तीन दिने भारत भ्रमण सकेर प्रधानमन्त्री देउवा स्वदेश फिर्ता (फोटोफिचर)

काठमाडौं, २० चैत्र । तीन दिने भारत भ्रमण सकेर प्रधानमन्त्री शेरबहादुर देउवा स्वदेश फर्किएका छन् । प्रधानमन्त्री देउवासहितको जम्बो प्रतिनिधिमण्डल अहिले भर्खरै काठमाडौं ओर्लिएको हो । विमानस्थलमा प्रधानमन्त्रीको स्वागतको लागि सभामुख अग्निप्रसाद सापकोटा र कार्यवाहक प्रधानमन्त्री बालकृष्ण खाँण पुगिसकेका छन् । तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम

सम्बन्धित सामग्री

३ दिने भारत भ्रमण सकेर प्रधानमन्त्री देउवा स्वदेश फिर्ता

काठमाण्डाै – भारतको तीन दिने औपचारिक भ्रमण सकेर प्रधानमन्त्री शेरबहादुर देउवा आज आइतवार बेलुका काठमाण्डौ फर्कनुभएको छ । देउवा नेपाल एअरलाइन्सको जहाजबाट काठमाण्डौ फर्कनुभएको हो । उहाँलाई कार्यवाहक प्रधानमन्त्री तथा गृहमन्त्री बालकृष्ण खाण, मन्त्रीहरूलगायतले स्वागत गरेका छन् ।  गएको शुक्रवार भारत जानुभएका देउवाले भारतीय उपराष्ट्रपति, प्रधानमन्त्री नरेन्द्र मोदी, विदेश मन्त्री एस जयशंकर लगायतसँग भेटवार्ता गर्नुभएको थियो । यस्तै नेपालको बिजुली भारतले किन्ने र बङ्गलादेश तथा भुटानसम्म बेच्ने संरचना निर्माणको विषयमा सम्झौता ...

भारत भ्रमण सकेर प्रधानमन्त्री देउवा स्वदेश फिर्ता

प्रधानमन्त्री शेरबहादुर देउवा भारतको पाँचदिने राजकीय भ्रमणबाट सकेर आइतबार साँझ स्वदेश फर्किएका छन्। ४८ सदस्यीय

भारत भ्रमण सकेर प्रधानमन्त्री स्वदेश फिर्ता

भारतको पाँच दिने राजकीय भ्रमण सकेर प्रधानमन्त्री शेरबहादुर देउवा आइतबार साँझ स्वदेश फर्किएका छन्। प्रधानमन्त्री देउवासहित भ्रमण टोली साँझ ८ बजेपछि त्रिभुवन विमानस्थलमा अवतरण गरेको थियो। प्रधानमन्त्री देउवा भदौ ७ गते भारत प्रस्थान गरेका थिए। भारत भ्रमणमा रहँदा प्रधानमन्त्री देउवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, राष्ट्रपति रामनाथ कोविन्द लगायत नेताहरूसँग भेटवार्ता गरेका थिए।