कोरोना कहरमा बाँझो फोर्दै, ‘रुपैयाँ’ फलाउँदै

बुटवल, जेठ १३। कोरोना सङ्क्रमणका कारण वैदेशिक रोजगारी गुमाएर स्वदेश फर्किएका युवाको दिनचर्या अहिले बदलिएको छ । तीमध्ये धेरैले गाउँमै आफ्नै खेतबारीमा पसिना बगाइरहेका छन् । बाँझो जमिन जोतेर हराभरा बनाएका छन् । कृषि उत्पादनबाट राम्रो आम्दानी पनि गरिरहेका छन् । त्यस्तैमध्येका एक हुन, रुपन्देहीको सैनामैना नगरपालिका–६ का दीपक नेपाली । वैदेशिक रोजगारीका लागि मलेसिया […]

सम्बन्धित सामग्री

कोरोना कहरमा पर्यटनः मासिक सवा ६ अर्ब आम्दानी गुम्यो

काठमाडौं, फागुन १५ । ‘पर्यटन क्षेत्रले मानिसलाई जीवनयापनको मौका दिन्छ, कमाउनका लागि ज्यालासँगै सम्मान र समानता पनि दिलाउँछ। पर्यटन रोजगारीले मानिसलाई सशक्त बनाउँछ। आफ्नै समाजमा भाग लिने अवसर दिन्छ।’ यो भनाइ जुराब पोलोलिकास्भिलीको हो। उनी संयुक्त राष्ट्रसंघीय निकाय विश्व पर्यटन संगठनका महासचिव हुन्। उनको भनाइले पर्यटन उद्योग कुनै पनि देशका लागि कति महत्वपूर्ण हुन्छ भन्ने […]

कोरोना कहरमा पनि राेकिएन युवाहरूकाे वैदेशिक यात्रा

काठमाडौं : विश्वभर कोरोना भाइरस कोभिड-१९को नयाँ भेरियन्ट फैलिए पनि रोजगारीको खोजीमा देश छोड्नेको संख्या घटेकाे छैन। महामारीको जोखिम कायमै रहँदा पनि राेजगारीकाे खाेजीमा विदेश जाने युवाहरू एकै महिनामा पनि करिब लाख नजिक छन्।वैदेशिक रोजगार विभागका अनुसार पुस महिनामा ७७ हजार नेपालीले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका छन्। सो संख्या कोरोना भाइरस संक्रमण यताकै सबैभन्दा उच्च हो। विभागका अनुसार वैदेशिक रोजगारीका लागि मंसिरमा ७४ हजारले श्रम स्वीकृति लिएका थ

कोरोनाको कहरमा चरा पर्यटन

गण्डकी, २२ कात्तिक । पोखराका सुनिता गुरुङ चरा गाइडका रुपमा सक्रिय रहनुभएको १७ वर्ष वितिसकेको छ । सन् २००४ यतादेखि गरिरहेको काममा उनी खुसी उत्साहित पनि हुन् तर नेपालमा चरा पर्यटनप्रति पनि आकर्षण बढ्दै गएका अवस्थामा एकाएक दुई वर्षअघि भित्रिएको कोरोना भाइरसको महामारीले उहाँको क्रियाशीलतालाई प्रत्यक्ष असर पा¥यो । विगतमा पर्यटकलाई चरा देखाउन र चिनाउन […]

कोरोना कहरमा पनि वाणिज्य बैंकको नाफा उल्लेख्य

काठमाडौं । कोरोना कहरबीच पनि हाल सञ्चालनमा रहेका विभिन्न २७ वटा वाणिज्य बैंकको नाफा बढेको पाइएको छ । सरकारले पटकपटक गरेको लकडाउन र निषेधाज्ञाका कारण मुलुकको आर्थिक गतिविधिमा नकारात्मक प्रभाव परेको बेला पनि वाणिज्य बैंकको नाफा अघिल्लो आर्थिक वर्षको भन्दा १९ दशमलव ९७ प्रतिशतले बढेको देखिएको छ । विभिन्न बैंकहरूले सार्वजनिक गरेको वित्तीय विवरणको तथ्यांकअनुसार […] The post कोरोना कहरमा पनि वाणिज्य बैंकको नाफा उल्लेख्य appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

नयाँ शैक्षिक सत्र पनि कोरोना कहरमा

काठमाडौं : नेपालमा पुन: दोस्रो लहरको कोरोना संक्रमण फैलिएपछि गत वैशाख १६ गतेबाट निषेधाज्ञा जारी भयो। निषेधाज्ञा कारण हालसम्म कुनै पनि शैक्षिक संस्था खुलेका छैनन्।विद्यालय बन्द भएकाे भोलि (शनिबार) तीन महिना पूरा हुँदै छ। सरकारले गत असार १ गतेदेखि २०७८ को नयाँ शैक्षिक सत्र सुरु गरेको छ। शिक्षा तथा मानव स्रोत विकास केन्द्रका निर्देशक गणेश पौडेलका अनुसार नयाँ शैक्षिक सत्र असार १ गतेबाट सुरु भई चैत मसान्तसम्म कायम गरिएकाे छ। फेरि पनि नेपालमा तेस्रो लहरको कोरोना संक्रमण फैलिने स्वास्थ्य तथा

कोरोना कहरमा सरकारलाई चुनौती दिनेगरी ओलीनिकट युवासंघ सडकमा (भिडियोसहित)

काठमाडौं, २७ असार । यतिबेला देश कोरोना भाइरसको दोस्रो लहरसँग जुधिरहेको छ । निषेधाज्ञा खुकुलो भएपनि जारी छ । काठमाडौं उपत्यकाभित्र जुलुस, सभा र सम्मेलनहरु गर्न निषेध गरिएको छ । तर, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीनिकट युवा संघले आज शक्ति प्रदर्शन गरेको छ । युवा संघले आज हजारौंको संख्यामा कार्यकर्ता उतारेर शक्ति प्रदर्शन गरेको […]

कोरोना कहरमा मौलाउँदै कालोबजारी

कोभिड–१९ अर्थात् कोरोना महामारीको यस्तो सङ्कटको समयमा हरेक क्षेत्रमा दिनप्रतिदिन कालोबजारी बढ्दै गइरहेको छ । कोरोना महामारीबाट कसरी सुरक्षित रहने भन्ने चिन्ताले मानव समुदाय छटपटाइरहेको यस्तो सङ्कटको समयमा समेत कालोबजारी गर्ने र कमाउको धन्दा चलाउनेहरू सक्रिय रूपमा लागिपरेका छन् ।कोरोना महामारीले ज्यान जोगाउनसमेत धौधौ परेको समयमा मानवता हराएका, मानवीय संवेदना हराएकाहरूको असली रूप हाल बजारमा […]

कोरोना कहरमा बुद्धजयन्ती : लुम्बिनीमा थोरै पाहुनासहित मनाइयो

बुद्धको जन्मथालो लुम्बिनीमा कोरोना महामारीको अन्त्यको कामना गर्दै २५६५ औं बुद्धजयन्ती मनाइएको छ । सरकारले जारी गरेको स्वास्थ्य मापदण्ड अपनाउँदै भिक्षुहरुले पूजापाठ गरेका छन् ।...

कोरोना कहरमा राज्यले भुलेको एउटा पुस्ता

सञ्जीव बस्नेत- कोरोना रोकथाम र नियन्त्रणका लागि भन्दै करिब ९ महिनाको अवधिसम्म नेपाली समुदाय थुनिए। बल्ल खुल्ला भएको केही समयपछि फेरि कोरोनाको दोस्रो लहर शुरु भएको छ। देश फेरि बन्दको स्थितिमा पुगेको छ। एकतिर कोरोना, अनि अर्कोतिर त्रास। यसले सबैभन्दा बढी युवाको भविष्य प्रभावित हुने देखिन्छ। हुन त नेपालमा खुल्ला…

कोरोना कहरमा सिन्धुपाल्चोकमा जनगणना सुरु

सिन्धुपाल्चोक । मेरो गणना,मेरो सहभागिता भन्ने मुल नाराका साथ राष्ट्रिय जनगणना २०७८ सिन्धुपाल्चोकमा पनि बिहीबार देखि औपचारिक रुपमा सुरु भएको छ । हरेक दश/दश वर्षमा हुने राष्ट्रिय जनगणना यो वर्ष कोरोना भाइरस कोभिड–१९ को महामारी देशभर फैलीरहे पनि स्वास्थ्य सचेतना अपनाउँदै राष्ट्रिय अभियान भएकाले कोरोना कहरको बिचमा पनि सरकारले यो अभियानको सुरु गरेको छ । […] The post कोरोना कहरमा सिन्धुपाल्चोकमा जनगणना सुरु appeared first on RajdhaniDaily.com - Online Nepali News Portal.