सुनसरी – सुनसरी क्षेत्र नम्बर ४ मा हार निश्चित भएपछि कांग्रेसले मतगणना अवरुद्ध पारेकाे एमालेकाे आराेप छ । प्रतिनिधिसभाका नेकपा (एमाले) का उम्मेदवार जगदिशप्रसाद कुसियतले आफूले हार्ने निश्चित भएपछि मतगणना कार्य अवरुद्ध पारेर सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बखेडा झिकिरहेको आरोप लगाउनुभएको छ ।
मन्त्री कार्कीले मानसिक रुपमा आफू हार्ने निश्चित भएपछि अन्तिम समयमा आएर मतगणना नै हुन नदिएको उहाँको जिकिर थियो । सञ्चारमन्त्री कार्कीले शनिवार (हिजो) अपरान्ह धाँधली भएको भन्दै पुनः म...