काठमाडौं – गृहमन्त्री सुधन गुरुङले व्यापार सहजीकरण, अवैध चोरी पैठारी नियन्त्रण तथा व्यवसायमैत्री वातावरण निर्माणका लागि सरकार प्रतिबद्ध रहेको बताए । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) सम्मेलनको पूर्वसन्ध्यामा उद्योगी–व्यवसायीसँग आज छलफल गर्दै उनले चोरी पैठारी नियन्त्रण तथा सीमा व्यवस्थापनलाई थप प्रभावकारी बनाउन ‘डिजिटल बोर्डर’ को अवधारणा अघि बढाइने बताए । […]
काठमाडौं, २३ असोज । प्राज्ञिक विद्यार्थी परिषद् नेपालले मिसन साहसी कार्यशाला सुरु गरेको छ । २३ देखि २५ असोजसम्म राजधानीमा चल्ने कार्यशाला नारी सुरक्षा, आत्मविश्वास र आत्मरक्षाका लागि गरिएको प्राज्ञिकले जनाएको छ । कार्यशालाको उदघाटन नेपाल प्रहरीका पूर्व एआइजी दुर्गा सिंहले गर्नुभएको हो । उहाँले महिलामा आफ्नो सुरक्षाका लागि सर्वप्रथम आफै आत्मविश्वासी र सशक्त हुनुपर्ने […]
चाडपर्वका समयमा खाना पकाउने एलपी ग्यासको सहज आपूर्तिका लागि काठमाडौं उपत्यकामा सात दिन विशेष बिक्री तथा सिलिन्डर साटफेरको व्यवस्था गरिने भएको छ। नेपाल एलपी ग्यास उद्योग संघले असोज २५ गते आइतबारदेखि असोज ३१ गते शनिबारसम्म नेपाल आयल निगमको समन्वय र ग्यास विक्रेता महासंघको सहकार्यमा उपत्यकाका ६ स्थानबाट ग्यास बिक्री तथा सिलिन्डर साटफेरको व्यवस्था मिलाएको जनाएको […]
काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालको अध्यक्षमा गायक पशुपति शर्मा निर्वाचित भएका छन्। प्रतिष्ठानको नवौँ महाधिवेशनबाट शर्मा अध्यक्षमा चयन भएका हुन्। उनी यसअघि प्रतिष्ठानका वरिष्ठ उपाध्यक्ष थिए। त्यस्तै, महासचिवमा शिव हमाल निर्विरोध निर्वाचित भएका छन्। प्रतिष्ठानको निर्वाचन समितिका संयोजक अधिवक्ता राधाकृष्ण पाठकले यसको जानकारी दिएका हुन्। बिहीबार मधेस प्रदेशको बर्दिबास नगरपालिका–३, गौरीडाँडामा सुरु […]