गण्डकी प्रदेशमा कोरोना भाइरसको संक्रमणबाट थप ७ जनाको मृत्यु भएको छ । प्रदेशमा पछिल्लो २४ घण्टामा विभिन्न अस्पतालमा उपचाररत ७ जनाको मृत्यु भएको हो । गण्डकी प्रदेशका विभिन्न जिल्लामा ७ जना कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएको प्रदेश स्वास्थ्य आपतकालिन कार्य सञ्चालन केन्द्रका संयोजक नवराज शर्माले जनाकारी दिए । उनका अनुसार कास्कीमा २ ,तनहुँमा १,बागलुङ २, म्याग्दी १, स्याङजामा १ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । पोखरा –१४ का ४९ वर्षीया पुरुष, पोखरा –२९ का ६२ वर्षीया