काठमाडौँ। नेकपा एमालेका नेता ईश्वर पोखरेल समूहको भेला काठमाडौँको बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा सुरु भएको छ। हालै सम्पन्न एमालेको ११ औँ महाधिवेशनमा यस समूहले पदाधिकारीका दुई पद जितेको थियो। गोकर्ण विष्ट उपाध्यक्ष र योगेश भट्टराई उपमहासचिवमा निर्वाचित भएका हुन्। अध्यक्ष पदमा भने ईश्वर पोखरेल केपी शर्मा ओलीसँग पराजित भएका थिए।
एजेन्सी – संयुक्त राष्ट्र महासचिव एन्टोनियो गुटेरेसले गाजा क्षेत्रमा करिब १६ लाख मानिस गम्भीर खाद्य अभाव र कुपोषणको उच्च जोखिममा रहेको चेतावनी दिएका छन् । उनले शुक्रबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै बताए, ‘हालको परिस्थितिमा अकाल केही हदसम्म टालिएको छ र धेरै मानिसहरूले जीवित रहन आवश्यक खाना प्राप्त गर्न सक्षम भएका छन् ।’ संयुक्त राष्ट्र र उसका […]
मुस्ताङ। उत्तरी चीनको स्वशासित क्षेत्र तिब्बतसँग सीमाना जोडिएको (नेपाल–चीन) उत्तरी कोरला सीमा क्षेत्रमा शुक्रबार संयुक्त सुरक्षा गस्ती गरिएको छ। हिउँदयामको माइनस डिग्री तापक्रमको परवाह नगरी सीमा क्षेत्रमा कार्यरत (नेपाल–चीन) संयुक्त सुरक्षा अधिकारीले कोरला सीमा क्षेत्रको निगरानी बढाउन गस्ती नियमित गस्ती थालेका हुन्। यहाँ स्थित (नेपाल–चीन) कोरला सीमा क्षेत्रअन्तर्गत डोल्पातर्फ पर्ने २१, २२, २३ र २४ […]