धान र कोदो उत्पादन बढ्यो

म्याग्दी, १८ मङ्सिर । म्याग्दीमा यसवर्ष धान र कोदोको उत्पादन बढेको छ । गत वर्षको तुलनामा धान उत्पादन चार दशमलव ३४ प्रतिशत र कोदो उत्पादन शून्य दशमलव ६५ प्रतिशतले उत्पादन बढेको कृषि ज्ञान केन्द्रले जनाएको छ । अनुकूल मौसम, रोगकीराको समस्या नभएको र रासायनिक मलको आपूर्ति सहज हुँदा धान र कोदो उत्पादन बढेका केन्द्र प्रमुख […]

सम्बन्धित सामग्री

गुल्मीमा कोदोको उत्पादन बढ्यो

२४ चैत, गुल्मी । गुल्मीमा यस वर्ष कोदोको उत्पादन बढेको छ । जिल्लामा यस वर्ष ३ हजार ७७५ दशमलव ५ मेट्रिक टन कोदो उत्पादन भएको कृषि ज्ञान केन्द्र गुल्मीका प्रमुख नवराज भण्डारीले बताए । यस वर्ष जिल्लाभर २ हजार ९०५ हेक्टर क्षेत्रफलमा कोदो खेती भएको थियो । जिल्लामा गत वर्ष २ हजार ९०२ हेक्टरमा कोदो […]

नवलपुरमा धानको उत्पादन बढ्यो

नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा बर्खे धानको उत्पादनमा वृद्धि भएको छ । जिल्लामा धानखेती हुने क्षेत्रफल घटेको भए पनि उत्पादनमा भने वृद्धि भएको कृषि ज्ञान केन्द्रले बताएको छ ।      कृषि ज्ञान केन्द्रका प्रमुख गोपाल लामिछानेले जिल्लामा गत वर्षभन्दा यस वर्ष धानखेती भएको क्षेत्रफल ९० हेक्टरले घटेको भए पनि उत्पादनमा एक हजार ३७४ मेट्रिक टनले वृद्धि भएको जानकारी दिए । लामिछानेका अनुसार यस वर्ष जिल्लामा २० हजार ५८० हेक्टर क्षेत्रफलमा लगाएको धान खेतीबाट ८२ हजार ९४४ मेट्रिक टन धान उत्पादन भएको छ । गत वर्ष २० हजार ६७० हेक्टर क्षेत्रफलमा लगाएको धानखेतीबाट ८१ हजार ५७० मेट्रिक टन उत्पादन भएको थियो । ‘नवलपुरमा गतवर्षको तुलनामा यस वर्ष धान खेती भएको क्षेत्रफल घटेको छ । तर, उत्पादकत्व भने बढेको देखियो छ,’ उनले भने, ‘धान लगाउने बेलामा समयमै पानी पर्नु, प्रांगारिक मलको प्रवद्र्धन, माटोको गुणमा सुधार आउनुलगायत कारण यस वर्ष जिल्लामा धानको उत्पादन बढेको हो ।’ जिल्लाको धानखेती गरिएको कुल क्षेत्रफलमध्ये ५५ प्रतिशतमा सिँचाइ सुविधा उपलब्ध भएको उनले जानकारी दिए । जिल्लामा कुलो, बोरिङ, ट्युबेललगायतबाट धानखेतीमा सिँचाइ हुने गरेको उनले बताए । जिल्लामा बढेको प्लटिङ, तरकारी खेतीतर्फ किसानको आकर्षणजस्ता कारणले धानखेतीको क्षेत्रफलमा कमी आएको प्रमुख लामिछानेले बताए । ‘यहाँका किसान पछिल्लो समय व्यावसायिक तरकारी खेतीतर्फ आकर्षित भएका छन्,’ उनले भने, ‘त्यस्तै बढ्दो सहरीकरणसँगै बजार क्षेत्रका खेतीयोग्य जमिनमा प्लटिङ हुन थालेपछि पनि धान लगाउने क्षेत्रफल घटेको हो ।’ मुख्यगरी जिल्लाको दक्षिणी भागमा धानखेती हुने गरेको कृषि ज्ञान केन्द्रले बताएको छ । जिल्लामा सावित्री, सावा मन्सुलीसहित वर्णसंकर जातका धान उत्पादन हुने गरेको छ । नवलपुरकोको कुल खेतीयोग्य जमिन ४९ हजार ७४७ हेक्टर रहेको छ । यसमध्ये करिब ३१ प्रतिशत जमिनमा मात्रै धानखेती हुँदै आएको प्रमुख लामिछानेले बताए । ‘खेतीयोग्य जमिन धेरै भए पनि सबैमा धानखेती हुन सकेको छैन,’ उनले भने, ‘धानबाहेक यहाँ मकै, व्यावसायिक तरकारी, कोदो, केरालगायत खेती हुने गरेको छ ।’ जिल्लामा धान खेती विस्तारका लागि ज्ञान केन्द्रले स्थानीय तहसँग सहकार्य गर्दै विभिन्न कार्यक्रम समेत सञ्चालन गर्दै आएको प्रमुख लामिछानेको भनाइ छ । ज्ञान केन्द्रले धानखेती गर्ने किसानका लागि अनुदानमा बीउ, मल, सिँचाइलगायत सुविधा प्रदान गर्दै आएको छ । रासस

ताप्लेजुङका याङ र घुन्सामा आलु उत्पादन बढ्यो

ताप्लुजुङ । ताप्लेजुङका फक्ताङलुङ गाउँपालिका–७ याङ र वडा नं ६ घुन्सामा आलु उत्पादन बढेको छ । गतवर्ष निराश भएका कृषक यस याममा उत्पादनमा सुधार आएसँगै उत्साहित भएका छन् । फक्ताङलुङ–६ का पेमा शेर्पाले एकमुरी मुरी आलु गत असारमा रोपेकी थिइन् । यसबाट सात मुरीभन्दा बढी उत्पादन भएको उनले बताइन् । सोही गाउँका उटुक र टासी शेर्पाले पनि गतवर्षको भन्दा दोब्बर आलु उत्पादन भएको बताएका छन् ।    हिमाली क्षेत्र भएकाले याङ र घुन्सामा अन्य खेतीपाती हुँदैन । आलु भण्डारणका रूपमा रहेको घुन्सा क्षेत्रमा गतवर्ष आलु बीउको अभाव भएको थियो । ती क्षेत्रमा उत्पादन भएको आलु अगामी मङ्सिरको तेस्रो सातादेखि याकमार्फत ढुवानी गरेर चेनेसम्म पु¥याउने गरिन्छ । चेनेमा अस्थायी टहरा निर्माण गरेर आलुको व्यापारका लागि आलु कृषक तयार हुन्छन् । आलु बीउका लागि तल्लो क्षेत्रका समुदाय कोदो, मकैलागयतका अन्न बोकेर दुई÷चार दिन पैदलयात्रा गरेर आलु व्यापारिक केन्द्र याङ्माको चेनेमा पुग्ने गर्दछन् । रासस

सुदूरपश्चिममा बर्खेबालीको उत्पादन बढ्यो

सात लाख टन धान उत्पादन धनगढी-सुदूरपश्चिम प्रदेशमा बर्खेबाली उत्पादन उल्लेख्य रुपमा बढेको छ । तथ्यांकअनुसार गत वर्षको तुलनामा यस वर्ष धान, कोदो, फापर, कागुनोको उत्पादन वद्धि भएको हो ।सुदूरपश्चिम प्रदेशको कृषि विकास निर्देशनालयको तथ्यांकअनुसार प्रदेशमा २२ प्रतिशतले खाद्यान्न उत्पादन वृद्धि भएको छ । निर्देशनालयले गत वर्षको तुलनामा ३७ हजार पाँच सय ४४ टन खाद्यान्न उत्पादन […]

कोदो उत्पादन बढ्यो

सिमकोट, असोज ३० गते । हिमाली जिल्ला हुुम्लाको मुुख्य बालीका रूपमा रहेको कोदोको उत्पादन यस वर्ष वृद्धि भएको छ । पछिल्लो समय जिल्लाका सातवटै...