सोलुखुम्बुमा मास्क र सेनिटाइजर अनिवार्य

सोलुखुम्बु । कोरोनाको संक्रमण बढ्दै जान थालेपछि जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले आवश्यक सुरक्षा मापदण्डको पालनामा कडाइ गर्ने भएको छ । कार्यालयले सूचना जारी गर्दै नेपालमा कोरोना संक्रमणदर पुनः बढेकाले संक्रमण रोकथाम तथा नियन्त्रण कार्य प्रभावकारी बनाउन सार्वजनिक स्थल तथा सरकारी कार्यालयहरुमा अनिवार्य मास्क र सेनिटाइजर प्रयोग गर्न आग्रह गरेको छ । साथै कोरोना विरुद्धको बुस्टर […]

सम्बन्धित सामग्री

इटहरीमा मास्क अनिवार्य

विराटनगर । कोरोना भाइरसको नयाँ भेटियन्ट नेपालमा पनि देखिन सक्ने भन्दै इटहरी उपमहानगरले सोमबारबाट लागू हुनेगरी उपमहानरभरी मास्क र सेनिटाइजर अनिवार्य गरेको छ । बिहीबार एक सूचना जारी गर्दै इटहरी उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत राम चरित्र मेहताले आगामी पौष २४ गते) बाट लागू हुनेगरी अनिवार्य रुपमा मास्कको प्रयोग गर्न र सेनिटाइजरसहित भौतिक दूरी कायम गर्न […]

कक्षाकोठा : खै त भौतिक दूरी र मास्क ?

१३ मंसिर, काठमाडौं । दशैंअघि आलोपालो, ठूलो कक्षाका विद्यार्थीलाई मात्रै कक्षामा बोलाएका विद्यालयहरुले छठपछि पूर्ण रुपमा विद्यालय सञ्चालन गरिरहेका छन् । सबै कक्षाका विद्यार्थीहरु विद्यालय जान थालेका छन् । कोभिड १९ को जोखिमबीच खुलेका विद्यालयहरुले सेनिटाइजर र मास्क अनिवार्य गरेको जनाएका छन् । काठमाडौंको कालिमाटीस्थित नीलबाराही माविकी प्रधानाध्यापक जानुका नेपाल भन्छिन्, ‘मास्क र सेनिटाइजर अनिवार्य […]

दशैंतिहारमा सिभिल मलमा सपिङ्ग गर्दा टिभिएस अपाचे आरटिआर बाइक उपहार

असोज १३, काठमाडौं । सिभिल मलले दशैंतिहारमा सपिङ गर्ने उपभोक्तालाई लक्षित गरेर आकर्षक उपहारहरु घोषणा गरेको छ । जसअन्तगर्त टिभिएस अपाचे आरटिआर १६० २भी बाइक, एलजि र सिजिका इलेक्ट्रोनिक आइटम, ट्राभल प्याकेज र गिफ्ट भौचरहरु छन् ।मलले १ हजार रुपैयाँ वा सोभन्दा बढि रकमको सपिङ गर्ने उपभोक्तालाई लक्षित गरि विभिन्न आकर्षक उपहारको व्यवस्था गरेको हो । मलमा सपिङ गर्ने एक जना भाग्यशाली उपभोक्ताले बम्पर उपहारअन्तर्गत टिभिएस अपाचे आरटिआर १६० २भी  बाइक पाउने सिभिल मलका मोर्कटिङ म्यानेजर अमिर ठकुरीले बताए। त्यस्तै हरेक साता एक जनालाई ग्यापु डटकमको तर्फबाट १० हजार रुपैयाँको नगद भौचर प्रदान गरिने पनि उनले बताए । असोज १२ देखि मंसिर ४ गतेसम्म चल्ने अफरमा एक्सलट्रिप नेपालको तर्फबाट हरेक साता एक जोडीलाई कल्चर रिसोर्टमा २ रात ३ दिनको बसाइसहित पोखरा राउन्ड ट्रिपको पनि व्यवस्था रहेको छ। सिभिल मलमा सामान्न किन्ने उपभोक्ताले ७० प्रतिशतसम्म छूट पाउनेछन्। त्यस्तै सिभिल मलको सामाजिक संजालमा फलो गरेर पनि टिभिएस स्कुटर जित्न सकिनेछ । सिभिल मलको फेसबुक पेज लाइक, इन्स्टाग्राम फलो र युट्युब सस्ब्सक्राइब गर्ने मद्ये एक जनाले टिभिएस एनटिओआरक्यु स्कुटर जित्न सक्ने ठकुरीले बताए । मलले १ हजार रुपैयाँ वा सोभन्दा माथिको खरीदमा उपभोक्तालाई कुपन दिनेछ । सिभिल मल व्यवस्थापन समितिले स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर र छुट्टै नियम पनि तयार गरेर मल सञ्चालनमा ल्याएको हो। ग्राहक र स्टोर प्रबन्धकहरूलाई मास्क र सेनिटाइजर अनिवार्य गरिएको छ।

दशैं तिहारमा सिभिल मलमा सपिङ्ग गर्दा टिभिएस अपाचे आरटिआर बाइक उपहार

सिभिल मलले दशै तिहारमा सपिङ गर्ने उपभोक्तालाई लक्षित गरेर आकर्षक उपहारहरु घोषणा गरेको छ । जस अन्तगर्त टिभिएस अपाचे आरटिआर १६० २भी बाइक, एलजि र सिजिका इलेक्ट्रोनिक आइटम, ट्राभल प्याकेज र गिफ्ट भौचरहरु रहेको मलले जनाएको छ। मलले एक हजार रुपैयाँ वा सो भन्दा बढि रकमको सपिङ गर्ने उपभोक्तालाई लक्षित गरि विभिन्न आकर्षक उपहारको व्यवस्था गरेको हो । जस अनुसार मलमा सपिङ गर्ने एक जना भाग्यशाली उपभोक्ताले बम्पर उपहारअन्तर्गत टिभिएस अपाचे आरटिआर १६० २भी  बाइक पाउने सिभिल मलका मोर्कटिङ म्यानेजर अमिर ठकुरीले बताए। त्यस्तै हरेक साता एक जनालाई ग्यापु डटकमको तर्फबाट १० हजार रुपैयाँको नगद भौचर प्रदान गरिने ठकुरीले बताए ।असोज १२ देखि मङ्सिर ४ सम्म चल्ने अफरमा एक्सलट्रिप नेपालको तर्फबाट हरेक साता एक जोडीलाई कल्चर रिसोर्टमा २ रात ३ दिनको बसाइ सहित पोखरा राउन्ड ट्रिपको पनि व्यवस्था रहेको छ। सिभिल मलमा सामान्न किन्ने उपभोक्ताले ७० प्रतिशतसम्म छुट पाउनेछन्। त्यस्तै सिभिल मलको सामाजिक संजालमा फलो गरेर पनि टिभिएस स्कुटर जित्न सकिने मलले जनाएको छ। सिभिल मलको फेसबुक पेज लाइक, इन्स्टाग्राम फलो र युट्युब सस्ब्सक्राइब गर्ने मद्ये एक जनाले टिभिएस एनटिओआरक्यु स्कुटर जित्न सकिने ठकुरीले बताए ।मलले एक हजार रुपैयाँ वा सो भन्दा माथीको खरिदमा उपभोक्तालाई कुपन दिनेछन्। लक्की ड्रको बिजेतालाई सिभिल मलले सम्पर्क गर्नेछ। उपभोक्ताले सिभिलम लकै सुचना पाटी तथा फेसबुक पेजबाट हेर्न सकिनेछ। सिभिल मल व्यवस्थापन समितिले स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर र छुट्टै नियम पनि तयार गरेर मल सञ्चालनमा ल्याएको हो। ग्राहक र स्टोर प्रबन्धकहरूलाई मास्क र सेनिटाइजर अनिवार्य गरिएको छ। मल प्रवेशअगावै सेनिटाइजर लगाएर र तापक्रम जाँच गराएर मात्र भित्र प्रवेश गर्न गराइ रहेको मलले जनाएको छ।  त्यस्तै हरेक दिन मल खुल्नु अघि र मल बन्द भए पछि डिसइन्फेक्ट समेत गर्दै आएको छ।

पलायन हुने खतरामा पार्टी प्यालेस, सरकार गुहार्दै व्यवसायी

कोरोना महामारीसँगै करीब दुई वर्षदेखि ठप्प भएको पार्टी प्यालेस व्यवसायीहरुले व्यवसाय बिउँत्याउन सरकारले सहयोग गर्नु पर्ने माग गरेका छन् । यस विषयमा केही दिन अघि व्यबसायीले काठमाडौंका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाए । व्यवसायीहरुले दुखेसो थियो, आफूहरुको रोजीरोटी नै बन्द हुने अवस्थामा पुग्यो स्वास्थ्य मापदण्ड अपनाएर व्यवसाय सञ्चालन गर्न पाउँ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीसँग भेट गरी व्यवसायीको तर्फबाट क्षमताको ३५ प्रतिशत रहने गरी पूर्ण रुपमा स्वास्थ्य मापदण्ड अपनाएर व्यवसाय सञ्चालन गर्न दिन माग गरेको इभेन्ट भेन्यु एसोसिएन अफ नेपालका महासचिव उत्तम प्रकाश शर्माले गोरखापत्रलाई जानकारी दिनुभयो । काठमाडौंमा रहेका करीब १५० पार्टी प्यालेस व्यवसायीहरुले प्रजिअ शर्मासँग गुनासो पोख्दै होटल व्यवसाय सञ्चालन हुदाँ पार्टी प्यालेस व्यवसायलाई ठप्प पार्नु सान्दर्भिक नभएको गुनासो गर्नुभएको थियो । यस अघि जिल्ला प्रशासन कार्यालयले २५ जनासम्म भेला भई विवाह लगायतका पार्टी गर्न पाउने निर्णय गरिसकेको छ । व्यक्तिगत दुरी कायम, मास्क र सेनिटाइजर अनिवार्य प्रयोग गरीस्वास्थ्यका मापदण्ड पूर्ण रुपमा अपनाएर क्षमताको ३५ प्रतिशतसम्म सहभागि गराई व्यवसाय खोल्ने पक्षमा व्यवसायिहरु उभिएको शर्माले बताउनुभयो । कतिपय पार्टी पार्टी प्यालेसमा १५ सय जनासम्म आट्ने क्षमता रहेको छ ।