काठमाण्डाै – नेपालीहरुको महान चाड तिहारको चहलपहल शुरु भएसँगै भक्तपुरका प्रजापति समुदाय पाला बनाउन व्यस्त भएका छन् । तिहारको समयमा प्रयोग हुने माटोको दियो र पाला बनाउन अहिले भक्तपुरका प्रजापति समुदाय व्यस्त भएका हुन् ।
गएकाे वर्षको तुलनामा यस वर्ष पालाको माग धेरै भएकाले प्रजापति समुदायलाई फुर्सद छैन । परम्परागत रुपमा बनाइने माटोका भाँडा पर्यटकका लागि पनि आकर्षणको केन्द्र बन्ने गर्छन् । काठमाण्डौ उपत्यकासहित उपत्यका बाहिरका विभिन्न स्थानबाट लाखौँ माटोका सामग्रीहरुको माग आएपछि त्याे समुदा...