूको दोस्रो ठूलो पर्व तिहार हर्षोल्लासपूर्वक मनाइन्छ । झिलीमिली बत्ती, देउसी–भैलो, विभिन्न पशुपन्छीको समेत पूजाआजा गरी मनाइने यो पर्वमा खासगरी माटोमा पालामा बत्ती बाल्ने चलन छ । पालामा तेल राखेर बाल्ने दियो धेरै बेरसम्म बल्ने गर्छ । यसैले पनि यसको विशेष महत्त्व छ । तिहार नजिकिएसँगै यतिबेला भक्तपुरका प्रजापति समुदायलाई पालासहित माटाका भाँडा बनाउन भ्याइनभ्याइ छ । दरबार भक्तपुर स्क्वायर, थिमी, बोलाछेँ, ब्यासीलगायत स्थानमा तिहारका लागि आवश्यक पर्ने पालासहित माटाका भाँडा बनाइँदै गरेको देख्न सकिन्छ । तिहारको माहोल शुरू भएसँगै काठमाडौं उपत्यकामा माटोको सामानका लागि प्रख्यात भक्तपुरका कुम्हाल समुदायका मानिस दिनरात पालासहितका सामान बनाउन व्यस्त छन् । एकजनाले राम्रोसँग काम गर्दा दिनमा १ हजार ओटासम्म पाला बनाउन सक्ने बताइन्छ । तिहारमा पाला बनाएर बेच्नेले ५०–६० हजारसम्म कमाउने गरेको सम्बद्ध व्यवसायीको अनुभव छ । तिहारमा पाला मात्र नभई कलश, धुपौरो आदि पनि राम्रै विक्री हुने गरेको छ । साधारणतया पाला चार प्रकारको हुन्छ । सबैभन्दा सानो पालाको १०० ओटाको २०० रुपैयाँ पर्छ । त्यस्तै त्यसभन्दा ठूलाको प्रतिगोटा क्रमशः १०, १५ र २० रुपैयाँ पर्दछ । कतिपयले आगोमा नपोलेको पाला लैजाने गरेका छन् । त्यसको तीनओटाको ५ रुपैयाँ पर्छ । कतिपयले काँचो पालालाई चोखो मान्ने गरेको व्यवसायी बताउँछन् । पाला बनाउन झञ्झट हुने र कमाइ पनि तुलनात्मक रूपमा कम हुने भएकाले पछिल्लो समय यस समुदायका युवा पालाभन्दा अन्य सामग्री बनाउनेतर्फ आकर्षित हुन थालेका छन् । माटोको भाडो बनाउन झन्झटिलो हुने भएकाले पछिल्ला पुस्ताले विस्तारै यो पेशा छोड्दै गएको विगत ५४ वर्षदेखि माटोको भाडा बनाउँदै आएका ७० वर्षीय नरेशभक्त प्रजापति बताउँछन् । एक पाला बनाउने अर्का व्यवसाय सञ्जय प्रजापतिका अनुसार पाला बनाउनेहरू पलायन हुनुको प्रमुख कारण व्यवसाय समय अनुकूल फस्टाउन नसक्नु नै पनि हो । ‘महँगी दिनप्रतिदिन बढिरहेको छ, सानो छँदा हामी यहीँ नजिकैबाट पालाका लागि आफैमाटो झिकेर ल्याउँथ्यौं, अहिले माटो उपत्यकामा नपाए दाङबाट ल्याउनुपर्ने बाध्यता छ । माटो खोज्दै उपत्यका बाहिर पुग्दा भाउ पनि स्वतः बढेको छ । तर विगत केही वर्षदेखि पालाको मूल्य बढ्न सकेको छैन । माटोको मूल्य बढ्दा पालाको मूल्य यथावत् रहँदा हामीले घाटा समेत बेहोर्नुपरेको छ,’ उनले भने । तर माटोको भाँडा बनाउन अहिले प्रविधिको सहयोगले अहिले धेरै सहज भएको उनको अनुभव छ । छिटो छरितो रूपमा माटोको भाँडा बनाउन हातले घुमाउनुपर्ने चक्रको सट्टा अहिले विद्युतीय चक्रको प्रयोग हुन थालेको छ । ‘पहिले–पहिले माटो खुट्टाले फुटाइन्थ्यो । अहिले त्यसका लागि मेशिन प्रयोग गरिन्छ, त्यसपछि भाडा बनाउन चक्र हातले घुमाउनपथ्र्यो, तर अहिले मोटर प्रयोग गरिन्छ,’ प्रजापतिले भने । सबै चीज सहज भए पनि यो पेशामा भविष्य नदेखेर युवाले अन्य काम रोज्ने गरेका छन् । व्यवसायीका अनुसार तिहारको समयमा माटोको पालाको माग अत्यधिक हुने गरेको छ । तिहारमा मैनबत्ती बाल्ने प्रचलन पनि उत्तिकै छ । तर केही वर्षयता मैन भरेको पाला बाल्ने चलन पनि बढेको छ । सुरक्षाको दृष्टिकोणले समेत  पाला राम्रो मानिन्छ । यही कारण यसको माग बढेको सम्बद्ध व्यवसायी बताउँछन् । तिहारका लागि माटोका पाला, भिउँट, ठेकी, धुपौरो लगायत सामग्रीको माग समेत उच्च हुने गरेको छ । तिहारमा तेलबत्ती बाल्न माटोको पालाको अत्यधिक माग धान्न सपरिवार काममा खटिरहेको कुम्हाले समुदाय बताउँछन् । समाज आधुनिकीकरणतर्फ उन्मुख हुँदै गए पनि कृत्रिम पालाले माटोको पालालाई विस्थापित गर्न नसकेको उनीहरूको भनाइ छ । तिहारमा खासगरी पाला, धुपौरो, खुत्रुके किन्नेहरू पनि बढी हुन्छन् । ठूलो परिमाणमा चाहिने माटाका सामग्री किन्न काठमाडौं, ललितपुर, काभ्रेलगायत जिल्लाका मानिस समेत भक्तपुर पुग्ने गरेका छन् ।